- कल्पना खरेल
मेरो जन्मस्थल चितवन हो । मेरो पढाई लेखाई चितवनमै भयो । म कक्षा १० मा पढ्दै थिएँ, मेरो साथी नितेस पनि मेरो क्लासमा मसँगै पढ्ने साथी थिएँ । हामी हाम्रो गाउँको स्कुलमा सँगै पढ्थ्यौं ।
हामी दुबैले एसएलसी पनि राम्रोसँग पास गर्यौं । कक्षा ११ सुरू भयो, नितेस र म दिन प्रतिदिन धेरै नजिक हुँदै गयौँ, हामी दुर्इका बीच प्रेमको आकुरा पलाउन सुरू भयो । हामी साथीबाट बिस्तारै प्रेमी-प्रेमिकामा परिणत भयौं ।
हरेक शनिबार हामी डेटिंग जान्थ्यौं । समय बित्दै गयो । हामी दुईको प्रेम झन् झन् झाँगिदै गयो, जब हामी डेटिंग गएको बेला संगै हुन्थ्यौं, नितेसले मेरो कपाल सुम्सुम्याउँदै भन्थे- ऋतु म तिम्रो साथभन्दा टाढा कहिले पनि हुन सक्दिन । तिमी मेरो धड्कनमा हौं, तिमी नै मेरो संसार हौ, तिमी नै मेरो जिन्दगि हौ भन्थे । हामी दुईले हात समातेर जुनीजुनीसँगै मर्ने सँगै बाँच्ने बाचा गरेका थियौं । मलाई पनि नितेसको अंगालोमा हराई रहुँ जस्तो हुन्थ्यो ।
एक दिन नितेसलाई नदेख्दा यो संसारमा एक्लो भएको महसुस हुन्थ्यो ! हामी दुइको प्रेम दिनप्रतिदिन लैला–मज्नुको जस्तो गहिरिँदै गइरहेको थियो । मलाई नितेसबिनाको जिन्दगी कल्पना गर्न पनि गाह्रो हुन्थ्यो । जब नितेस र म भेट हुन्थ्यौ, संसारको सबै कुरा बिर्सी हामी दुर्इ छुटै संसारमा हराउँथ्यौ । हाम्रो प्रेमलाई देखेर होला यी सुन्दर प्रकृति एबं मानिसहरूले पनि डाहा गरिरहेको भान हुन्थ्यो । हाम्रो प्रेमको चर्चा गाउँघरतिर पनि चल्न थाल्यो ।
हामी बीचको सम्बन्ध घरपरिवारले पनि सुइँको पाएछन् । नितेस गरिब घरको छोरा थिएँ, जात पनि नमिल्ने यसैकारणले मलाई छिटो अर्को ठाउँमा विवाह गरिदिने मनसाय मेरो घर परिवारमा भयो । यतिकैमा मेरो विवाहको लागि पोखराबाट कुरा चल्न थाल्यो, आफ्नो ब्राह्मण जातको राम्रो घरपरिवार राम्रो केटाको कुरा आएपछि मलाई मेरो बाबा, मामुले मन पराएको केटासँग विवाह गरिदिने निर्णय गर्नुभयो । मैले विवाह अस्वीकार गरे, बाबा मामु निकै चिन्तित हुनुभयो । हामीले खोजेको केटासँग विवाह नगरे म आत्महत्या गरिदिन्छु भन्दै मामु रुन लाग्नुभयो । म दोधारमा परेँ आफ्नो प्रेमीलाई छोडम् कि लालनपालन गरी शिक्षादिक्षा दिई १० महिना गर्भमा राखी जन्म दिने आमालाई आत्महत्या गर्न दिउँ, मेरो मनमा ठूला् अन्तरद्वन्द चल्न थाल्यो । मलाई निर्णय गर्न निकै गाह्रो भयो । म पनि मेरो कारणले आफूलाई जन्म दिने आमाको आत्महत्या कसरी हेर्न सकुँ !
घरपरिवाबाट मलाई निकै दबाब आयो, अन्तिममा मलाई बाध्यतामा पारी बाबा-मामुले खोजेको केटासँग विवाह गर्ने निर्णय भयो, म आकाशबाट खसेको जस्तो भएँ । म मेरो प्राण प्यारो नितेसभन्दा टाढा हुन कसरी सक्थेँ र ! मेरो लागि विवाह पनि कुनै ठूलो सजायँ भयो । नितेस पनि मेरो विवाहको कुराले पागल जस्तो भएका थिए । मेरो हात समाएर ऋतु तिमीबिना म बाँच्न सक्दिन भन्दै बिलौना गरेर रुन लागे ।
म के गरौं ? मेरो जीवनमा ठूलो पहाड बनी आएको समस्यालाई मसँग कुनै विकल्प थिएन । मेरो मनभित्रको आधीबेहरीको बाबजुत पनि मेरो विवाह पोखराको सुमन नामको केटासँग तय भयो । विवाहको दिन तोकियो । विवाह भब्य रुपमा सम्पन्न भयो । म सुमनको बेहुली भएँ, म सुमनको घरमा बुहारी बनी भित्रिन पुगे । सबै घरपरिवारले कति सुन्दर बुहारी कति लक्षिनकी रहिछन् भनी प्रसंसा गर्न थाले । मलाई देखेर सबै परिवार खुसी थिए । सुमन पनि निकै खुसी भएका थिए । यतिकैमा राति भयो, मलाई सुमनको साथ सुहागरात मनाउनु पर्ने भयो । बिचार सुमन उनको के नै दोष थियो र ? उनले कस्तो सपना म भरि बुनेका थिए होलान ! म र सुमनको एउटै बिस्तरामा रात बित्यो ।
सुमन मनभरिका आफ्ना भावना मलाई वर्षाउन खोज्थे, तर पनि म सुमनको न्यायो अंगालोमा बाँधिन सकिन । सुमनले पनि मलाई कुनै करकाप-जबर्जस्ती गरेनन् । सुहागरात पनि निरस र अपुरो भयो । सुहागरातमा पनि म मेरो प्राण प्यारो नितेसलाई सम्झेर तड्पीरहेकी थिएँ । मेरो मन मस्तिष्कमा नितेसको बास थियो । कसरी म सुमनसँग सुहागरात मनाउन सक्थेँ र ! नितेसबिना मेरो संसार अन्धकार भएको थियो । मुटु त एउटा हुँदोरहेछ, एउटा मुटु कसैलाई दिइसकेकी थिएँ, फेरि कसैलाई दिन नसकिने रहेछ । मेरो मनमा उथलपुथल भुइँचालो गइरहेको थियो । ती पोखराका सुन्दर प्रकृतिले मेरो मनभित्रको उथलपुथललाई बुझ्न खोजिरहेको भान हुन्थ्यो । सुमनको अतिसुन्दर महल मेरो लागि मसान घरजस्तै भएको थियो । मेरो आँखामा वर्षाको झरीजस्तै झरी बर्सिरहेको थियो । मेरो मन केही गरे पनि खुसी हुन सकेन । सुमन मेरो खुसीको लागि धेरै ठाउँ घुमाउन लैजान्थे । पोखराको सुन्दर प्रकृति र सुन्दर सहरभित्र म आफै हराइरहेको महसुस हुन्थ्यो । केही गरे पनि म खुसी हुन सकिनँ ।
धेरै रातहरू सुमनको साथ बित्यो, म कहिले पनि सुमनको न्यायो अंगालोमा बाँधिन सकिन । सुमन मेरो मन जित्न धेरै कोसिस गर्थे, उनको मनभरिको भाबना र चाहना मलाई वर्षाएका हुन्थे, तर पनि मेरो मनले सुमनलार्इ स्वीकार गर्न सकेन । यस्तै ६ महिना बित्यो, सुमनको सिन्दुरले मात्र मलाई रंगायो । सुमनको निर्दोष भावनाले मलाई रंगाउन सकेन । म आफूले आफैलाई प्रश्न गर्थेँ- किन सुमनको विशाल एकोहोरो मायालाई मेरो मनले तिरस्कार गरिरहेछ ? बिचरा सुमनको के नै दोष थियो र ? मेरो नितेससँग फोनमा कुरा भइरहन्थ्यो । मेरो बेहाल देखेर नितेस निकै दुःखी हुन्थे ।
ऋतु ! तिमी सुमनको भइसक्यौ, सुमनसँग खुसी भएर बस, म जतिसुकै घाइते भएपनि तिम्रो खुसी मेरो खुसी हो, ऋतु ! तिमीले आफूलाई सम्हाल भनि नितेसले सम्झाउँथे । तर, पनि नितेससंगको प्रेम झनै मेरो विवाह पश्चात नटुट्ने डोरी जसरी लम्बिदै गयो । सागरसरी गहिरिँदै गयो । यतिकैमा मेरो बीएको परीक्षा आयो । मैले चितवन माइतीमा गएर परीक्षा दिनुपर्ने भयो । म माइत गएँ । परीक्षा पनि दिएर सकियो । मेरो नितेससँग धेरैजसो भेट भइरहन थाल्यो । म फेरि नितेसको न्यानो अंगालोमा हराउन थालेँ । साँच्चिनै यो मनले नितेसको न्यानो अंगालोबाट अलग हुन चाएन ।
हामी दुवै छुट्टिन नसक्ने अवस्था भयो । फेरि हाम्रो मिलन भयो, हामी दुवै सँगै जिन्दगी बिताउने निर्णयमा पुग्यौं । म नितेसको घरमा नितेसको जीवन साथी भएर एकसाथ हामी बस्न थाल्यौं । नितेससँगको साथ मेरो लागि स्वर्गसरी भयो । नितेससँगका मिठामिठा क्षण अतिनै रोमान्चक भए । म नितेसप्रति सदाको लागि समर्पित भएँ । यस्तै अति मिठो क्षण बिताउँदै थियौं ।
म लामो समयसम्म सुमनको घर पोखरा नफर्केपछि सुमन मलाई लिन चितवन मेरो माइती घर आएछन् । त्यस समय म सुमनको नभएर नितेसको भइसकेकी थिएँ । सुमन म प्रतिको एकोहोरो प्रेममा गहिरी सकेका रहेछन । जहिले पनि मसँग ‘ऋतु तिमी जस्ती अप्सरा जीवन साथी पाउनु मेरो भाग्य !’ भन्ने गर्थे । सुमनको एकोहोरो प्रेमले मलाई निकै आभारी बनाएको थियो । तर, के गर्ने साँच्चिनै मुटु त एउटा हुँदोरहेछ, एउटा मुटुलाई दुई ठाउँमा बाड्न नमिल्ने रहेछ ।
६ महिनाको सुमनसँगको साथमा मलाई सुमनले कहिले पनि मेरो ईच्छाबेगर कुनै दबाब दिएनन् । मेरो मन जित्न निकै कोसिस गरेका थिए । तर पनि मेरो मन मुटु कहिल्यै सुमनलाई दिन सकिनँ । कहिल्यै मेरो माया दिन सकिनँ । आखिर म मेरो प्रेमी नितेससँग साथ हुन पुगेँ । नितेसको प्रेममा रमाउन पुगेँ । नितेसको अंगालोमा हराउन पुगेँ । नितेससँग जिन्दगी बिताउने निर्णय गरेँ ।
यो सबै कुरा सुमनलाई थाहा भयो, सुमनले आफूलाई सम्हाल्न सकेनन् । उनले मलाई पत्र लेखे छन्– ‘मेरी प्राण प्यारी ऋतु… ! जन्मौ जन्म तिमीलाई प्यार, तिमीले जे गर्यौं राम्रो गर्यौं । तिम्रो केही दोष छैन । प्रिया, तिमी मेरो धड्कनमा हरदम रहने छौं । प्रिया, तिमी भौतिक रुपमा मेरो साथ नभए पनि मेरो प्रेम तिम्रो साथ सदासदाको लागि रहनेछ । मेरो सम्पूर्ण सम्पति ऋतुलाई दिनु ! ऋतुको कुनै दोष छैन’ भनी लेखेको पन्नाको पत्र सिरानीमा राखी बिस सेवन गरेर उनी सदासदाको लागि यो संसारबाट बिदा भए।
म मेरो नितेससँगको पुनर्मिलनले संसारको सबै कुरा बिर्सिएर रमाउँदै थिएँ । एक्कासी सुमनको मृत्युको खबरले मलाई आकाशबाट खसेको जस्तो भयो । म भाबबिभोर भएँ, सुमनले मप्रति गरेको मायालु व्यवहारले क्षतबिक्षत भएँ । सुमनले मायाको भिख मागे पनि मैले माया दिन सकिनँ । जीवनको भिख मागे जीवन दिन सकिनँ । उफ ! मलाई निकै पश्चाताप भयो, जिन्दगीभर पश्चाताप भइरहेको छ ! (कथाकार खरेल एक दशकदेखि इजरालमा बस्दै आएकी छन्)
साभार :दैनिक नेपाल
- हिसिला यमी
प्रशव पीडा धेरै लामो समय रह्यो भने आमा र पेटभित्रको बच्चा दुवैलाई खतरा हुन्छ । आज देशको अवस्था पनि त्यस्तै छ । सार्थक संविधान समयमा नआउँदा राज्य नै चरम निराशामा छ । संविधानसभा जन्मदाता पार्टी नै सिद्धिने र संविधानसभाबाट संविधान पनि नआउनेजस्तो आभास भइरहेको छ ।
यो निराशाको घडीमा देशले अनेक समस्या भोगिरहेको छ । गरिबी, अभाव, अशिक्षा हटाउन सकिएको छैन । देशको महत्वपूर्ण जनशक्ति युवाको ठूलो संख्या वैदेशिक रोजगारीदेखि अनेक अवसरका लागि बिदेसिन बाध्य छ । घरमा साना छोराछोरीलाई छाडेर बाबुआमा नै रोजगारीका लागि बिदेसिएका पनि छन् ।
परिवार तथा समाजमा आमा र सन्तानको सम्बन्ध नै विशेष हुन्छ । माया, ममता शब्दको खास सार्थकता पनि आमा र सन्तानकै सम्बन्धमा हुन्छ । तर, आज नेपालमा कतिपय आमाहरु अनेक घरेलु र बाहिरी हिंसाको सिकार हुँदै छन्, बलात्कृत हुँदै छन्, जिउँदै जलाइँदै र मारिँदै पनि छन् । कतिपय आत्महत्या गर्न पनि बाध्य भएका छन् । यसले बालबालिकालाई पनि नकारात्मक प्रभाव पारेको छ ।
आमाहरु नै लैंगिकदेखि अन्य हिंसाको चपेटामा परेको यथार्थ एकातिर छ, प्रसंग पछिल्लोपटक बालबालिकाले शृंखलाबद्ध गरेको सामूहिक आत्महत्याको हो । नयाँ वर्षको संघारमै डलेल्धुराका चार किशोरीले आत्महत्या गरे । चारैजना १६ वर्षमुनिका थिए— १४ वर्षीया ममता चुनारा, १३ वर्षीया नितु लोहार, १४ वर्षीया पूजा कोली । यी चारैजना ओठ निचोर्दा दूध आउनेजस्ता किशोरीले महाकाली नदीमा हामफाली आत्महत्या गरे । कारण, यिनीहरुले स्कुलको परीक्षा बिगारेका थिए । यो घटनाको घाउ आलै छँदा लगत्तै तीन किशोरीले सामूहिक आत्महत्या गरेको खबर आयो । बझाङका १४ वर्षीया जुनतारा पुजारी, उही उमेरकी रेखा पुजारा र १५ वर्षीया कविता बोहोराले वनमा गई रुखमा झुन्डिएर आत्महत्या गरे ।
हाम्रो कानुनले १६ वर्ष र १६ वर्ष मुनिकालाई बालबालिका मान्छ । अतः माथि आत्महत्या गर्ने सबै बालिका हुन् । त्यो मात्रै नभएर आत्महत्या गर्ने क्षेत्र सुदूरपश्चिम परेको छ । जुन क्षेत्रलाई राज्यले विकासको मूलधारमा ल्याउन सकेको छैन । जुन क्षेत्रका जनता आधारभूत अधिकारबाट वञ्चित छन् ।
देशमा दुर्गम क्षेत्र मात्र नभएर सुगमकै निम्न वर्गका धेरैले एसएलसीसम्मको परीक्षा दिन पाउँदैनन् । मुस्किलले परीक्षा दिन पाएका कतिपय असफल हुन्छन् । असफल हुनु खासगरी बालिकाका निम्ति बज्रपात बन्छ । किनभने, छोराले परीक्षामा राम्रो नतिजा नल्याए पनि अर्कोपटक मौका दिइन्छ । तर, छोरीलाई दिइँदैन । छोरीप्रति उदार भावना नराख्ने नेपाली समाजको पुरानो रोग हो, जुन अझै निको हुन सकेको छैन । अझै पनि हामीले छोरीलाई अर्काको घर गरिखाने भनी लिन्छौँ । वास्तवमा यो लैंगिक विभेदको सोच हामीले सबैभन्दा पहिले हटाउन जरुरी छ । यसमा राज्यले कडा र योजनाबद्ध कदम चाल्नैपर्छ ।
बालबालिका किन आत्महत्या गर्दै छन् ? यो गम्भीर प्रश्न हो । यसमा सीधै राज्यसत्ता वा सरकार जवाफदेही हुनुपर्छ । समाजले यस प्रश्नको जवाफ खोज्नुपर्छ । यस्ता घटनालाई राजनेताले गम्भीरतापूर्वक सोच्नुपर्छ ।
पछिल्लोपटकको बालिका सामूहिक आत्महत्याको शृंखला सुदूरपश्चिममा भएको छ । यसले के संकेत गर्छ भने, सुदूरपश्चिममा लैंगिक हिंसा केही बढी नै छ । कुनै पनि मानवीय विभेद वा हिंसा हुनु चेतनाको कमी त हुँदै हो । तर, चेतनाको कमी किन भयो ? यो मुख्य प्रश्न हो । यसको जवाफमा आउँछ, राज्यले देशैभरिका जनतालाई आधारभूत अधिकार पु¥याएको छैन ।
यो क्षेत्र अझै पनि सामन्ती पितृसत्तात्मक संस्कृतिले ग्रस्त छ । त्यति मात्र नभएर यो क्षेत्रीय रुपमा काठमाडौंबाट शासित छ । यस्तै घटना वागमतीमा घटेको हुन्थ्यो भने, पूरै नेपाल ठप्प हुन्थ्यो, अन्तर्राष्ट्रियकरण नै हुन्थ्यो ।
बालबालिका किन आत्महत्या गर्दै छन् ? यो गम्भीर प्रश्न हो । यसमा सीधै राज्यसत्ता वा सरकार जवाफदेही हुनुपर्छ । समाजले यस प्रश्नको जवाफ खोज्नुपर्छ । यस्ता घटनालाई राजनेताले गम्भीरतापूर्वक सोच्नुपर्छ ।
विकट ग्रामीण भेगमा मात्रै होइन, सहर–बजारमै पनि कतिपयले मदिरा सेवन गरी श्रीमती कुट्ने प्रवृत्ति उस्तै छ । घरमा हुने घरेलु हिंसाले बालबालिकाको मानसिकतामा गहिरो छाप पार्छ । घरमै हिंसा देख्न र भोग्न परेपछि बालबालिकाको मनोविज्ञानमा नकारात्मक असर पर्ने नै भयो । अर्कोतिर गरिबी, बेराजगारीको समस्याले देश नै आक्रान्त छ । साना छोराछोरी छोडेर बाबु वा आमा वैदेशिक रोजगारीका लागि गएको अवस्था पनि छ । यसले पनि छोराछोरीले आफन्तसँगको विछोडको पीडा भोग्नुपर्ने अवस्था छ । साना बालबालिकाले बाबुआमाबाट माया र संस्कार सिक्न नपाएको अवस्था पनि छ ।
सूचना र प्रविधिको विकासले पनि अहिले समाजमा मानिसबीचको नाता सम्बन्ध बिग्रँदो छ । खासगरी मध्यम र निम्न वर्गीय मानिसमा यसको प्रभाव बढी पाउन सकिन्छ । उच्च र धनाढ्य वर्गले त चेतना र सामाजिक प्रतिष्ठाका कारण पनि सकभर नाता सम्बन्धमा दरार आउन दिँदैनन् । तर, मध्यम र निम्न वर्गका मानिसको चेतनाको कमी, गरिबी, देखासिकीका कारण पनि पारिवारिक नाता सम्बन्ध ध्वस्त हुन पुगेको पाइन्छ । श्रीमानले विदेशमा पैसा कमाउने यता श्रीमतीले पैसा उडाउने कुलतमा लाग्ने, श्रीमती सधैँ काममा घोटिइरहने तर श्रीमान् हरदिन मदिरा सेवन गर्ने आदि विकृति पनि हाम्रो समाजमा विद्यमान छन् । यसको सबैभन्दा बढी नकारात्मक प्रभाव बालबालिकामा पर्ने गर्छ । अर्कोतिर, आमाबाबुबाट माया र रेखदेख नहुँदा, घरमा शान्ति र सुखको वातावरण नहुँदा, सुन्दर भविष्यको प्रत्याभूति नहँुदा बालबालिकामा निराशा उत्पन्न हुन पुग्छ । यस्ता बालिका घरपरिवार र छरछिमेकबाटै बलात्कृत हुन पनि सक्छन् । घरमा माया र राम्रो रेखदेख नभएपछि कतिपय अवस्थामा बालबालिका भड्किएर हिँड्छन् । र, सडकबालबालिको रुपमा सहरबजारमा देखिन्छन् ।
जनता कहाँ–कस्तो अवस्थामा, कुन मनोविज्ञानमा छन् भनी बुझ्ने र त्यसअनुसारको समाधानको उपाय खोज्ने राज्यसत्ता संयन्त्रले नै हो । तर, अहिले राज्यसत्ता निरीहजस्तै छ ।
पछिल्ला दिन बालिका जसरी बालिका आत्महत्याका घटना बढे, यसले के र कतातिर संकेत गर्छ त ? यो गम्भीर सवाल हो । आजका बालबालिका भोलिका युवा र वृद्ध हुन् । अनि, महिला परिवारका शिक्षिका हुन्, जसले सन्तानलाई केही न केही सिकाउँछन् । तसर्थ, घर–परिवारमा महिला र बालबालिकाको मानसिकतामा नकारात्मक प्रभाव पर्ने अवस्था आउनु हुँदैन । तर, यसमा व्यक्ति र परिवारले मात्रै चाहेर हुँदैन । यसमा त राज्यसत्ताले नै प्रभावकारी र हस्तक्षेपकारी भूमिका निभाउनैपर्छ ।
जनता कहाँ–कस्तो अवस्थामा, कुन मनोविज्ञानमा छन् भनी बुझ्ने र त्यसअनुसारको समाधानको उपाय खोज्ने राज्यसत्ता संयन्त्रले नै हो । तर, अहिले राज्यसत्ता निरीहजस्तै छ ।
राजनीतिक स्थिरता नहुँदा, जनता चरम निराशा र गरिबीमा हुँदा समाजमा विभिन्न विकृति उब्जन्छन् । चोरी, डकैतीका घटना बढ्न थाल्छन् । बलात्कार बढ्न थाल्छन् । यसले पूरै समाजमा डर, त्रास र धम्कीको परिस्थिति सिर्जना हुन्छ । यसको असर अन्ततः परिवारभित्रको सबैभन्दा कान्छा र कमजोरलाई पर्न जान्छ ।
आर्थिक हिसाबले पनि मध्यम र निम्न वर्गीय परिवारभित्र झगडा र खटपट बढी हुन्छ । कारण, घरमा अभाव हुन्छ । घर–परिवारमा अभाव भएपछि थोरै चिजमा झगडा हुन्छ । यस्ता झगडा धेरैजसो अंशबन्डा, दाइजो, जग्गाको साँधका नाममा हुने गर्छन् । यी र यस्ता समस्या एउटा परिवारको मात्रै होइन, देशकै समस्या हो । त्यसैले राज्यले नै यसमा सोच्नुपर्ने हुन्छ ।
अहिले राज्यसत्ता निरीहजस्तै छ । किनभने, अहिले देश सार्थक संविधान बनाउने बहस र छलफलमा छ । देशका सबै क्षेत्र, वर्ग, लिंगलाई समेट्ने संविधान बनाउनुपर्ने छ । संविधान नबन्दा स्थानीय चुनाव हुन सकेको छैन । त्यसैले राज्यसत्ताको पहुँच अहिले स्थानीय स्तर खासगरी विकट क्षेत्रमा पुग्न सकेको छैन ।
समाजलाई प्रभाव पार्ने सबैभन्दा महत्वपूर्ण विषय नै पारिवारिक सम्बन्ध हो । तर, अहिले हाम्रोमा गरिबी र अभावका कारण पारिवारिक सम्बन्ध मजबुत हुन पाइरहेको छैन । पुँजी पलायनसँगै मानिस पनि पलायन भइरहेको अवस्था छ । रोजगारीका लागि खाडी मुलुक पुग्नु एउटा बाध्यकारी अवस्था एकातिर छ । अर्कोतिर, हाम्रोमा सरकारका मन्त्री, सभासद्, सरकारी कर्मचारी समेत छोराछोरीले विदेशमा स्थायी बसोबासको अनुमति पाउँदा गर्व गर्ने गर्छन् । यसो हुँदा समाजबाट एउटा महत्वपूर्ण जनशक्ति युवाको पलायन मात्रै भएको छैन, सामाजिक सम्बन्धलाई पनि खलबल्याएको छ ।
समग्रमा हेर्दा बालबालिकासम्म हुन पुगेको हिंसाका घटनाले यो संकेत गर्छ, अहिले देश, समाज, परिवार नै विखडन हुँदै गइरहेको छ ।
अतः अहिलेको चुनौती भनेको यो प्रशव पीडालाई नलम्ब्याईकन शल्यक्रिया गरी आमा र बच्चा दुवैलाई बचाउनु नै हो । सुरक्षित प्रसूति गराउनु हो । यहाँ आमाको विम्बको रूपमा नेपालीका पार्टीहरु हुन् । बच्चा जन्मनु भनेको सबै नेपालीलाई समेट्ने अर्थात् जाजरकोटको बिरामीले जाजरकोटमै उपचार पाउने खालको व्यवस्थासहितको संविधान बन्नु हो । संविधान संविधानसभाबाटै आओस् तर संसदीय विधिबाट होइन । यसको मतलब, बहुमतको बलले अल्पसंख्यक, पिछडिएको वर्ग र क्षेत्रको अधिकार नकुल्चियोस् । कुल्चिइयो भने बच्चा जन्मदा अंगभंग हुन सक्छ । संविधानरुपी बच्चा सबै नेपालीलाई समान अधिकार दिने सबल र सक्षम जन्मनैपर्छ ।Artical Ratopati
– श्रीभक्त खनाल
पत्रकार मोहन मैनालीको ‘मान्ठा डराएको जुग’ पुस्तकको एउटा अध्याय पढेपछि मेरा मनमा अनेक तरंग आए । कति सरल र मीठो भाषामा उनले लेखेका रहेछन द्वन्द्वकालका अनुभव । त्यो जुगमा डराएका माण्ठा (मान्छे) मध्ये म पनि थिएँ । आफूँ हिडेका ठाउँ र भेटिएका पात्र मेरा मनमा एकैचोटी पहिरो झै आए । कसको कुरा लेख्ने कसको नलेख्ने ?
त्यतिबेला सर्वसाधारण डराएका थिए । सेना डराएका थिए । प्रहरी डराएका थिए । पत्रकार डराएका थिए । माओवादी डराएका थिए । नेपालमा काम गर्ने अन्तराष्ट्रिय संस्थाका प्रतिनिधि डराएका थिए र मैनालीले भने झै जुग नै डराएको थिए ।
समाचार छापिएपछि थवाङ र भद्रकाली हेडक्वाटर्स समाचारका अक्षर गन्थे र हिसाब गर्थे कसको भागमा कति प्रतिशत समाचार पर्यो भनेर । यसका आधारमा समाचार लेख्ने पत्रकारलाई कताको हो भनी वर्गीकरण गरिन्थ्यो । म जस्तो कुनै पनि पार्टीको सदस्य नभएको र समाचारलाई समाचारकै रुपमा मात्र प्रस्तुत गर्ने पत्रकारलाई पनि एउटा पार्टीमा राखिदिन्थे । सबै मान्ठाका कथा भन्न सम्भव छैन । त्यसो गर्नु पनि पर्दैन किनभने मान्छे र उनीहरुले पाएको यातनाको प्रकृति मात्र फरक थियो, पीडा सबैको एउटै । म अहिले सक्रिय पत्रकारितामा छैन । त्यसबेला डायरी पनि बनाइएन । त्यही भएर खास ठाउँ, मान्छेको पूर्ण विवरण र मिति सम्झन गाह्रो भयो । ती मानिस कहाँ, कस्तो अवस्थामा छन्, त्यो पनि थाहा छैन ।
माण्ठ नं १: द्वन्द्वकालमा लमजुुङ पुगेको थिएँ । कसैले बतायो–फलानो ठाउँमा मीनबहादुर भण्डारी नामका मानिस छन् र जासुस भएको आरोप लगाएर माओवादीले उनको एउटा गोडा काटिदिएका छन् । भण्डारीलाई भेट्न पुग्दा उनी घरमा रैनछन् । बोलाउन पठाएँ र घरको पिढीँमा पर्र्र्र्खिएँ । आधा घण्टा जति पछि वैशाखी टेक्दै उनी आए र भने, “को हुनुहुन्छ कुन्नि, लौ म त मर्नलाई आएँ हजुर ।” ओहो कस्तो जुग ! नचिनेको मान्छेलाई देख्दा मार्न आएको ठानेर आफैलाई पर्सिने । अवाक् भएँ । उनले आफ्ना बारेमा बताए– आक्रमणपछि माओवादीले मर्यो भनेर छोडेका उनलाई तत्काल उद्दार गरिएकाले बाँचेका रहेछन् । जोडिने आशामा काटेर छिनालिएको गोडालाई डोकामा राखेर उनलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पु¥याइयो तर गोडा जोडिएन, संभव भएन । धेरै समय अस्पताल बसेर घर फर्किएका उनी नौलौ मान्छे आयो कि मार्नै आए जस्तो लाग्छ भन्थे । कठै त्यो जुग, ती मान्छे, ती पीडा !
माण्ठ नं २: काठमाण्डौंमा मेरो घर थिएन । डेरामा महत्वपूर्ण सामग्री थिए जो भविष्यमा अध्ययन अनुसन्धानका लागि उपयुक्त थिए । माओवादीका पोस्टर, हस्तलिखित दस्तावेज र अन्य थुप्रै पुस्तक टिनको बाकसमा हालेर गोङ्गबु स्थित साथी दिनेश लोहनीको घरमा लगेर राखेँ । केही महिना पछि म छात्रबृति पाएर अध्ययनका लागि डेनमार्क गए । पढाई सकेर फर्किए पछि ती सामग्री हेर्न मन लाग्यो र बाकसका बारेमा सोधे । उनले भने केही दिन अघि राती घर घरमा सेना आएका थिए । मध्यरातमा सुतेकालाई उठाउँदै घरको खानतलासी लिए । दुई घर पर्तिरसम्म खानतलासी लिँइसक्दाँ मिर्मिरे भएपछि खानतलासी स्थगन गरी सेना फर्किए । सेना फर्र्र्किए भन्ने थाहा पाएपछि दिनेशले सबै सामग्री घर अगाडि जलाएछन् । डढेका पुस्तकका पानाका अक्षर बुझिएला कि भनेर पानी खन्याएछन् । उनले मलाई सोधे, “ज्यान ठूलो कि सामग्री ?” मसँग उत्तर थिएन ।
मान्ठ नं ३: सुर्खेतको राकममा माओवादी र सरकारी सुरक्षाकर्मी बिच भीडन्त भयो, मारमा परे सर्वसाधारण । गोली बारुदको दोहोरो प्रहारले खरको छानोमा आगो सल्कियो । थुप्रै गरिबका घर खरानी भए । म त्यहाँ पुग्दा डढेका धान चामल र कपडाको गन्ध बस्तीमा फैलिएको थियो । गोबरका थुप्रा जस्ता काला काला बस्तु पनि भेटिए । दाउराले यसो पल्टाएर हेरे । ती जलेका भाँडाकुँडाका अवशेष थिए । समाचार सँगसँगै जमिनमा छरिएका थ्री नट थ्री र अन्य राइफलका पड्किसेकका खोका संकलन गरें । सोचें यी भविश्यमा काम लाग्न सक्छन् । आगामी पुस्ताको लागि एउटा इतिहास हुनेछ । अन्यन्तै डरका साथ काठमाडौं ल्याए तिनलाई । कसकोमा राख्ने ? समस्या आइलाग्यो । अन्तराष्ट्रिय रेडक्रस (आइसीआरसी) ले मद्दत गर्ला भने लाग्यो र हानिएँ नयाँ बानेश्वर । त्यहाँ कार्यरत जँ क्लड एसनबर्गरलाई चिनेको थिए । उनलाई देशमा शान्ति छाएपछि फिर्ता पाउने गरी ती सामान राखिदिन आग्रह गरें । “ब्यक्तिगत रुपमा यी मेरा सामग्री हुन तर, यिनले इतिहास बोकेका छन् । इतिहासलाई जोगाउन पनि कृपया यी सामान तपाइले राख्ने प्रवन्ध मिलाईदिनुहोस ।” उनी नेपाली बोल्थे र अनुवादकको काम गर्थे ।
मेरो आग्रह ठाडै अस्वीकार गरिदिए । बडा अप्ठेरो समयमा कसले राखिदिन्थ्यो खोका ? विदेशी भएकोले उनी प्रति मलाई अलिकति आशा जागेको थियो । मान्छेको मूल्य नभएको समयमा त्यसको के मूल्य ? दिक्क लाग्यो । अर्को दिन गल्कुपाखाको डेराबाट निस्केर बालजु चोक नजिक विष्णुमति पुल माथि पुगेँ । पुलबाट खोका भएको प्लाष्टिकको पोको फालिदिए । असीम पीडा भयो । आफैलाई पुलबाट हुत्याए जस्तो भो । पाँच मिनेट जति टोलाएर हेरे प्लाटिकको पोको लेदोमा झन झन गाँडिदै गयोे । रुमालले मुख पुछेर कोठामा फर्किएँ । कुनै ठूलो अपराध गरेको आभास भो, रातभर निन्द्रा लागेन । घटनाको धेरै वर्ष पछि राकम पीडितलाई थोरै भए पनि राहत मिल्यो भन्ने सुने, मनमा थोरै सन्तोष भयो ।
मान्ठ नं ४: सेनाद्वारा मारिएकी काभ्रेकी बालिका मैना सुनारसँगै समातिएकी थिइन बिमला विक । उनकै भनाईमा माओवादी भएको आरोप लगाएर उनलाई चरम यातना दिइएको थियो । कुनै ठाउँमा कसैको सहयोगमा मैले उनलाई भेटेको थिएँ । (लाग्छ, सहयोगी र स्थान खुलाउने समय अझै आइपुगेको छैन्) । उनले मलाई गोडा र पाखुराका विभिन्न ठाउँमा ब्लेडले चिरेर नुन खुर्सानी दलिएका खत देखाइन् । मानवीय आधारमा उनलाई केही सहयोग जुटाईदिएँ । पछि उनलाई डिल्लीबजार जेल चलान गरिएको थियो । जेलबाट छुटेपछि उनी कता गइन मरिगए पत्तो लगाउन सकिएन । मैले सुने अनुसार माओवादी र सेना दुबैले निगरानीमा परेपछि उनी सम्पर्क विहिन भएकी थिइन् ।
मान्ठ नं ५: लमजङ दुराडाँडामा शिक्षक मुक्तिनाथ अधिकारीलाई माओवादीले २०५८ सालमा मारे । म कार्यरत संस्था हिमालखबर पत्रिकाका सम्पादक राजेन्द्र दाहालको सुझावमा म समाचार संकलन गर्न गएँ । हात पछाडि बाँधेर रुखमा झुण्ड्याएको शवको फोटो कसैले खिचेको थियो । त्यो मेरो हात पर्यो । एकजना विद्यार्थीको मोटो गाता भएको पुरानो कापी मागे । मोटो गातालाई दुई भाग हुने गरी उधारे र त्यस भित्र फोटो राखेर त्यसमा जिल्दा लगाएँ । दुराडाँडाबाट काठमाडौं आउँदा बाटोमा भोग्नुपर्ने अनेकौं खानतलासीबाट बच्न त्यसो गरेको थिए । यो रहस्य अहिले खोलेको हुँ । फोटो कसले खिचेको भन्ने कुरा हिमाल खबरपत्रिका र मैले अहिले सम्म खुलाएका छैनौं । हिमाल खबरपत्रिकामा काम गर्दा नै रिपोर्टिङका लागि रुकुमको गरायला पुगेको थिएँ । बस्ने खाने प्रवन्ध माओवादीले मिलाए ।
एउटा घरको तलामा सुत्ने ब्यवस्था भयो । खाट नजिक झ्याल थियो । सेनासँग लुटिएका दुईटा ह्यान्ड ग्रिनेड झ्यालमा तयारी अवस्थामा राखिए । बाँकी ग्रिनेड ऊनीको झोलामा । मसँगै सुतेका माओवादी घुर्न थाले तर बम बारुदसँग अभ्यस्त नभएको मलाई सिरानीनेर विस्फोटक पदार्थ देख्दा देख्दै कसरी निन्द्रा परथ्र्यो र ! आँखा झिमिक्कै नगरी बिहान भयो । कुरा उही लडाइँका बेलाको हो । रोल्पा जाँदै थिएँ । गाडी सुलिचौरमा रोकियो । प्रहरी चौकी अगाडि चेक जाँचका लागि । एक यात्रुले गाडीको छतमा फलामको फ्रेम भित्र कुखुरा राखेर सदरमुकाम लिवाङ लाँदै थिए । एक जना प्रहरी दुइटा कुखरा बाहिर निकालेर चौकितिर लम्किए । चेकजाँच सकियो । गाडी अगाडि बढ्यो । को, कहाँबाट, किन, कसलाई, कसरी, कहिले ? जस्तै अनेकौ अड्चन ब्योहोर्नु भन्दा दुईटा कुखुरा मन्साएर नै अगाडि बढ्ने नीति सबैलाई उपयुक्त लाग्यो । हामी सबै मुखामुख ग¥यौं । तै चुप मै चुप । बसको झ्यालबाट यसो बाहिर हेर्छु त अजङ्गको सिमलको रुखमा बाँसको भर्याङ बनाएर मचान बनाइएको रहेछ ।
मचानमा थ्रि नट थ्री बोकेका प्रहरी तैनाथ थिए । मैले सुने अनुसार धेरैजसो प्रहरी दिउसो सुत्थे र रातभरी जाग्राम बस्थे । हतियार बोकेर पनि उनीहरु हामीभन्दा बढी डराएका थिए । अब अन्तिम भोगाईबाट लेखको बिट मार्छु । गोर्खा र तनहुँ जोड्ने ठाउँमा मस्र्याङदी नदी माथि सेनाले बेली ब्रिज हालेको थियो । जोडेको केही दिनमा पुल लच्कियो । उर्लदो भेल नजिक बसेर एउटा मानिस ढुंगा थुपार्दै थियो । फिल्म वाला यासिका क्यामराबाट सबै दृश्य आउने गरी एक क्लिक गरेपछि उसले भन्यो- “के गरको ?’ “फोटो खिचेको ।” किन खिचेको ? “पुल राम्रो लागेर ।” “कसले खिच्न पठायो ?” “आफ्नै मनले । ” “के काम गर्छौ ?” “पत्रकारिता । ” ती सेनाका मान्छे हुन भन्ने छनक कुराबाटै थाहा पाइन्थ्यो । एक क्लिक फोटो खिच्दैमा केही बिग्रेको थिएन । उनले मलाई केही घण्टा केरकार गरे । गोली ठोक्ने धम्की दिनेदेखि पत्रकारिताको कक्षा समेत लिन भ्याए ।
पत्रकारिता के हो ? नेपालमा पत्रकारिताको अवस्था कुन ढंगले गएको छ ? अरु देशमा पत्रकारिताको अवस्था के छ भन्ने देखि लिएर उनले भ्रमण गरेका देश र त्यहाँ उनले गरेका बहादुरीको वर्णन गर्न सम्म भ्याए । सवाल जवाफ गरेर कुनै फाइदा नहुने देखेर मैले टाउँको मात्र हल्लाईरहँे । अन्तिममा उनले मलाई चाहेको भए गोली ठोक्न सक्ने बताउँदै मेरो मोबाइल नम्बर मागे । मैले दिएँ । उनले आफ्नो सालोको नम्बर दिएर भने, “यो क्यामराको फिल्म चाहेको भए मैले निकाल्न सक्थेँ तर, तिमीले फिल्म धोएर नेगेटिभ बनेपछि त्यो काटेर मेरो सालोलाई दिनु । शंकरदेव क्याम्पस नेर घर छ । ऊ लिन आउँछ ।” मैले एउटा फोटो प्रिन्ट गरेर फिल्म दिन सक्थें तर त्यसो गर्न सकिनँ । फिल्म काटेर उसको सालोलाई दिएँ किनकि म पनि माण्ठा डराएको जुगको एक माण्ठा थिएँ र मूर्खको ओखती हुन्न भन्ने पनि पढेको थिएँ । खोटाङमा मारिएका हर्कबहादुर राईको हत्या सम्वन्धी समाचार संकलन गर्न चिसापानी पुगेको थिए ।
उति बेलाको किराँत राष्ट्रिय मुक्ति मोर्चा र माओवादी बिच उनलाई मार्ने नमार्ने भन्ने सन्दर्भमा विवाद भएको थियो । जातियताको कुरा भर्खर उठाइँदै थियो र चिसापनीमा रहेको विपी कोइरालाको सालिक तोडफोड गरिएको थियो । १ फागुन २०५८ मा हिमाल खबरपत्रिकामा छापिएको ‘घातक साँठगाँठ’ नामको कभर स्टोरीले नेपालमा जातियताको मुद्दा कसरी अघि बढ्न लागेको छ भन्ने छनक दिएको थियो । सो आलेख छापिएपछि मलाई निकै धम्की आए । जातियताको विषय नेपालमा कसरी र कुन तरिकाले जाँदैछ भनी तेह्र वर्ष अगाडि नै त्यो आलेख छापिएको थियो । त्यसयता विषयले अनेकौं श्रृंखला पार गरेको छ । चुच्चे, थेप्पे, मधेशी, पहाडी, धार्मिकता, पहिचानवादी जस्ता अनेक रंग त्यसमा मिसिएका छन् । थाहा छैन यसले देशलाई कहाँ पुर्याउँछ ? आशा गरौं फेरि मान्ठासँग मान्ठा डराउने जुग नआओस ।
shreebhakta@gmail.com पूर्व पत्रकार खनाल हाल पोर्चुगलमा छन्
साभार :हिमाल खबर पत्रिका
बसन्त श्रेष्ठ ‘छापेली- नेपालमा आधुनिक, वैज्ञानिक र व्यावहारिक शिक्षाका धेरै मन्त्र जपिए । विभिन्न आयोगको गठन गरिए । जसले शैक्षिक क्षेत्रको सुधार गर्ने छ, जसले शिक्षामा आमुल परिवर्तन गर्ने छ भनेर । शिक्षा मानव जीवनको ज्योती हो । यो त धुर्व सत्य कुरा हो । शिक्षा परिवर्तनशिल, व्यावसायीक र जीवनोपयोगी हुनु पर्दछ । यो त सर्व स्वीकार्य विषय हो । तर खोइत यो आर्दशको कार्यन्वयन ? खोइत यो व्यावहारीक र वैज्ञानिक शिक्षा जो पछिल्लो समयमा लिने गरेको ? हामीले धेरै उद्देश्यहरुका पोका तयार पारिरहेका हुन्छौ ।
हामी भन्छौ आज अमेरिका, जापान, चाइना, वा अन्य कुनै विकसित देश जसले प्राविधिक ज्ञानको कारण विश्वका नमुना देशको रुपमा आफलाई चिनाई सकेका छन । अझ जप्छौ हामी कि ति देशहरुको शैक्षणिक प्रणालीनै बेग्लै छ । उनीहरु शिक्षण गर्दा नै अभ्यास मार्फत गरिएका हुन्छन भनेर । उनीहरु एउटा घडी, कम्प्युटरको पाठ पढिरहदाँ नयाँ कम्प्युटर र नयाँ घडी तयार पारिसकेका हुन्छन् । उनीहरु आधुनिक जमना व्यावहारिक रुपमा प्रयोग गरेका छन । सोही अनुरुप उनीहरु एउटा विज्ञानको सुत्रको आधारमा सोही वस्तुको रचना गर्दछन ।
हामी २१औं शताब्दीका मान्छे, हामी धेरै कुरामा अनावश्यक गर्व गर्छौ, हामी चिन्ता गर्दर्छौ तर हामी विडम्वना चिन्तन गर्दैनौ । हामीले यत्र तत्र सुन्ने गरेका छौ । नेपाली शिक्षा प्रणाली कै कारण आज कैयौं नेपालीहरु विदेश पलायन भएका छन । सरकारकै पछिल्लो तथ्याङ्क अनुसार १५०० युवा दैनक रुपमा त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलहँुदै विदेश पलायन हुन बाध्य भएका छन । अब त्यो समय श्रृजना भएको नेपालमा युवा विदेश पलायन हुनु आवश्यकता अर्थात बाध्यता कि चाहना भन्ने सन्र्दभमा यति बेला अलिक आश्र्चय जनक कुरा पैदा हुन पुगेको छ । ता कि युवाहरु विदेशमा जाने कुनै चाहना हुदैन । आफ्नो जन्मभूमी छाडेर बिदेश जानु बाध्यता मात्रै हैन चाहाना पनि हो । जतिवेला कुनै पनि ब्याक्तीले आफुलाई राष्ट्रिय एवं अन्र्तराष्ट्रिय स्तरमा स्तर प्रतिष्पर्धा गर्न आफूलाई योग्य र दक्ष बनाएको हुन्छ त्यस्तो अवस्थामा त्यो कदापी बाध्यता होइन ।
त्यति बेलामा मात्र बाध्यता हो , जति बेलासम्म एउटा विद्यार्थीहरु आफ्नो पढाइका सर्टिफिकेटलाई बाकसमा राखेर आफुमा कुनै पनि कुरामा विशिष्टता हासिल गर्न सक्दैन । त्यति बेलासम्म उनीहरुले आफुलाई कुनै न कुनै क्षेत्र, कार्य, ज्ञान, सीप र व्यावहारमा सक्षमताको भिडमा दौडन सक्दैनन् र अनपेक्षित कार्यमा लिप्त हुन विवश हुन्छन । त्यति बेला मात्र बाध्यता हुन्छ । अर्थात उनीहरु खाडीमा आफ्नो रगत रुपी पसिना बगाउन विवश भएका हुन्छन । प्रसङ्गको यदिबाट विजारोपण हुन्छ । कि नेपालमा विषयगत विशिष्टताको कुरा उठ्यो तर त्यसले किन पूर्णताको पाएन ? हो शिक्षामा विषयगत विविधतालाई पाठ्यक्रम निर्माताहरुले समावेश गरेका छन । विदेशमा पढाउने शैली र नेपालमा पढाईने शैली पनि फरक भए होला ।
तर साधन भएन यहि निर चिन्ह खडा हुन्छ ? ताकी के उसो भए नेपालका नीजि बोडिङ्गहरुले पाठ्यक्रममा उल्लेख भएका साधन अनि संरचना पूर्ण त प्रयोग, पालना एवं बिभिन्न सामग्रीहरुको निर्माण गरेका छन ? यसको अर्थ यहिबाट व्यापक एवं विस्तार हुन पुग्दछ ता कि साधन र संरचना भनेको के स्पष्ट हुनु जरुरी छ । साधन र संरचना भनेको कुनै पनि शैक्षिक संस्थाको व्यावस्थापकीय पक्ष हो । जसले विद्यार्थी, शिक्षक, विद्यालय, समाज र सरोकारवालाहरुको तादम्य सम्बन्ध स्थापित हुनु पर्दछ । बास्तबमा भन्नु पर्दा हाम्रो जस्तो समाजममा हातले सहजै गन्न सक्ने मात्रामा हाम्रा विद्यालय केहि प्रसंसा योग्य छन, केहि आलोच्य छन । हाम्रा शिक्षकहरु केहि इमान्दारीताको अग्र पङतीमा छन ।
त केहि मध्य पङती वा अझ तल्लो पङतीमा पनि । स्मरण रहोस यो कसैको खेदो खन्न गरिएको आलोचना होइन । यो कुनै व्याक्ति विशेषलाई उचाल्न अनि पर्छान गरिएको बाहना वाजी पनि होइन । आखिर केका लागि त शिक्षा क्षेत्रको विकासका लागि विस्तारका लागि । कुनै दिन १०४ वर्षे राणाशासनको धङ्धङी थियो । मुलुकमा जहानिया राणाशाशनको विरोधीहरु टिक्न त के केबल मुख खोलेर उनीहरुका सामु बोल्ने पनि सक्दैनथे । कारण जहानिया राणाशासन नै हो । जति बेला देशको साक्षरता प्रतिशत जम्मा २ प्रतिशत मात्रै थियो । केवल दरबारियाहरुकै लागि भनेर बिद्यालयहरुको स्थापना गरिएका हुन्थे जहाँ दरबारियाहरुका आसेपासेहरुका लागि पढ्न पाउने ब्याबस्था पनि थियो ।
समय बढ्दै गयो देशभर शिक्षालयको विस्तार हुदै गयो । अन्तत नेपालमा राणाहरुको शासन कालबाटै सर्वसाधारणका लागि भनेर शिक्षालयहरुको स्थापना गर्न थािलए । हुँदा हुँदै नेपालको शिक्षा प्रणाली समेत दुई धारमा विभाजित हुन पुग्यो । अर्थात ति बिद्यालयहरु सामुदायीक र संस्थागत विद्यालयले आज मान्यता पाएका छन । यि मान्यतासँगसँगै शिक्षा क्षेत्रमा केही आधुनिकता आएको छ । केही प्रतिष्पर्धा आएको छ । सँगै शिक्षा क्षेत्रमा गहिरो खाडल पनि यहिबाट पैदा भएको छ । आज सरकारले लाखौं खर्चर निर्माण भएका सामुदायीक विद्यालयमा विद्यार्थीको खडरी परेको छ । विद्यार्थीहरु राज्यले उपलब्ध गराउने अधिकारहरु मध्येका आधारभुत आवश्यकताबाट वञ्चित भएका त हुदैनन तर गुणस्तरीय शिक्षा पाउनबाट भने पूर्ण त वञ्चित भएकै हुन ।
यो सँगै शिक्षकहरु आफ्नो अदक्षतालाई प्रमाणित गर्दै आफूले संस्थागत बिद्यालयमा अध्यायन अध्यापन गराएर आफ्ना सन्तानहरुलाई पढाउन पठाई आफूले सामुदायिक स्कुलहरुमा शिक्षण गराईरहेका छन । सरकारले पनि त्यस पक्षमा कुनै पहल कदम चाल्न सकेका छैनन केवल लाचारिता मात्रै निरन्तर रुपमा पर्दश्न गरिरहेका छन । आज सामुदायिक र संस्थागत रुपमा अध्यायन गर्ने विद्यार्थीहरु भविष्यमा आमाको गर्भबाटै निर्धारण हुने गरेको छ । अन्तत ः उनीहरुको भावना र क्षमतालाई तिलाञ्जली दिदै सरकारले दुर्दशा हेर्ने गरेको छ । विद्यार्थी भनेको काँचो माटो हुन । उनीहरुको स्वरुप आफूले चाहेकै अवस्थामा निर्धारण गर्न सकिन्छ । अर्थात उनीहरुलाई के बनाउने ? कस्तो बनाउने भन्ने कुरा शिक्षक र वातावरणमा निर्भर रहन्छ भन्ने शिक्षाविद पाठ्क्रम निर्माता, योजनाकारको किन त्यो पक्षमा ध्यान गएन ? वि.स.२०२८ सालबाट प्रारम्भ गरिएको व्यावस्थित पाठ्यक्रम निर्माणले किन ति पक्षहरुमा आफ्नो ध्यान लैजान सकेन ।
मन्टेस्वरी शिक्षण विधिसम्मका गुड्डी हाक्ने सरकारवाला शिक्षाविद ीभचलभच ऋभलतभचभम बलम त्भबअजभच ऋभलतबचम का कुरा गर्ने विश्लेषकहरुले किन चिन्न सकेनन । व्यक्तिगत विविधताको कदर गर्दै शिक्षा जीवनका लागि भन्ने मान्यतालाई आत्मसाथ गर्ने सम्मेलन अर्थात ९भमगअबतष्यल ायच बिि० सबैका लागि शिक्षा भन्ने मान्यताले किन कदर गर्न सकेन ? सम्पूर्ण विद्यार्थीहरुको भावना धेरै विधीहरुको पैदा भएको यस बीचमा धेरै प्रवृतिको प्रयोग भएको छ तर किन परिमाणात्मक पक्ष मात्र अगाडी आएको छ शिक्षामा ? त्रगबष्तिथ र त्रगबलतष्तथ मा हामीले वहस गरिरहँदा पनि त्यसको क्षेत्र किन व्यापक हुन सकेन ? किन विद्यार्थीको शैक्षणिक क्षमताको विकास गर्ने पक्ष पछाडी रह्यो ? के यो सबैको दोष शिक्षक हो ? के यी सबको जिम्मा शिक्षकले लिनु पर्दछ ? के शिक्षक कै कारण विद्यार्थीको गुणात्मक पक्ष कमजोर भएको हो ? के उसकै कारण शिक्षामा आमूल परिवर्तन ल्याउन नसकिएको हो ? कदापी यी सबका भागेदार एउटा शिक्षक हुन सक्दैन ? यसको मत्लब फेरी शिक्षक हुदै होईन भन्ने पनि होईन ।
विद्यार्थीहरुमा गुणात्मकता नहुनुमा शिक्षकको कुनै दोष नै रहन हुदैन भन्ने पनि हुदैन । सबै भन्दा पहिले नेपालको शिक्षा प्रणालीमा धेरै सुधारका प्रयास भए । बिभिन्न योजनाहरुको थालनी भयो । बि.सं २०११ केही सुझावहरु प्राप्त भएसँगै शिक्षामो बि.सं २०२८ मा पुग्दा राष्ट्रिय शिक्षा पद्धतिको योजनाको रुपधारण गर्न पुग्यो । जसको प्रभावस्वरुप नेपालको शिक्षा प्रणालीमा योजनाबद्ध पाठ्यक्रमको विकास गर्न र गर्न उत्प्रेरित गरियो तर कतिपय कुरालाई भने शिक्षाका राष्ट्रिय तथा तहगत उदेश्यमा मात्र सिमित गर्ने कार्य पनि यो अवधिमा भएको पाईन्छ । त्यसकारण नेपालको शिक्षा प्रणालीमा सुधार ल्याउन र सबैका लागि भन्ने मान्यतालाई आत्मसाथ गर्दै सुधारका अभ्यासहरुलाई सञ्चालन गर्नु पर्दछ । खास गरी नेपालको शिक्षा प्रणालीको सुधार गर्न हामीले नेपालको दुई धारिय शिक्षा नीतिमा समेत सुधार गर्नु आजको टड्कारो आवश्यकता छ ।
मुख्य त आजको समाजमा सरकारी बिद्यालय प्रतिको विश्वासलाई बढाउदै नीजि बोर्डिङ्ग सरह उभ्याउन सक्नु पर्दछ । सरकारी बिद्यालय प्रतिको विश्वासलाई बढाउन सरकारले शिक्षा प्रणालीमा कतिपय नीति तथा नियमको कडा रुपमा लागु समेत गर्नुपर्दछ । उद्धाहरणका लागि शिक्षा क्षेत्रमा लागेका शिक्षकहरुले शिक्षा क्षेत्रको सुधारका लागि पूर्ण त प्रतिबद्ध एवं बफादार रहनु पर्दछ त्यसको प्रतक्ष प्रभाव भनेको सरकारी बिद्यालयका शिक्षकहरुरुले सरकारी अर्थात सामुदायिक बिद्यालयमानै अध्यायन गर्नु पर्ने ब्याबस्थालाई अनिवार्य रुपमा कार्यन्वयन जरुरी र शिक्षकले पनि आफ्नो र आफ्ना पेशागत दक्षतालाई देखाउन आफुले अध्यापन गराउने बिद्यालयमनै अध्यायन गराउनु जरुरी छ जसले शिक्षाको गुणात्मक पक्षको सुधार गर्न कोशे ढुङ्गाको रुपमा भूमिका निर्बाह गर्ने छ । basantashresthachhapeli@gmail.com
वषौँसम्म ओझेलमा परेको बाजुराको बडिमालीका नगरपालिका स्थित पोरखे गढी पर्यटकीय गन्तव्य बन्ने सम्भावना रहेको छ । पोरखे गढीमा सडकको पहुँच पुग्न थाले पछी अहिले यस क्षेत्र आन्तरिक पर्यटकको आकर्षकको केन्द्र बन्न पुगेको छ । प्राकृतिक सुन्दरताले भरिएको, हरियो जंगल आसपास रहेको, बाजुराकै अग्लो त्रिशूल रहेको यस क्षेत्रलाई हाल पोरखे लेख नामले समेत चिनिने गर्दछ । ऐतिहासिक गढीका रुपमा रहेको यस क्षेत्रमा बाजुराकै अग्लो कालाजग्रासन्तोषी माता, चडिदह, मालिका मन्दिर, रहेका छन । कालाजग्रा मन्दिर लगायतका धार्मिक स्थलसमेत रहेकाले यो क्षेत्र धार्मिक तथा पर्यटकीय गन्तव्यस्थल समेत बन्दै गएको स्थानीय गोरख धामीले बताए ।
आन्तरिक र बाहृय पर्यटकीय गन्तव्य बनेपछि यस क्षेत्रका आसपास बडिमालीका को ढम्कने, पाण्डुसैन गाबिसको काधं लगाएत विभिन्न ठाउँमा व्यवसाय फस्टाउने गरेको अनुमान गरीएको छ । सयौं बर्ष अघिसम्म सुनसान यस क्षेत्रमा पर्यटकको आगमन बढेपछि विभिन्न पसल, व्यवसाय सञ्चालन तथा होटल र लजपनि खुल्न सक्ने भएको स्थानिय बासी बताउछन । विशेषगरी शान्त एवम् मनोरम वातावरण, उपत्यकाजस्तो र घाँसे मैदान, बिभिन्न ताल तलैयाहरुको मनोरम दृश्यावलोकन गर्न सकिने डाँडा, धार्मिक तथा ऐतिहासिक सम्पदा र पैदल यात्रिका लागि पनी सहज र सजिलो भएको र सदरमुकाम हदै बाजुराको प्रमुख ब्यापारी केन्द्र तथा एयरपोट बजार कोल्टी र कणाली कालीकोट, मुगुको रारा, हुम्ला जुम्लाको ब्यापारीक बाटोको रुपमा चिनीने सो ठाउँ जाने पदमार्ग सेती कर्णाली राजमार्गसमेतले चिनिने भएकाले यस क्षेत्र पर्यटकका लागि आकर्षकको स्थल बन्दै गएको स्थानीय टेक बहादुर सिहंले बताए ।
यस क्षेत्रमा पिकनिक र चलचित्रको छायाङकनका लागिसमेत यो क्षेत्र गन्तव्य बन्ने बाजुराका नागरीक अगुवाहरुले बताउन थालेका छन । जिल्ला विकास समिति, गाविस तथा नगरपालिका कार्यालय र सरकारले विकासका लागि चासो दिनसके जिल्लाकै विकट मानिएको यस क्षेत्रको मुहार फेरिने स्थानीय बताउँछन् ।
विशाल फाँट (पाटन) को छेउछाउमा मिलाएर रोपिएका जस्ता देखिन रुखहरु । छिनछिन मौसम परिवर्तन भइरहने कहिले पानी पर्ने, कहिले बादल देखापर्ने कहिले घाम लाग्ने । अझ पुसदेखि फागुनसम्म सेताम्य भएर हिउँले ढाकिने फाँट, अनी फाँटको छेउमा मिलाएर रोपिएका जस्ता देखिने बुट्टाहरु देखिने हिउँको दृश्य हो पोरखे गडी आसपासका क्षेत्रहरु त्यस ठाउँलाई बाजुराको सबैभन्दा ठुलो बुढीगंगा नदिको उद्यगम स्थानले पनी चिनिन्छ ।
पोरखे क्षेत्र जति राम्रो छ, त्यहाँ पुग्नका लागि गाह्रो भने छैन । बझाङ, बाजुरा, डोटी र अछामको संगमस्थल पोरखे गढी क्षेत्रको प्रमुख स्थान बाजुराको धरोहर बुढिनन्दा मन्दिर हो ।
के–के देखिन्छन पोरखे गढीबाट ?
बुढिनन्दा ताल तथा मन्दिर, सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक एवं पर्यटकीय स्थल बडि मालिका मन्दिर, कालाजग्रा गुफाताल लगायत यी धार्मिक स्थलले मात्र पोरखे गढी क्षेत्र प्रख्यात नभएर यस क्षेत्रमा ठूला साना गरी दर्जन भन्दा बढि फाँटहरु पनि यहाँको प्रमुख आकर्षण हुन् एैतिहासीक दरवार पोरखी गढी हालसम्म अबषेस रहेको देख्न पाईन्छ साथै ति पाटनका घासे मैदान नेपालको तराईका भन्दा बढी फाँट भएको सो क्षेत्रलाई देख्न सकिन्छ । यतिबेला पोरखे आसपासका फाँटको हिउँ पग्लिसकेका कारण विस्तारै पोरखेका फाँटहरु हरिया बन्ने प्रयासमा रहेका छन् भने फूलका मुना पलाउन थालेका छन् ।
पोरखेको फाँट
यस क्षेत्रमा ४ रैथाने सहित १ सय ३५ किसिमका फूल फुल्ने गर्दछन् । त्यसकारण पनि यो क्षेत्र प्राकृतिक इतिहासको संग्राहालय र जीवित बगैंचा भएको मार्तडी १ का स्थानियबासी दल बहादुर रोकाया बताउँछन् । नेपालमा पाइने ७ सय मुख्य जडिबुटीमध्ये २ सय २४ प्रजातिका जडिबुटी यसै क्षेत्रमा पाइन्छ । प्रकृतिको यो अनौंठो संग्राहालयमा ५ सय ६७ प्रजातिका वनस्पति र विभिन्न २ सय जातका चराचुरुंगी छन् ।
खस्रे भ्यागुता र बझांगे पाहा गरी दुई प्रजातिका रैथाने उभयचर एवं बाघबुट्टे निगालो पाइने यो नेपालको एक मात्र खप्तड राष्ट्रिय निकुञ्ज पछीको दोस्रो प्रकृतीक क्षेत्र हो । विश्वकै दुर्लभ जातिको हरियो छेपारो पाइने यहाँ एक दर्जन बढि फाँट र २२ पाखाहरु छन् । यस क्षेत्रमा समुद्र सतहबाट ३२ सयदेखि ३५सय मिटरसम्मको उचाईमा रहेको छ । यो क्षेत्र नेपालमैै अति दुर्लभ थलथले घासे मैदानयुक्त जमीन पनि हो ।
कसरी पुग्ने पोरखे ?
पोरखे क्षेत्र पुग्दा एउटै बाटो रहेको छ । यस क्षेत्र पुग्नका लागि काठमाण्डौबाट सीधै हवाइ मार्ग हुँदै बाजुराको धावनमार्ग अर्थात कोल्टी एयरपोट पुग्न सकिन्छ अथवा बसको २४ घण्टे लामो बसको यात्रा पश्चात पुगिन्छ बाजुरा सदरमुकाम मार्तडीमा । धनगढीदेखि बाजुरासम्म अथवा सो क्षेत्र पुग्न ११ घण्टाको बसयात्रा पश्चात सुरु हुन्छ पैदल यात्रा । अहिले पोरखेसम्म जीप / र ट्याक्टर चल्ने भएकाले केहि भए पनि यातायातको सुविधा पनि पुगेको ठानिन्छ ।
हवाई यात्र गरेमा एयरपोटदेखी २ घण्टाकोे पैदल यात्रापछी यात्रा समाप्त हुन्छ । दोस्रो दिनको यात्राको सुरुवात नै पोरखे गढीबाट बाया प्रवेशसँगै कालाजग्रा यात्रा सुरु हुने गर्दछ कालाजग्रा गुपाताल र सो चुचुरोबाट बाजुरा बझाङ, अछाम, डोटी र कर्णाली अञ्चलका हुम्ला, मुगु, कालिकोट, जुम्ला र छिमेकी विशाल देश चिनमा अवस्तीत मानासरोबर, मुगुको रारा बझङको सैपाल हिमाल, बाजुराका उच्च स्थानमा रहेको बुढीनन्दा ताल, र बडिमालिकाका दृश्यवलकन गर्न सकिन्छ । पोरखे गढी दाँया बाटोको यात्रा सुरु गर्ने हो भने प्रवेशसँगै यात्राको सबैभन्दा अप्ठ्यारो तथा निकै ठाडो उकालो पश्चात केही समयसम्म यात्रा पश्चात मनमहोक फाट, घासेमैदान र बिभिन्न तालहरुको अवलोकन गर्न सकिन्छ ।
बस यात्रामा हो भने मार्तडीको ढम्कने र हवाई यात्रा हो भने पाण्डुसैनको अँगाउपानी तथा पोरेखे काँधमा खाना खाएर यात्रा सुरुवात गरेपछि बाटो त्यति अप्ठ्यारो नभए पनि ठूला ठूला चट्टान र घना जंगल र बाटोमा फुलेका रंगीचंगी फूलहरुको आनन्दले बाटोको थकान मेटिदिन्छ र यात्रा पश्चात बिहानै खाना खाएको ठाउँमा साँझ फर्कन पनी सकिन्छ । यो क्षेत्र पर्यटकीय हिसावले मात्र होइन, अध्ययन र ध्यानका लागि पनि निकै उपयुक्तस्थल रहेछ ।’ यहाँका ल्याण्डस्केप आफैमा महत्वपूर्ण भए पनि यहाँको मौसमको बदलिने स्वरुप नै महत्वपूर्ण भएको केही अगुवाहरु बताउँछन ।
यहाँका स्थानिय बासी भन्छन पर्यटकीय विकासको सम्भावना भएर पनि यसको उचित सदुपयोग हुन नसक्दा जति स्थानीय समुदायले लाभ लिनुपर्ने हो, त्यति लिन सकेको देखिएन’ प्राकृतिक श्रोेतले धनी भएर पनि यहाू पर्यटक पुग्न नसक्दा जति बाजुराका पर्यटकिय क्षेत्र आसपासका बासिन्दाले लाभ लिनुपर्ने हो, त्यति लिन नसकेको अवस्थामा पर्यटन विकासमा समाजले केही पहल गरेको बताउँदै कालाजग्रा संरक्षण समितिका अध्यक्ष रामबहादुर धामी भन्छन्– ‘अझ यसलाई ब्यापक बनाउनका लागि सबैको सहयोग आवश्यक छ ।’
कालाजग्रा संरक्षण समितिका अध्यक्ष राम बहादुर धामी भन्छन पोरखे क्षेत्रमा पर्यटक लानका लागि राज्यले त्यहाँ पर्यटकका लागि आधारभूत आवश्यकताका लागि पहल गरेमा पर्यटकको आगमनमा बृद्धी हुने दाबीसमेत गर्दछन् । बाजुराका बिभिन्न धार्मीक तथा पर्यटकीय क्षेत्र मध्य एक आकर्षक बिन्दुको रुपमा पोरखे गढी चिनिन्छ । यस क्षेत्रको पर्यटन प्रबद्धनका लागी लाग्ने हो भने बाजुरा कहिलै पनी गरीबिको रेखामुनी नहरने प्रमुख जिल्ला अधिकारी धुर्बराज जोशी बताउनु हुन्छ जिल्लाकै एक मात्र सरल सजिलो यात्रा अनी मनमहोक आर्कषकको बिन्दु पोरखे लेख र अनी गढीले बाजुरालाई हालसम्म चिनाउन सकेको छ ।
सदरमुकाम मार्तडी बाजुराकै पाण्डुसैन गाबिसको सिमा क्षेत्र पनी हो । बाईसे र चौबिसे राज्य भएको बेला राजाले बनाएको दरवार पोरखे गढी हालसम्म त्यँहा देख्न पाईन्छ । गन्तब्य हेर्ने हो भने बाजुरा बाहेक पूर्ब मेची देखी पश्चिम महाकाली सम्मको राजमार्गको रुपा चिनिने गर्दछ हाल जिल्ला बन कार्यलय बाजुरा र सो क्षेत्र भित्रका सामुदायीक बन समुहहरुले संरक्षण क्षेत्रको रुपमा घोषण गरेको छ । त्यहा बिभिन्न प्रजातीका बन्यजन्तु पशु तथा चराचुरङी दिउँसोमा पनी देख्न पाईन्छ ।
घनश्याम पाण्डेय , पोखरा ५ बैशाख । लेखनाथ नगरापलिका वडा नम्बर २ ,३ र ६ ले आर्थिक अबस्था कमजोर रहेका जेष्ठ आमाहरुलाई दोसल्ला र नगदसहित सम्मान गरेको छ । आमा औशीको अवसर पारेर वडाले तीन वटा वडाका जेष्ठ महिलाहरु मध्य ६ जना लाई सम्मान गरेको हो ।
सम्मानित हुनेमा वडा नम्बर २ बाट पवित्रकुमारी कुमाल, तुलसी भण्डारी ,वडा नम्बर ३ का शिबकुमारी घर्ती क्षेत्री ,सन्तुमाया विक, वडा नम्बर ६ बाट उजेली विक र सोममाया विक रहनु भएको छ । सम्मानित आमाहरुलाई लेखनाथ नगरपालिकाका निमत्त प्रमुख रविचन्द्र घिमिरे ,सामुदायिक विकास शाखा प्रमुख मिना भट्टराई भण्डारीले र वडा सचिव लीलामणि भण्डारीले संयुक्तरुपमा दोसल्लाह ,नगद सहित सम्मान गर्नु भएको थियो ।
नारि दिवसको दिनमा गर्ने भनिएको सम्मानलाई आमा औशीको पूर्वसन्ध्यामा सम्मान गरिएको लेखानाथ अर्घो सेवा केन्द्रका सचिव लीलामणि भण्डारीले बताउनुभयो । भण्डारीले बजेट कम भएकोले धेरै आमाहरुलाई सम्मान गर्न नसकीएको बताउदै ६ जना जेष्ठ आमाहरुलाई दोसल्ला र पाँच पाँच सय नगदले सम्मान गरिएको जानकारी दिनुभयो ।













.jpg)