केशव पन्त, कञ्चनपुर १० बैशाख । रेडियो महाकालीको नवौँ वार्षिकोत्सवको अवसरमा आयोजित मैत्रीपूर्ण क्रिकेट प्रतियोगिताको पहिलो खेलमा रेडियो महाकालीले १ सय ४० रनको फराकिलो अन्तरले जितेको छ ।
बिहिबार भएको उद्घाटन खेलमा टस जितेर पहिले ब्याटिङ गरेको रेडियो महाकालीले निर्धारित १५ ओभरको खेलमा १ सय ९८ रन बनाएको थियो । बैशाख १५ गते परेको वार्षिकोत्सवको पूर्वसन्ध्यामा आज, भोलि र पर्सी ३ वटा मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता गर्न लागिएको हो ।
काठमाडौं १० वैशाख । इण्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल)मा चेन्नई सुपर किङ्ग्सले रोयल च्यालेन्जर्स बैंग्लोरलाई २७ रनले पराजित गरेको छ ।
पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १८१ रन बनायो ।
चेन्नईले १२ रन जोड्दा पहिलो विकेटका रुपमा ब्रेन्डन म्याकलमलाई गुमाएको थियो । तर, ड्वेन स्मिथ र सुरेश रैनाले पारी सम्हाले । रैनाले मात्र ३२ बलमा ६२ रन बनाए भने स्मिथ ३९ रनमा आउट भए । फाफ डुप्लेसिसले ३३ रनको योगदान दिए । बैंग्लेरका युजबेन्द्र चाहलले ३ विकेट लिए भने इकबाल अब्दुल्लाहले २ विकेट लिए ।
जवाफमा मैदान उत्रिएको बैंग्लोरले २० ओभरमा ८ विकेट गुमाएर १५४ रन मात्र जोड्न सक्यो । उसका लागि कप्तान विराट कोहलीले ५१ रन बनाए पनि अन्य ब्याट्सम्यान चल्न सकेनन् । एबी डिभिलियर्स १४ रनमै आउट भए । बैंग्लोरसलाई सस्तैमा समेट्ने क्रममा आशिष नेहराले ४ ओभरमा १० रन खर्चिएर ४ विकेट लिए ।अनलार्इनबाट
काठमाडौं ८ वैशाख । इण्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल)मा कोलकत्ता नाइट राइडर्सले दिल्ली डेयरडेभिल्सलाई ६ विकेटले पराजित गरेको छ ।
दिल्लीले प्रस्तुत गरेको १४७ रनको लक्ष्य कोलकत्ताले १८.१ ओभरमा ४ विकेटको क्षतिमा भेट्टायो ।
उसका लागि गौतम गाम्भीर ६० रन बनाए भन युसुफ पठानले अविजित ४० रनको पारी खेले । सूर्यकुमार यादवले २४ रन जोडे ।
यसअघि पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ८ विकेट गुमाएर १४६ रन बनाएको थियो ।
उसको सुरुवात राम्रो हुन सकेन । पहिलो विकेटका रुपमा मयंक अग्रवाल मात्र १ रनमा आउट भए । दोस्रो विकेटका रुपमा जेपी डुमिनी ५ रनमा आउट हुँदा टीमको स्कोर २२ रन थियो ।
मनोज तिवारीले ३२, श्रेयस अथ्यरले ३१, एन्जेलो म्याथुले २८ रन जोडे । युवराज सिंहले २१ रनमा आउट भए । दिल्लीलाई सस्तैमा समेट्ने क्रमा उमेश यादव, मार्ने मोर्केल र पियुष चावलाले समान २–२ विकेट लिए । यो २ विकेटसँगै आईपीएलमा चावलाले १०० विकेट लिएका छन् । अनलाइनबाट
काठमाडौं ७ वैशाख । लिभरपुललाई पराजित गर्दै एस्टनभिल्ला एफए कप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
आइतबार राति भएको खेलमा एस्टनभिल्लाले लिभरपुललाई २–१ ले पराजित गरेको हो । अब उपाधिका लागि आर्सनलसँग खेल्नेछ ।
वेम्बली स्टेडियममा भएको खेलमा लिभरपुलले ३० औं मिनेटमा काउटिन्होको गोलबाट अग्रता लिएको थियो ।
तर, एस्टनभिल्लाले उत्कृष्ट कमब्याक ग¥यो । ३६ औं मिनेटमा क्रिष्टियन बेन्टेकेले बराबरी गोल फर्काए । खेलको ५४ औं मिनेटमा फाबियन डेल्फले गोल गर्दै एस्टनभिल्लालाई अग्रता दिलाए । खेलमा थप गोल हुन सकेन र एस्टनभिल्ला विजयी बन्यो ।
हारसँगै सन् १९५० पछि लगातार तीना सिजनमा कुनै पनि उपाधि जित्न सक्ने ब्रेन्डन रोजर्स लिभरपुलको पहिलो म्यानेजर बनेका छन् । अनलार्इनखबर बाट
काठमाडाैं, ७ बशाख । राजधानीमा आजदेखि १४ वर्ष मुनिका महिला खेलाडी सम्मिलित एएफसी यु १४ छात्रा च्याम्पियनसीप हुने भएको छ ।
एसियाली फुटबल महासघले आयोजना गरेको प्रतियोगीताको पहिलो खेलमा नेपालले इरानको सामना गर्ने भएको छ ।
आजको उद्घाटन खेलमा नेपाली महिला टोलीले दिउँसो १ बजे त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा इरानको सामना गर्ने भएको हो । प्रतियोगितामा नेपालसहित श्रीलंका इरान, माल्दिभ्स, भारत, भुटान र बङ्गलादेशको सहभागीता छ ।
एसपीए खेल सम्वादाता, मुम्बई ६ बैशाख । इन्डियन प्रिमियर लिगआइपिएल मा शुक्रबार राति मुम्बई इन्डियन्सको लगातार चौथो हार भएको छ । मुम्बईको घरेलु मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरको खेलमा ७ विकेट गुमाएर १८३ रन बनाएको थियो।
मुम्बईका लागि केइरन पोलार्डले सर्वाधिक ६४ रनको पारि खेले। यस्तै कप्तान रोहित शर्माले ५० रनको पारी खेलेका थिए। चेन्नईका लागि आशिष नेहराले ३ तथा ब्राभोले २ विकेट लिएका थिए। १८४ रनको विजयी लक्ष्य लिएर मैदानमा आएको चेन्नईले ओपनर द्वाने स्मिथ र म्याकुलमको उत्कृष्ट सतकीय साझेदारीको सहयोगले १६।४ ओभरमा ४ विकेट गुमाएर भेट्टायो।
चेन्नइका लागि स्मिथले ६२ तथा म्याकुलमले ४६ रन बनाए। यस्तै शुरेश रैनाले अभिजित ४३ रनको योगदान दिए । मुम्बइका लागि हरबजन सिंहले २ तथा मालिंगा र पोलार्डले १(१ विकेट लिएका थिए। शुक्रबारको खेलसँगै आइपीएलमा राजस्तान रोयल चार खेलबाट शतप्रतिशत नतिजाका साथ शीर्ष स्थानमा छ। यस्तै ४ खेलमा ३ खेलमा विजयी भएको चेन्नई दोस्रो स्थानमा छ। यता शुक्रबार पराजित मुम्बई भने सबै चार खेलमा पराजित हुँदै अंक तालिकाको पुछारमा छ ।









.jpg)