गर्मी भन्नासाथ सबैलाई ओहो अब के गर्ने ? यस्तो घाम छ, स्कीन बिग्रने हो कि ? यो शब्दहरू प्रायः तपाइँं हामीले सुनिरहेकै हो तर गर्मी समयमा पनि हामीले हाम्रो आˆनो स्वास्थ्यको उचित हेरचाह गरेमा धेरै समस्याबाट छुटकारा पाउने छौँ । गर्मी समयमा छाला सुख्खा हुनेहुँदा छाला चाउरिने सम्भावना धेरै हुन्छ ।
त्यसैले हामीले हाम्रो खानामा विशेष ध्यान पुर्याउनु अनिवार्य हुन्छ । चियाको सट्टा कागती पानी, जुस बढी मात्रामा पिउने, खानामा कैल्सियम प्रोटिन, विटामीन्स कार्बोहाइट, मिनरल्स भएको खाना खाने र सँगै पानी, जुस, दही, दूध, फलफूलको प्रशस्त सेवनले शरीरलाई स्वःफूर्तता प्रदान गर्दछ । हामीले प्रत्येक बिहान गर्ने व्यायाम र योगले पनि दिनभरि तनावमुक्त बनाउँछ । सौन्दर्य सामग्रीले मात्र मान्छेलाई सुन्दर देखाउँदैन, हामीले प्रत्येक दिन खानपानमा कमी भयो भने अनुहारमा धेरै प्रकारका दागहरू देखिन थाल्छ त्यसैले भिटामिन भएको खाना अनिवार्य खानु पनि सुन्दर स्वास्थ्यको लागि राम्रो उपाय हो ।
गर्मी समयमा बढी चिल्लो निस्कने अनुहार जति मेक अप गरे पनि चिल्लो नै देखिने, ब्ल्याक हेड्सहरू धेरै आउने समस्यालाई अनुहारमा तेल निस्कने ग्रन्थीहरूलाई कम गर्ने उपायहरू गर्नुपर्छ । जस्तो सधैँ क्लिीनजिङ गर्ने एसटि्रजेट लोसन प्रयोग गर्ने । कागती, गोलभेडा, काँक्रोको रस मिसाएर सधैँ लगाउने र २० मिनेट राखी पखाल्ने यस्तो नियमितताले छालाबाट तेल निस्कन धेरै हदसम्म कम गर्दछ । मुसुरोको दाल रातभरि भिजाएर पिस्ने र काँचो दूधमा कागतीको रस केही थोपा राखी प्याक लगाउने र २० मिनेट जति राखी चिसो पानीले पखाल्ने यसले पनि चिल्लो छालालाई धेरै हदसम्म फाइदा गर्दछ । चिल्लो छालालाई सफा गरिरहनु एकदमै जरुरी छ किनकि रोमछिद्र बन्द हुनुको कारण नै चिल्लो पना बढी हुनु हो । यदि अनुहारमा ब्ल्याक हेड्सको समस्या छ भने हाइड्राक्सी एसिड भएको उत्पादनहरू प्रयोग गर्नुहोस् । चिल्लो खाना माछा, मासु, मिठाइ धेरै नखाने ।
कस्मेटीक प्रयोग गर्दा ओएल प|mी लेखिएका उत्पादन मात्र प्रयोग गर्ने । सूर्यको अल्ट्रावायलेट किरणले छालामा हानी कारक हुने हुनाले छालामा ओएल प|mी लेखिएको सनस्क्रीन प्रयोग गर्ने । लुज पाउडरको प्रयोग गर्ने, वाटर प्रुफ गाजल, मस्कराको प्रयोग गर्ने । मेकअप गर्नु अगाडि आइसको टुक्राले मुख सफा गरी मेकअप गर्नाले अनुहारमा मेकअप धेरै बेरसम्म रहिरहन्छ । सुख्खा छाला पनि हेर्दा नराम्रो, फुस्रो देखिने हुनाले र चाँडै चाउरिने हुनाले यस्तो छालालाई मस्चराइजरको धेरै प्रयोग गर्नुपर्दछ । बदामयुक्त क्रिमहरूको बढी प्रयोग गर्ने एलोभेरा -घ्यू कुमारी) लाई पिसेर अनुहारमा १५-२० मिनेट राखी सफा पानीले अनुहार सफा गर्ने । मेवालाई पिसेर त्यसमा एक चम्चा मह मिसाएर हप्ताको दुईपटक प्याक लगाउनाले अनुहारको चाउरीपन हट्नुको साथै अनुहारमा भएका दागहरू पनि हट्दै जान्छ । काँक्रोलाई पिसेर त्यसको प्याक २० मिनेट राखी पखाल्ने हो भने यसले अनुहारमा चमक ल्याउन धेरै सहयोग गर्दछ । केराको प्याकमा दही मिसाई हल्का मसाज गरी २० मिनेट छोडी दिनुहोस् र सफा पानीले धुनुहोस् यसो गर्दा पनि अनुहार चम्किलो हुने गर्दछ ।
मुलतानी मिट्टीमा दही मिसाएर हप्ताको एकचोटी लगाउनाले पातलो छालालाई धेरै सहयोग गर्दछ । सधैँ दूधको तरले अनुहार सफा गर्नुहोस् तर सुख्खा छालालाई मात्र एक चम्चा तर एक चम्चा मह मिसाई हप्ताको दुई पटक प्याक लगाउनले अनुहारमा चमक ल्याउन र चाउरीपन हुनबाट बचाउँछ । तपाइँको अनुहार साह्रै नै सुख्खा छ भने तपाइँं घरमै पनि मस्चराइजर बनाउन सक्नुहुनेछ । एक कप दूधमा चार-पाँचवटा स्टबेरीको रस र एक चम्चा ग्लिसरिन पि|mजभित्र सभा भाडामा राखी राति सुत्ने बेला उक्त लेप अनुहारमा लगाई बिहान सफा पानीले धोएपछि यसले राम्रो मस्चराइजरको काम गर्दछ । गर्मीयाममा खरबुजाको पेस्ट बनाई लगाउनाले पनि अनुहारमा शितलताको अनुभव दिन्छ । यदि घामले तपाइँको अनुहार साह्रै डढेको छ भने एकचम्चा श्रीखण्ड वा चन्दन पाउडरमा रोजवाटर मिसाएर पहिला अनुहारमा स्क्रब गरी उक्त प्याक दिनको एकपटक लगाउनाले पनि अनुहारलाई डढ्नबाट बचाउँछ ।
आˆनो छालाको प्रकारअनुसार हप्ताको एकपटक प्याक लगाउने १५ दिनको एकपटक डिप क्लिीनजिङ गराउने र दक्ष ब्युटीसियनद्वारा महिनाको एकपटक फेसियल गराउने राम्रो ब्रान्डेड कम्पनीका राम्रा उत्पादनहरूको प्रयोग गर्ने, दिनहुँ धेरै मेकअप नगर्ने, सधैँ क्लिीनजिङ, टोनर, नाइट क्रिम, सनस्त्रिmन प्रयोग गर्ने, उचित आहार व्यायाम, तनावमुक्त जीवन सँगै सधैँ खुशी रहनु, प्रशस्त पानी, फलफूलको बढी सेवन र सहयोगको भावना राख्नु, रिस, डाह, ईष्र्या, घमण्ड भएन भने पनि तपाइँको सौन्दर्यमा आँच आउन गाह्रै पर्ला ।
पिसाब पोल्ने समस्या धेरैलाई हुन्छ र यसलाई मानिसहरुले सामान्य रुपमा लिएर नजरअन्दाज समेत गर्ने गरेको पाइन्छ । प्राय जसो गर्मी महिनामा बढि यो समस्या देखिने गरेको पाईन्छ ।
किनकी गर्मीमा शरीरलाई आवश्यक पानीको मात्रा पुगेन भने यो समस्याले सताउने गर्छ। कहिलेकाहीँ यो समस्या केही समयका लागि मात्र रहन्छ भने कहिलेकाही महिनौँ सम्म रहन्छ । यो समस्या महिला र पुरुष दुबैमा उत्तिकै मात्रामा पाइन्छ ।
पिसाब पोल्नुका कारण विभिन्न हुनसक्छन्, जस्तैः मुत्रनलीको संक्रमण, मृगौलामा पत्थरी, सरीरमा पानीको कमी आदि ।
पिसाब पोल्नुका विभिन्न कारण हुने भएपनि कतिपय मानिसलाई यस्ता कारणबारे पत्तो नै हुँदैन । कलेजोमा समस्या, अल्सर, प्रेग्नेन्सीको समयमा स्नायु तथा ढाडको हड्डी क्षतिग्रस्त हुनु, शुक्राणु तथा विर्यकोषको संक्रमण, यौनरोग, प्रोस्टेट ग्रन्थी बढ्नु, मधुमेह, कुपोषण तथा मूत्रनली खुम्चिनु लगायतका कारणले समेत पिसाब पोल्नसक्छ ।
-पिसाब पोल्नुका कारणहरु सामान्य देखि निकै जटिल समेत हुने भएकाले यसको गाम्भीयर्ता हेरिकन समाधानका उपायतर्फ लाग्नुपर्छ । पिसाब पोल्ने समस्याको केही सामान्य घरेलु समाधानका उपायहरु हामी यहाँ उल्लेख गर्छौैँस्
-प्रसस्त मात्रामा पानी पिउनुहोस् । पानी कम भयो भने पिसाब पहेँलो रंगको बन्न थाल्छ । दिनमा कम्तीमा २९३ लिटर पानी पिउनु आवश्यक छ । सरीरमा पानीको मात्रा कम भयो भने पिसाबमा लवणको मात्रा बढि हुने, यसको गन्ध पनि उच्च हुने र रंग पनि पहेँलो हुने हुँदा यसले पिसाब नलीमा जलन पैदा गर्छ र मूत्रनलीको संक्रमणको खतरा पनि हुन्छ ।
-अमिलो फलहरु, जस्तै कागती, मौसम, सुन्तला जस्ता फलफूल खानुहोस् । यी फलमा साइट्रस एडिस हुन्छ जसले मूत्र संक्रमण गराउने जिवाणु नष्ट गर्छ । अमलाको रस पिउँदा पनि पिसाब पोल्ने समस्या कम हुन्छ ।
-नरिवलको पानी पिउँदा पनि सरीरमा पानीको कमी हुने तथा पिसाब पोल्ने समस्या कम हुन्छ ।
(योनी सुख्खा हुने समस्या भएका महिलाहरुलाई सम्भोगका बेला हुने अधिक घश्रणका कारणले पनि पिसाब पोल्ने समस्या पैदा हुनसक्छ । त्यसैले यस्तो समस्या भएकाहरुले सम्भोगका बेला लुब्रिकेन्टको प्रयोग गर्नु लाभदायक हुन्छ ।
-यौनांगको सरसफाइमा विशेष ध्यान दिनुपर्छ । यौनांगको संक्रमणलाई रोक्नको लागि महिनावारी हुँदा महिलाले विशेष ध्यान दिनुपर्छ ।
-मृगौलाको पत्थरी हुँदा पनि पिसाबमा जलन हुने भएकाले पत्थरी कम गर्न प्रसस्त पानीका साथै नरिवलको पानी पिउनु समेत लाभदायी हुन्छ ।
एजेन्सी, जन्मदिन अनुसार पनि मान्छेको स्वभाव र भाग्य निर्धारण हुने ज्योतिष शास्त्रको दावी छ । आइतबारको दिन सूर्यको हो भने सोमवारको मुख्य ग्रह चन्द्र हो । मंगलवार मंगलको प्रभाव हुन्छ भने बुधवार बुधको ।
विहीबार वृहस्पति र शुक्रवार शुक्रको प्रभाव सबै भन्दा बढी हुन्छ । शनिवारको कारक ग्रह शनि मानिन्छ । त्यसैले कस्तो हुन्छ कुन बार जन्मिनको मान्छेको स्वभाव र भाग्य थाहा पाउनुस् ।
आइतबार
पुरुष: आइतबार जन्मिने मानिस भाग्यशाली हुन्छन् । उनीहरुको आयु पनि लामो हुन्छ । यस्ता ब्यक्ति कम बोल्ने र कला र शिक्षामा अगाडी हुन्छन् । यो बार जन्मिने ब्यक्तिमा धार्मिक आस्था पनि हुन्छ र घर परिवारका सदस्यलाई खुसी राख्न अधिक प्रयास गर्छन् । तर यिनीहरुलाई २० देखि २२ वर्ष सम्म दुःख हुन्छ ।
स्त्री: आइतबार जन्मिने स्त्री दान-पुण्य गर्ने र बलशाली एवं चतुर हुन्छन् ।
सोमबार
पुरुष: सोमबार जन्मिने ब्यक्तिको बोली मिठो हुन्छ । यस्ता ब्यक्तिको जीवनमा सुख दुख बराबर जस्तै हुन्छ किन भने उनीहरुलाई दुःख सुख उस्तै उस्तै लाग्छ । सोमबार जन्मिने ब्यकेति विद्वान, कला कुशल र बहादुर पनि हुन्छन् । सोमबार जन्मिने ब्यक्तिलाई श्वास प्रश्वासको रोग हुन सक्छ यस्ता ब्यक्तिलाई ९, १२, २७ वर्षमा कष्ट हुन्छ ।
स्त्री: सोमबार जन्म भएका महिला सुन्दर हुन्छन् । यस्ता महिलामा मिठो बोली र शान्ति प्रिय र पुत्रवति हुन्छन् ।
मंगलबार
पुरुष: मंगलबार जन्म हुने ब्यक्ति सामान्यतया धनी हुन्छन् । यस्ता ब्यक्तिको स्वभाव उग्र हुन्छ । यसै कारण उनीहरुसँग मानिसहरु वेखुसी हुन्छन् । यिनीहरुलाई छाला सम्बन्धी रोग हुन सक्छ । दुख र सुख आउने जाने भैरहन्छ ।
स्त्री: ज्योतिषका अनुसार मंगलवार जन्म भएका स्त्री कठोर हृदयका हुन्छन् यस्ता स्त्रीमा दया माया कम हुन्छ । यस्ता स्त्री दुब्ला पातला र झगडालु समेत हुन्छन् ।
बुधबार
पुरुष: बुधबार जन्मिने ब्यक्ति धर्मकर्ममा मन भएका हुन्छन् । यिनीहरुको बोलीमा मिठास हुन्छन् । यिनीहरुको ८ र २२ वर्षको उमेरमा कष्ट पाउने योग हुन्छ ।
स्त्री: बुधाबार जन्मिने स्त्री कुनै विशेष क्षेत्रमा रुचि राख्ने र विशेषज्ञता हासिल गर्ने हुन्छतन् । सरस्वतीको विशेष कृपा हुने हुँदा यिनीहरु सुन्दर र शुसील पनि हुन्छन् ।
विहीबार
पुरुष: विहीबार जन्मिने पुरुष विद्वान र पराक्रमी हुन्छन् । यिनीहरुले जीवनमा धेरै उतार चढाव र समस्या झेल्नु पर्ने हुन्छ । तर पनि साहसी हुन्छन् । यिनीहरुसँग संगत हुनेहरु खुसी हुन्छन् । विहीबार जन्मिनेहरुलाई ७, १२, १३, १६ र ३० वर्षमा संकट पर्छ ।
स्त्री: जुन स्त्रीको विहीबार जन्म हुन्छ त्यस्ता महिला उच्च शिक्षा हासिल गर्ने र सर्वगुणी हुन्छन् ।
शुक्रबार
पुरुष: शुक्रबार जन्मिने ब्यक्ति हँसिलो स्वभावका हुन्छन् । बुद्दीमान र मृदुभाषी यिनीहरुको स्वभाव हो । यिनीहरु सहनशिल पनि हुन्छन् । यिनीहरु शौखिन हुन्छन् र २० र २४ वर्षको उमेरमा कष्ट हुन्छ ।
स्त्री: कुनै पनि स्त्री शुक्रबार जन्मेकी छे भने उसको श्वभाव चंचल हुन्छ । यस्ता स्त्री मस्ती मजाक गर्छन् । परिवार र समाजमा विशेष इज्जत हुन्छ । केही काला रंगका भएपनि सुन्दर हुन्छन् ।
शनिबार
पुरुष: जुन ब्यक्तिको जन्म शनिबार हुन्छ उनीहरु कृषि ब्यावार वा प्रविधीको क्षेत्रमा रुची राख्छन् । यिनीहरुका लागि बाल्यकाल कष्टपूर्ण हुन सक्छ । भाइ बहिनी वा दाइ दिदीबठ्ठ सन्तुष्टी मिल्दैन । यिनीहरुलाई २० र २५ वा ४५ वर्षमा कष्ट हुन्छ ।
स्त्री: शनिबार जन्मिने स्त्री दुबली पातली हुन्छन् तर अग्ला । सामान्यतया यस्ता स्त्री कालो वर्णका हुन्छन । यस्ता महिला अरुका कुरा काट्ने पनि हुन् सक्छन् ।
स्तन साना भएकाहरुले सिलिकन राखेर ठूलो बनाउन सकिने उल्लेख गरिएका विज्ञापन पत्रपत्रिकामा पढ्न तथा रेडियोमा सुन्न पाइन्छ । स्तनमा सिलिकन राख्ने भनेको के हो ? कुन उमेरका महिलाले स्तनमा सिलिकन राख्न सक्छन् ? यो राखेपछि स्तन क्यान्सरको जोखिम हुन्छ कि हुँदैन ? बच्चालाई स्तनपान गराउन मिल्छ कि मिल्दैन ? सिलिकन राखेपछि के–के समस्या आउन सक्छन् ?
स्तनलाई महिलाको सुन्दरतासँग जोडेर हेरिने भएकाले यसको साइजलाई लिएर महिलाहरू चिन्तित हुने गरेको पाइन्छ । स्तनको साइज यति नै राम्रो हो भन्ने मानक हुँदैन । विभिन्न देश र फरक–फरक सामाजिक परिवेशअनुसार कतै ठूला स्तन भएका महिलालाई आकर्षक मानिन्छ त कतै साना स्तन भएका महिलालाई सेक्सी मानिन्छ ।
स्तनभित्र सिलिकन राखेर यसको साइज ठूलो देखाउने विधिलाई ‘ब्रेस्ट इम्प्लान्ट’ भनिन्छ । यो बिलकुलै कस्मेटिक कुरा हो । यसले बिग्रेको स्तनको साइजलाई सुन्दर देखाउन मद्दत गर्छ । संसारमा बे्रस्ट इम्प्लान्ट सुरु भएको लामो समय भए पनि नेपालमा एक दशकअघिदेखि ब्रेस्ट इम्प्लान्ट गर्ने सर्जरी हुन थालेको हो । सिलिकन मानिसको शरीरभित्र ‘एड्जस्ट’ भएर बस्ने र कुनै पनि हानी नगर्ने विशेष प्रकारको रबर हो । यो राख्ने साह्रै कमलाई मात्र यसको एलर्जी हुने गर्छ ।
ब्रेस्ट इम्प्लान्ट प्लास्टिक सर्जनले गर्छन् । ब्रेस्ट इम्प्लान्ट गर्दा बेहोस गरेर, स्तनको मुनिपट्टि पाँचदेखि छ सेन्टिमिटरको घाउ पारेर सिलिकन राख्ने गरिन्छ । जसले गर्दा काटेको घाउमा सानो दाग बस्छ । स्तन झुण्डिँदा छोपिने भएकाले यो दाग सजिलै देखिँदैन ।
स्तनको आकारलाई कत्रो बनाउन चाहेको हो, त्यही साइजको सिलिकन स्तनभित्र राख्नुपर्ने हुन्छ । सय सीसीदेखि सुरु हुने सिलिकनको साइज ४ सय ५० सीसी वा त्योभन्दा माथि पनि हुनसक्छ । ४ सय ५० सीसी भनेको निकै ठूलो साइज हो । यो पोर्न फिल्ममा काम गर्ने कलाकारले मात्रै प्रयोग गर्छन् । नेपालमा सयदेखि २ सय ५० सीसी सम्मका सिलिकन स्तनभित्र राखेर साइज बढाउने गरिएको छ ।
१८ वर्ष उमेर पुगेका किशोरीदेखि ४५ वर्ष उमेरसम्मका महिलाले ब्रेस्ट इम्प्लान्ट गर्न सक्छन् । ब्रेस्ट इम्प्लान्ट गरेपछि छ महिनासम्म धेरै शारीरिक अभ्यास, खेलकुद तथा डान्स गर्नु हुँदैन । उमेर ५० वर्ष पुगेपछि भने शरीरमा हुने परिवर्तनसँगै स्तनको छाला पनि चाउरिने तथा स्तन झोलिने कारणले गर्दा इम्प्लान्ट गरिएको सिलिकन निकाल्नुपर्ने हुन सक्छ ।
इम्प्लान्ट गरिएको सिलिकन स्तनको तल्लो भागमा रहन्छ । स्तनको माथिल्लो भागमा बोसो, त्यसपछि मांसपेशी र त्यसभन्दा मुनि इम्प्लान्ट गरिएको सिलिकन बस्छ । इम्प्लान्ट गरिएको स्तनलाई पुरुषले सुमसुुम्याउँदा यौन उत्तेजना पहिलाजत्तिकै आउने र यसले दूध उत्पादनमा केही असर गर्दैन । बच्चालाई मज्जाले स्तनपान गराउन सकिन्छ । इम्प्लान्ट गरिएको सिलिकनले प्राकृतिक स्तनमा भएको मांसपेशी तथा बोसोलाई तलबाट धकेलेर पर्फेक्ट साइजमा देखाइदिने काम गर्छ ।
ब्रेस्ट इम्प्लान्ट गर्ने अपरेसन निकै होशियारीपूर्वक गर्नुपर्छ । यो कालिगढले मूर्ति बनाउँदा ध्यान दिएजस्तै हो । इम्प्लान्ट गर्दा सिलिकन डल्लो प¥यो वा राखेको मिलेन भने यसले समस्या निम्त्याउन सक्छ । इम्प्लान्ट गर्दा चिरेको घाउ पाक्न थाल्यो भने तुरुन्त सिलिकन निकाल्नुपर्ने हुन्छ । एक पटक राखेर निकालिसकेको सिलिकन पुनः प्रयोग गर्न मिल्दैन । कहिलेकाहीँ शरीरले राखेको सिलिकनलाई रिजेक्ट गर्न सक्छ । यस्तो अवस्थामा सिलिकन बसेको वरिपरिको भागको मांसपेशी कडा हुन्छ । यस्तो अवस्थामा सिलिकन निकाल्नुपर्ने हुन्छ । सिलिकन राखेकै कारण स्तन क्यान्सर भएको उदाहरण अहिलेसम्म पाइएको छैन । स्तन क्यान्सर स्तनमा सिलिकन राखेका वा नराखेका दुवै थरी महिलालाई हुने गरेको छ । तर, सिलिकन राखेकै कारण स्तन क्यान्सर भएको वैज्ञानिक अनुसन्धानबाट पुष्टि हुन सकेको छैन ।
युरोप, अमेरिका र भारतमा स्तनमा सिलिकन भर्ने अपरेसन नेपालको तुलनामा निकै महँगो छ । एक पिस सिलिकनको नेपालमा ७० हजार रुपैयाँ पर्छ । नेपालमा दुई लाखमा हुने अपरेसनमा विदेशमा कम्तीमा पाँच लाख रुपैयाँसम्म खर्च हुन्छ ।
डा. जसवन शाक्य । मेडिकल डाइरेक्टर, सुषमा कोइराला मेमोरियल अस्पताल(स्वास्थ्य खबर पत्रिका बाट )
जुम्ला, ८ बैशाख । जाजरकोट जिल्लामा फैलिएको स्वाइनफ्लुको प्रभाव जुम्लामा अहिले सम्म नपरेको क्षेत्रिय स्वास्थय निर्देशक डाक्टर राजेन्द्र पन्तले बताएका छन् ।
प्रभाव नपरोस् भन्ने उदेश्यले जाजरकोटसँग सीमाना जोडिएका गाविसका नाकाहरुमा स्वास्थ्यकर्मी समेत परिचालन गरिएको उनले जानकारी दिए ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा आएका विरामीहरु मौसमी रुघाखोकीको भएको हुनाले यसबाट नआतिन पनि प्रतिष्ठानका डाक्टर निरेश थापाले आग्रह गरे । समस्या आईहालेमा औषधी परिक्षण किट पनि आई सकेको जानकारी दिदै डा थापाले समस्या नहुने दावी गरे ।
जिल्लाको ताम्ती, गोठिचौर, हाकु र मालिकाठाटा गाविसमा औषधीसहित स्वास्थ्यकर्मी परिचालन गरिएको जिल्ला जनस्वासथ्य कार्याले जनाएको छ ।
रमेश रावल, कालीकोट ८ वैशाख । जाजरकोटमा स्वाइन फ्लु नियन्त्रणमा आउन नसकिरहेको बेला कालीकोटको दुर्गम मेहलमुडी गाविसमा पनि चार दर्जन बढी विरामी भएका छन् । मेहलमुडी गाविसको वडा नम्बर ५ का ५०/६० जना विरामी भएको जिल्ला जनस्वास्थ्य कार्यालयका सिनियर अहेव कटक महतले बताए । विरामी भएकाहरु मौसमी फ्लुका कारण वा स्वाइन फ्लु हो भन्ने थाहा हुन नसकेको जिल्ला जनस्वास्थ्य कालीकोटले जनाएको छ । मेहलमुडी गाविस ५ पगाती र टिकुवा गाउँका बासिन्दा विरामी भएका हुन् ।
स्वाइन फ्लुको विरामी भएको हुन सक्ने भन्दै गाउँलेहरु आतंकित बनेको स्थानीय जनकराज योगीले बताए । गाउँका चार दर्जन बढी एकैपटक विरामी परेपछि जिल्लास्थित स्वास्थ्यकर्मीको टोली मंगलबार नै त्यसतर्फ जाने तयारी गरेको अहेव महतले बताए । विरामी भएकाहरुलाई ज्वरो आउने, रुघाखोकी लाग्ने जस्ता लक्षणहरु देखिएका छन् । विरामी भएकाहरु स्थानीय मेहलमुडी उपस्वास्थ्य चौकीमा आउने क्रम जारी रहेको स्थानीय जनकराज योगीले जानकारी दिए । जिल्ला सदरमुकामबाट मेहलमुडी पुग्न झण्डै एक दिनको पैदल हिड्नु पर्दछ ।
हिउँदेवाली लगाएर रोजगारीको लागि भारत जाने युवाहरु यतिबेला हिउँदे बाली भित्राउन भन्दै गाउँ फर्किने गर्दछन् । भारतबाट फर्किएकाहरुले स्वाइन फ्लु भित्राएको हुन सक्ने आशंका गरिएको छ । त्यस्तै रामनाकोटा गाविसको वडा नम्बर ९ खार्दुमा पनि एकसय जना भन्दा धेरै बिरामी परेका छन् । बिरामीको स्वास्थ्य उपचारका लागि स्वास्थ्यकर्मीको टोलीलाई खार्दु पठाइएको कालिकोटका प्रमुख जिल्ला अधिकारी प्रदीपकुमार श्रेष्ठले जानकारी दिए । स्थानीय शिक्षक तुलाराम कठायतका अनुसार रामनाकोट गाविस वडानम्बर ७ खार्दुगाउँमा एक बालिकाको मृत्यु भएको छ । कृष्णलाल कठायतकी तीन वर्षकी छोरी रिना कठायतको मृत्यु भएको हो । खार्दुगाउँमा एक हप्तादेखि मानिसहरु बिरामी परेका छन् ।
सेक्स गर्ने निश्चित समय छैन । उपयुक्त समय र परिस्थिति अनुसार सेक्स गर्न सकिन्छ । अधिकांशले रातिमा सेक्स गर्छन् । तर, रातिमा भन्दा विहानको समयमा सेक्स गर्दा बढि राम्रो हुन्छ ।
एकाविहानै सेक्स गरे दिनभरी ‘मुड फ्रेस’ हुन्छ । अरु यस्ता कारण पनि छन्, जसले तपाईंलाई विहानकै समयमा सेक्स गर्न उत्साह पैदा गर्न सक्छ । एउटा मात्र होइन, धेरै किसिमका सोध र अनुसन्धानबाट तपाईंलाई स्वस्थ राख्न विहानको समय नै सेक्सको लागि उपयुक्त रहेको पत्ता लागेको छ ।
सबैभन्दा उत्तम समय भनेको विहान साढे ७ बजे हो । स्टमडीको अध्ययन अनुसार यो समयमा शरिरमा सेक्स हार्मोन्सको मात्रा बढि उत्पन्न हुने भएकोले विहानै ओछ्यानमा ७ बजेर ३० मिनेटमा सेक्स गर्न सुरु गर्दा अति उत्तम हुन्छ । यतिमात्रै होइन विहानको सेक्सले दुबैजनालाई दिनभरी थकान महसुस नहुने, दिमाग पनि तिक्ष्ण हुने र दिनभरी ताजा महसुस हुने गर्दछ । इटलीमा गरिएको अध्ययनबाट विहान साढे ७ बजे सेक्स गर्दा उत्तेजना चाँडै हुन्छ । सेक्स गर्नुस् मोटोपन घटाउनुस् अमेरिकाको एक सोध वैज्ञानिक र सेक्स सलाहकार डा। डेबी हरबेनिकले एक अनुसन्धानको क्रममा सेक्सको सबैभन्दा उत्तम समय विहान नै रहेको पत्ता लगाए ।
डा। डेबीका अनुसार विहानको समयमा सेक्स गर्दा हाम्रो शरिरबाट निस्कने केमिकल्सबाट धेरै सन्तुष्टि मिल्छ । जसबाट खुसी मात्रै होइन स्वस्थ पनि भइन्छ । यसैगरी अमेरिकी अर्का सेक्स सलाहकार जेन ग्रीनरका अनुसार विहानको समयमा सेक्स गर्दा राम्रो व्यायाम पनि हुन्छ । सेक्स एकप्रकारको व्यायाम पनि हो । उपयुक्त समयमा नियमित सेक्स गरे पनि मोटोपन घट्ने अध्ययनबाट पत्ता लागेको छ । सेक्स कतिपटक गर्ने ? सेक्स कतिपटक गर्ने भन्ने नापतौल छैन ।
आवश्यकता अनुसार सेक्स गर्न सकिन्छ । तर, भनिन्छ नी धेरै खायो भने चिनि पनि तितो हुन्छ । उपयुक्त समयमा र आफ्नो पार्टनरको मुड हरेर सेक्स गर्न सकिन्छ । त्यसैले एकसातामा तीनपटक सेक्स गर्दा राम्रो हुने विज्ञहरुले बताएका छन् । विहानमा सेक्स गर्दा महिला र पुरुष दुबैमा प्रजनन क्षमता पनि बढ्छ । लेखिका जेनी ट्रिप्लेटका अनुसार विहानमा सेक्स गर्दा महिलाहरुलाई धेरै शक्ति प्राप्त भएको महसुस हुन्छ । विहानको सेक्समा कसरी मजा लिने ? विहानको समयमा पूजापाठ गर्ने, खाना पकाउने, अफिस जाने तयारी आदि गर्नुपर्ने हुन्छ ।
यदि त्यसको लागि प्रयाप्त समय छ र पार्टनर टेन्सनमा छैन भने विहानमै सेक्स गर्दा राम्रो । विहानको समयमा सेक्सको साथसाथै पार्टनरसँगै बाथरुममा ‘शावर’मा नुहाउदै मजा लिन पनि सकिने विज्ञहरुको भनाइ छ । यसो गर्दा आफ्नो पार्टनरसँग अझै बढि आत्मियता प्राप्त पाउने मात्रै होइन रमाइलो पनि हुन्छ । रातिमा सेक्स किन नगर्ने ? विहानमा सेक्स गर्ने तर रातीमा किन नगर्ने भन्ने जिज्ञासा लाग्न सक्छ । रातीमा खासगरी खाना खाएर बेडमा जाने र सुत्नेबेला सेक्स गर्छन् धेरैजसो जोडिले । तर, खाना खाएर सेक्स गर्नु र खाना खाएर नुहाउनु भनेको रोग निम्ताउनु हो । त्यसैले रातीमा सेक्स गनुभन्दा विहान मै गर्दा राम्रो हुने विज्ञहरुको सुझाव छ । रातीको सेक्समा नयाँपन नहुने पनि बताउने गरिएको छ । काठमाडाै टुडेबाट
काठमाडाैं , ७ बैशाख । देशभरका बालबालिकालाई दोस्रो दिन आजपनी पनि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित कार्यक्रमअनुसार वैशाख ६ र ७ गते ६ महिनादेखि ५ वर्षसम्मका लागि भिटामिन ए खुवाउने गर्छ भने एकदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि पनि खुवाइने गरिन्छ ।
स्वास्थ्य सेवा विभाग अन्तरर्गत बाल स्वास्थ्य माहाशाखा प्रमुख कृष्णप्रसाद पौडेलका अनुसार आज पनि आफ्नो गाविस र नगरपालिकाका तोकिएका केन्द्रहरूमा स्वास्थ्य स्वयंसेविकाले भिटामिन ए र जुकाको औषधी खुवाउदैछन् ।
माहाशाखाका अनुसार नेपालका ९० प्रतिशत भन्दा धेरै बालबालिकाले भिटामिन ए र जुकाको औषधी प्रत्येक ६÷६ महिनामा खान्छन् । यसले हरेक वर्ष झण्डै १२ हजार बालबालिकाको ज्यान बचिरहेको छ । नेपालमा २१ वर्षदेखि भिटामिन ए खुवाउने कार्यक्रम चलेको छ भने १२ वर्षदेखि जुकाको औषधी पनि खुवाउन थालिएको छ ।
केशव भुल, अछाम ६ बैशाख । जिल्ला अस्पताल अछाममा सञ्चालित ३ दिने स्थायी बन्ध्याकरण शिविरमा पहिलो दिन २३ जनाले स्थायी बन्ध्याकरण गराएका छन् ।
जसमा २१ जना महिलाले महिला स्थायी बन्ध्याकरण मिनील्याप गराएका छन् भने २ जना पुरुषले पुरुष स्थायी बन्ध्याकरण भ्याक्सटोमी गराएका छन् ।
महिला स्थायी बन्ध्याकरण गराउने २१ जना महिलाहरु सबै मंगलसेन नगरपालिकाको कुन्तीवण्डालीका रहेका छन् ।
शिविर ३ दिनसम्म चल्ने जिल्ला जिल्ला स्वास्थ्य कार्यालयमा सञ्चालन भइरहेको र सिबीर सकिए लगत्तै ३ दिनसम्म नै न्याय हेल्थ बयलपाटा अस्पतालमा यही शिविर सञ्चालन गरिने स्वास्थ्य कार्यालय अछामका प्रमुख डा शरद चन्द्र बरालले जानकारी दिनुभएको छ ।
काठमाडाैं ५ बैशाख । स्वास्थ्य सचिव शान्तबहादुर श्रेष्ठले जाजरकोटमा फैलिएको महामारी नियन्त्रणको अवस्थामा पुगेको दाबी गर्नुभएको छ । जाजरकोटसँग जोडिएका अन्य जिल्लामा रोग फैलन नदिन सचेतना अपनाईएको र अहिलेसम्म फैलिएको चारवटा गाविसमा पनि नियन्त्रणको अवस्थामा पुगेको श्रेष्ठको भनाई छ ।
रिपोर्टस क्लब नेपालले आज राजधानीमा गरेको कार्यक्रममा स्वास्थ्य सचिव श्रेष्ठले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)सँग समन्वय गरेर ६ वटा विशेष टोली परिचालन गरिएकोले अहिलेसम्म जाजरकोटमा ३ हजार जनाको स्वास्थ्य परिक्षण गरिएकोमा ७५ प्रतिसत विरामीमा अरु नै रोग पाईएको, फ्लु देखिएका २५ प्रतिसत मध्ये करिब सात प्रतिसतमा स्वाईन फ्लुको जिबाणु भेटिएको जानकारी दिनुभयो ।
मुख्य सचिव नेतृत्वको समितिले तत्कालिन उपचार र दिर्घकालमा समस्या आउन नदिने उपायको खोजी गरिरहेको जानकारी दिदै जाजरकोटको अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्रहरुलाई स्तरोन्नती गर्ने तयारीमा रहेको बताउनुभयो । यसैवीच स्वाथ्य मन्त्रालय अन्तरगको ईपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख डा. बाबुराम मरासिनीले आज साँझ सम्ममा नेपाली सेनाको १२ जना विशेषज्ञ सहितको टोली पनि जाजरकोट जाने जानकारी दिदै निजी क्षेत्रका मेडिकल कलेजहरुले समेत चासो देखाएको बताउनुभयो ।
जाजरकोटमा सुरुमै ७१ सय किलो, स्वास्थ्यमन्त्रीसँग २ सय किलो र आज पुग्ने गरी २५ सय टक्की औषधी पठाईसकिएको उल्लेख गर्दै महामारी नियन्त्रणको लागि सरकारले उच्चस्तरीय संयन्त्र नै बनाएर काम गरिरहेको मरासिनीको दाबी छ । मरासिनीले सूरु सुरुमा एउटा क्याम्पबाट एक दिनमा २ सय सम्म विरामीको परिक्षण गरिएकोमा अहिले छ वटा क्याम्पमा एक दिनमा १ सय ८५ मात्रै विरामी परिक्षणको रिपोर्ट आएकोले महामारी नियन्त्रणमा आउन थालेको पाईएको दाबी गर्नुभयो ।
यस्तै एकीकृत नेकपा माओवादीका तर्फबाट बिजयी जाजरकोटका सभासद शक्तिबहादुर बस्नेतले उपचार केन्द्र राखेको स्थानमा मात्र रोगको प्रकोप घट्न थालेको भन्दै जिल्ला भरी फैलने सम्भावना झन् बढेकोले राज्यले थप सक्रियता देखाउनुपर्ने बताउनुभयो । दैलेखदेखि डोल्पासम्मको क्षेत्रमा रोग फैलिने क्रममा रहेकोले जिल्लाका १३ वटा नाकामा उपचार केन्द्र स्थापना गरि रोग नियन्त्रणका लागि प्रयास गर्न सरकारसंग माग गर्नुभयो ।
जाजरकोटका नेपाली काग्रेस सभासद राजिब विक्रम शाहले सरकारलाई जाजरकोटको विकट भुगोलको विषयमा आवश्यक जानकारी नभएकोले तत्काल उपचार पुर्याउन ढिलाई भएको बताउँदै दुर्गम क्षेत्र भएकोले रोग नियन्त्रणकालागि चिकित्सक तयारी अवस्थामा राख्नु पर्ने बताउनुभयो ।
मनिष खड्का, रुकुम ५ बैशाख । रुकुमको चौखावाङ ५ हिलमा रुघाखोकी, टाउको दुख्ने, ज्वरो आउने वाकवाकी तथा रिगाँटा लाग्ने जस्ता रोगका लक्षणहरु देखा परेपछि स्थानीयबासी त्रसित भएका छन् । केही दिनदेखि गाउँमा यस्ता लक्षणहरु देखापरेको स्थानीय कर्णवहादुर वुढाले जानकारी दिनुभयो ।
गाउँका करिब २२ जनामा यस्ता लक्षणहरु देखापरेको र स्वास्थ्यचौकी चौखावाङमा सिटामोल बाहेक अन्य औषधी उपलब्ध नभएपछि उपचारमा समस्या भएको उहाँको भनाइ छ । विगत ६ महिनादेखि हेल्थ पोष्टमा हेल्थ असिष्टेन्टको दरवन्दि रिक्त रहेको र हाल ग्रामीण स्वास्थ्य कार्यकर्ता र मासिका मात्र रहेको स्थानीयबासीले बताएका छन् ।
रोगका बारेमा जिल्ला स्वास्थ्य कार्यालयमा जानकारी गराएको भए पनि सबै स्वास्थ्यकर्मी तकसेरा महोत्सवमा गएकोले बिरामीलाई जिल्ला अस्पतालमै पु¥याउन सल्लाह दिने गरिएको छ । गाउँले सबै विरामी पर्न थालेपछि अस्पताल पु¥याउने मान्छेको समेत अभाव भएको छ । स्वाईनफ्लुको संक्रमण भएको हुनसक्ने भन्दै स्थानीय झनै त्रसित भएका छन् ।













.jpg)