प्रधानसेनापति वर्षमा १० पटक विदेश
काठमाडाैं ११ बैशाख । प्रधानसेनापति गौरवशमशेर राणा गएको वर्ष विदेश भ्रमणमा व्यस्त बने । यस वर्ष उनले नौ देशको भ्रमण गरिसके भने १२ वैशाखमा पाकिस्तान जाँदैछन् । नयाँ पत्रिका दैनिकमा समाचार छ ।
आगामी २४ भदौमा कार्यकाल सकिन लागेका प्रधानसेनापति राणाले तीनपटक भारतको भ्रमण गरे । अघिल्लो वर्ष उनले अमेरिका, चीन, भारत, बंगलादेश, युएई, अस्ट्रेलिया, कंगो, दक्षिण सुडान र केन्या भ्रमण गरिसकेका छन् । उनले निजी भ्रमणकाे खर्च पनि राज्यकाेषबाट गरिरहेका छन् ।
'संघीयता थाती राख्दा के होला?'
काठमाडाैं ११ बैशाख । एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले सत्तापक्षको सात र विपक्षी गठबन्धनको १० प्रदेशको प्रस्ताव अनुसूचीमा राखेर संविधानको मस्यौदा बनाउने प्रस्ताव गरेका छन्। अन्नपूर्ण पाेस्ट दैनिकमा समाचार छ ।
दाहालको प्रस्तावलाई आन्दोलन तुहाउने रणनीतिको रूपमा विश्लेषण गर्दै गठबन्धनमा रहेका साना दलले आशंकासहित ३० दलीय बैठकमा सहभागी हुने निर्णय गरेका छन्।
'प्रचण्डले हाम्रो १० प्रदेश र सत्तापक्षको सात प्रदेशको प्रस्ताव मस्यौदाको अनुसूचीमा राखेर संविधानसभामा पठाउँदा कस्तो होला भनेर सोध्नु भएछ, त्यसले आशंका जन्मायो', दाहालको बिहीबार बिहानको भनाइबारे एमाओवादीबाहेकका साना दलहरूको साँझ सिंहदरबारमा बसेको बैठकमा रिपोर्टिङ गरिएको थियो।
दाहालले अहिले ल्याएजस्तै प्रस्ताव मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले ल्याउँदा सहमति भएको थिएन।एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले सत्तापक्षको सात र विपक्षी गठबन्धनको १० प्रदेशको प्रस्ताव अनुसूचीमा राखेर संविधानको मस्यौदा बनाउने प्रस्ताव गरेका छन्।
दाहालको प्रस्तावलाई आन्दोलन तुहाउने रणनीतिको रूपमा विश्लेषण गर्दै गठबन्धनमा रहेका साना दलले आशंकासहित ३० दलीय बैठकमा सहभागी हुने निर्णय गरेका छन्।
तीन क्यासिनो साउनदेखि
काठमाडाैं ११ बैशाख । एक वर्षदेखि बन्द रहेका क्यासिनोमध्ये ३ वटा कम्पनी नयाँ आर्थिक वर्षबाट पुनः संचालनमा आउने भएका छन् । आर्थिक अभियान दैनिकमा समाचार छ ।
मल्ल होटल परिसरमा रहेको क्यासिनो भेनस, र्याडिसनमा रहेको क्यासिनो र्याड र ह्यात होटलमा रहेको क्यासिनो तारा पुनः संचालनमा आउन लागेका हुन् ।
ती कम्पनी क्यासिनो नियमावली २०७० अनुसार पुनः संचालनको तयारीमा जुटेको क्यासिनो नेपाल संघका कार्यकारी सदस्य प्रसन्नमान श्रेष्ठले जानकारी दिए ।
घरेलु कामदार पठाउन खुला
काठमाडाैं ११ बैशाख । सरकारले वैदेशिक रोजगारीमा घरेलु कामदार पठाउन खुला गरेको छ । अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।
मन्त्रिपरिषद्को सामाजिक समितिले वैदेशिक रोजगारीमा घरेलु कामदार पठाउने सम्बनधी निर्देशिक २०७१ गत मंगलबार स्वीकृत गरेपछि सरकारलाई आफ्ना नागरिक विदेशमा घरेलु कामदारका रुपमा पठाउने बाटो खुला गरेको हो ।
यसअघि गएकाहरु समस्यामा परेपछि दुई वर्षअघि सरकारले घरेलु कामदार पठाउन रोक्का गरेको थियो ।
अर्काको जग्गा बेच्ने ७ जनालाई कैद
काठमाडाैं ११ बैशाख । नक्कली कागजात तयार गरेर अर्कैको जग्गा बेचेको आरोप लागेका ७ जनालाई कास्की जिल्ला अदालतले कैद र डेढ करोड रुपैयाँ जरिवानाको फैसला गरेको छ । नागरिक दैनिकमा समाचार छ ।
अमेरिका बस्ने चितवनकी शान्ता राणाको पोखरा—६ लेकसाइडको जग्गा उनैलाई पत्तो नदिई बेची ठगेको आरोप लागेका ७ जनालाई ठगीको प्रकृतिअनुसार कम्तीमा २ महिनादेखि ६ वर्षसम्म कैदको फैसला अदालतले बिहीबार गरेको हो ।
आफू शान्ता राणा भएको नक्कली नागरिकतासहितका कागजात बनाएर ठगीमा संलग्न भएकी नुवाकोट ककनीकी आशामाया लामालाई सबैभन्दा बढी ६ वर्ष कैदसहित ५६ लाख ७८ हजार जरिवानाको फैसला भएको जानकारी कास्की अदालतका स्रेस्तेदार दीनबन्धु बरालले दिए ।
आफू शान्ता राणा भएको नक्कली नागरिकतासहितका कागजात बनाएर ठगीमा संलग्न भएकी नुवाकोट ककनीकी आशामाया लामालाई सबैभन्दा बढी ६ वर्ष कैदसहित ५६ लाख ७८ हजार जरिवानाको फैसला भएको जानकारी कास्की अदालतका स्रेस्तेदार दीनबन्धु बरालले दिए ।
बसमा २६ घन्टामा जुम्ला
काठमाडाैं ११ बैशाख । राजधानी काठमाडौं र कर्णाली अञ्चलको सदरमुकाम जुम्लाबीच सिधा रूपमा बस सेवा सुरु भएको छ । कान्तिपुर दैनिकमा समाचार छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले पहिलो पटक काठमाडौंबाट जुम्लासम्म एउटै बसमा यात्रा गर्ने वातावरण मिलाएको हो ।
बसमा २६ घन्टामा राजधानीबाट जुम्ला पुग्न सकिन्छ ।
व्यवसायीहरूले काठमाडौं-सुर्खेत र सुर्खेत-जुम्लाको लागि रूट परमिट पाए पनि काठमाडौंबाट सिधै जुम्लासम्मको लागि यातायात व्यवस्था विभागबाट हरियो झन्डा पाएका छैनन् । यातायात व्यवस्था विभागका महानिर्देशक मधुसुदन बुर्लाकोटीले अस्थायी रूपमा व्यवसायीले बस सेवा सुरू गरेका बताए ।
व्यवसायीहरूले काठमाडौं-सुर्खेत र सुर्खेत-जुम्लाको लागि रूट परमिट पाए पनि काठमाडौंबाट सिधै जुम्लासम्मको लागि यातायात व्यवस्था विभागबाट हरियो झन्डा पाएका छैनन् । यातायात व्यवस्था विभागका महानिर्देशक मधुसुदन बुर्लाकोटीले अस्थायी रूपमा व्यवसायीले बस सेवा सुरू गरेका बताए ।
दलालको चक्करमा बिदेशिएका ७ जना नेपाली विद्यार्थी ग्रेनाडामा पक्राउ
काठमाडाैं ११ बैशाख । दलालको चक्करमा परेर बिदेशिएका ७ जना नेपाली विद्यार्थीलाई ग्रेनाडा प्रहरीले बुधबार पक्राउ गरेको छ । उनीहरु एकसातादेखि हराइरहेका थिए । कान्तिपुर दैनिकमा समाचार छ । दीपक सापकोटा चन्द्रबहादुर थापा अंकित ढकाल प्रदीप अधिकारी दीपक भुजेल अर्जुन शर्मा काफ्ले र नुमकला तिवारी पक्राउ परेका हुन ।
जाजरकोटका विरामीमध्ये ७ प्रतिशतलाई मात्र रुघाखोकी
काठमाडाैं ११ बैशाख । इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाले जाजरकोटको महामारी फैलिएको ठाउँमा ७ प्रतिशतलाई मात्र इन्फुएन्जा (रुघा खोकी) को लक्षण देखिएको जनाएको छ । यसअघि महाशाखाले करिब २५ प्रतिशतमा रुघाखोकीको लक्षण देखिएको बताएको थियो । कान्तिपुर दैनिकमा समाचार छ ।
प्रकोप देखिएका ठाउँका केही बिरामीको रगतको नमुनालाई परिक्षण गर्दा हालसम्म स्वाइन फ्लुबाहेक अरू कुनै संक्रामक रोगको लक्षण नदेखिएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ ।
'हालसम्म हामीले ८ हजार २ सय ५५ बिरामीको जाँच गर्यौं, तीमध्ये ७ सय ५३ जनामात्र रुघाखोकी भेटिएको छ,' इपिडिमियोलजीको निर्देशक डा.बाबुराम मरासिनिले भने- 'दुई दिनदेखि विरामीको संख्या धेरै कम भएको छ ।
अबको बैठकमा मतदान - सभाध्यक्ष
काठमाडाैं ११ बैशाख । संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले बैशाख १७ मा बस्ने बैठकबाट नयाँ संविधानका विवादीत विषयमा मतदान गराउने घोषणा गरेका छन् । कान्तिपुर दैनिकमा समाचार छ ।
संविधानसभाको बिहिबारको बैठकमा नेम्वाङ्गले गत माघ २९ देखि स्थगित प्रक्रिया अर्को बैठकबाट निस्कर्षमा पुर्याउने जानकारी सभासद्हरुलाई गराएका हुन् । संविधानसभाको अर्को बैठक आगामी बिहीबार बस्दैछ ।
संविधानसभाको प्राथमिकता दलहरुबीचको सहमति भएको दोहोर्याउँदै नेम्वाङले आगामी बैठकसम्म पनि सहमति नभए मतदानको प्रक्रिया अघि बढाउनुको विकल्प नभएको बताएका हुन् ।
'सबैको आग्रहमा माघ २९ देखि अनिश्चितकालका लागि संविधानसभा स्थगित गरेर दलहरुलाई सहमतिका लागि दुई महिना दश दिनको समय उपलब्ध गराइएको हो,' उनले बैठकमा भने- 'आगामी विहिबार अपरान्ह ३ बज सम्म दलहरुबीच सहमति भए त्यसै अनुसारको र नभएमा संविधानसभा नियमावली र स्थापित अभ्यास अनुरुपको प्रक्रिया अघि बढ्छ ।'
मानबहादुर बोहरा, बझाङ १० बैशाख । बझाङ जिल्लाका अधिकांस ऐतिहासीक मठ मन्दीरहरु संरक्षणको अभावमा जिर्ण बन्दै गईरहेका छन् ।
जिल्लाको मेलविसौना गाविस वडा नं. ४ मा रहेको धार्मिक एवम ऐतिहासीक महत्व बोकेको तालकोटी कोटे राजाको भैरव मन्दीर पनि जिर्ण बन्दै गएको छ ।
जिल्लाकै एक ऐतिहासीक तालकोटी कोटे राजाको झण्डै १८ पुस्ते पुरानो भनिएको भैरव मन्दिर संरक्षण, सम्वर्धन नगरीदा जिर्ण बन्दै गईरहेको स्थानियको भनाई छ ।
मन्दीर पुनः निर्माणका लागी स्थानियहरुले साढे दुई लाख चन्दा समेत संकलन गरेका थिय । तर मन्दीर मर्मतकालागी भने त्यो रकमले नपुग्ने मन्दीरका पुजारी नारायण सिंहको भनाई छ ।
वैशाख, ९ ताप्लेजुङ । यस वर्षको स्वर्गीय टीकाराम गौतम स्मृति पत्रकारीता पुरस्कारबाट ताप्लेजुङका पत्रकार रविन भट्टराई सम्मानित भएका छन् ।
ताप्लेजुङ जिल्लामा रहेर पत्रकारीता क्षेत्रमा कलम चलाएका भट्टराई ५ हजार एक सय पाँच रुपैयाँ राशीको पुरस्कारबाट सम्मानित भएका हुन् । पत्रकार भट्टराईले विगत ७ वर्षदेखि ताप्लेजुङलाई कार्यक्षेत्र बनाएका छन् ।
थमन-महेश स्मृति पत्रकारिता पुरस्कार भट्टलाई
यसैबीच ‘थमन-महेश स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार २०७२’ नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रुद्रप्रसाद भट्टलाई प्रदान गरिने भएको छ । क्रान्तिकारी पत्रकार संघ कास्कीको बुधबार बसेको बैठकले पुरस्कार छनौट समितिले सिफारिस गरेको भट्टको नाम अनुमोदन गरेको हो ।
पुरस्कृत भट्ट नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य हुन् । पत्रकार सहिद थमन परियार र महेश पहारीको स्मृतिमा स्थापित पुरस्कारको राशी २५ हजार एक रुपैयाँ छ । पुरस्कार कृष्ण सेन इच्छुकको स्मृति दिवसको अवसरमा जेठ १३ गते प्रदान गरिनेछ ।
बालकुमार शर्मा ९ बैशाख । जाजरकोटको महामारी प्रभावित क्षेत्रमा झाडापखाला फैलन सक्ने तर्फ स्वास्थ्यकर्मीले सचेत गराएका छन् । टालेगाँउमा स्थापना गरिएको शिविरमा केही झाडापखालाका विरामी समेत दोखा परेका छन् ।
मंगलबार २ सय ४६ जनाको उपचार भएकोमा ७१ जना भाईरल फ्लुका विरामी आएको र २ जना विरामीको अवस्था चिन्ताजनक रहेको टालेगाँउ उपस्वास्थ्य चौकीका अहेव पेम्वादोर्जे लामाले बताउनुभयो ।
८ जना झाडापखालाका विरामी आएको र त्यसमध्ये एक जनाको अवस्था गंभिर रहेको उहाले बताउनु भयो । यसैबीच सुर्खेतका विभिन्न संघसंस्था तथा व्यक्तिले जाजरकोटमा फैलिएको महामारी रोग नियन्त्रणको लागि एक लाख रुपौयाँको औषधि सहयोग गरेका छन् ।
बुधबार विहान भएको कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय जाजरकोटसँग सल्लाह गरी अभाव भएको औषधि किनेर दिइएको एसियन लाइफ इन्सुरेन्सका गगन थापाले जानकारी दिनुभयो ।
काठमाडौं ,९ वैशाख । पशुपति दर्शन गरेर गोरखपुर जाँदै गरेको बस धादिङमा बुधबार बिहान दुर्घटनामा परेको छ । झ्याप्रेखोलामा भएको दुर्घटनामा ६ जनाको मृत्यु भएको छ ।
हालसम्म मृतकको पहिचान हुन सकेको छैन । भारतीय नम्बरको बस काठमाडौंबाट भारतको गोरखपुर जाँदै गर्दा नागढुंगावाट केही मिनेट अगाडी बढेपछी राजमार्गबाट खसेको थियो । बसमा ५१ जना यात्रु सवार रहेको धादिङ प्रहरीले जनाएको छ ।
सम्राट सिंह, बझाङ ९ बैशाख । सदरमुकाम चैनपुर वाट धामीलेखका लागी हिडेको से १ ज १६० नम्वरको जिप चैनपुरको काप्रीकोट नजिकै खोलामा दुर्घटना हुँदा १४ जना घाइते भएका छन ।
मंगलबार साँझ सात बजे जिप दुर्घटना हुँदा जिपमा सवारी १४ जना यात्रु घाईते भएका जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी निरिक्षक कमल विष्टले जानकारी दिए ।
घाइते धामीलेखका सुर्मा खत्री, राम प्रशाद जोशी र देवीभक्त जोशी लाई धेरै चोट लागेको र अन्यको अवस्था सामान्य रहेको उनको भनाइ छ । उकालो कच्चीवाटो भएकाले जिव पट्टीएको प्रहरीले जनाएको छ । घाईतेहरु लाई जिल्ला अस्पतालमा उपचार भइरहेको छ । घाइतेमा बढीजसो जिपमा सदरमुकाम चैनपुर वाट ज्याला मजदुरी गरि घर फर्केका मजदुरहरु बढी रहेका थिए ।
हालै बाटो खुलाएको यो सडकमा अघिल्लो महिना मात्र जिप संचालनमा आएको थियो । जीप चालक र खलासी भने फरार रहेको जनाएको छ ।
काठमाडौं, ८ बैशाख । नेपाली कांग्रेस पार्टी भित्रको आन्तरिक किचलो, भागबण्डा र संविधान निर्माण प्रक्रियामा देखिएको अल्झन प्रति गाउँ स्तरका नेताहरु कतिसम्म चिन्तित रहेछन् भन्ने ज्वलन्त उदाहरण प्यूठानमा भएको एउटा दुःखत घटनाले स्पष्ट पारेको छ ।
नेवि संघको स्थापना दिवसका अवसरमा प्यूठानमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा पार्टी र देश प्रति चिन्तित भएर भाषण गर्दागर्दै स्थानीय नेता धनवहादुर साही वेहोस भएर ढले ।
अचेत भएका उनलाई जिल्ला अस्पताल लगियो । अस्पतालमा उपचार सम्भव नभएपछि उनलाई बुटबल पुर्याइयो । बुटबलमा पनि सम्भव नभएपछि काठमाडौंमा उपचारका क्रममा अन्ततः उनको निधन भयो ।
कार्यक्रमलाई सम्बोधन गर्न कांग्रेसका केन्द्रिय सदस्य महेन्द्र शर्मा, नेवि संघका केन्द्रिय सदस्य लाओस राई, किसान संघका केन्द्रिय सदस्य अम्बर भण्डारी साथै जिल्लाका पूर्व सभापति तथा अन्य नेताहरुको मन्तव्य पूर्व उनले पार्टीमा आफूले गरेको संघर्ष र हालका नेताहरुको व्यावहार प्रति गम्भिर मन्तव्य दिइरहँदा उनी व्यहोस भएर ढलेको प्रत्यक्षदर्शी नेवि संघका केन्द्रिय सदस्य लाओस राईले इमेजखबरलाई जानकारी दिए ।
साही धुवाङ गाविसका इकाइ सभापति थिए । पार्टीप्रति निष्ठावान र समाजसेवामा लागेका उनी देशको विग्रदो अवस्थाप्रति चिन्ता व्यक्त गर्दागर्दै अचेत भएको किसान संघका केन्द्रिय सदस्य अम्बर भण्डारीले दाहसंस्कार स्थलबाट जानकारी दिए । नेवि संघका प्यूठान सभापति एनपी मगरको सभापतित्वमा भएको कार्यक्रममा उनलाई पनि मन्तब्य राख्ने अवसर दिइएको थियो ।
५६ बर्षीय साहीका तीन छोरा, तीन छोरी र श्रीमती छन । उनको स्थानीय हर्नघाटमा दाहसंस्कार गरिएको छ । मन्तव्यका क्रममा उनको एक्कासी प्रेसर बढेर अचेत भएका थिए । समाइरहेको माइक्रोफोन विस्तारै हातबाट खसेको र उनी ढलेको प्रत्यक्षदर्शीले देखेका थिए । इमेजबाट
![]() |
| फोटो :Realkhabar बाट |
बारा, ८ बैशाख । काठमाडौंबाट सर्लाहीको मलंगवातर्फ जाँदै गरेको यात्रुबहाक बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।
पुर्व पश्चिम राजमार्ग अन्र्तगत बाराको तेह्रकिलोमिटरमा ना ४ ख ४५१६ नम्वरको बस दुर्घटना हुँदा तीनजनाको घटनास्थालमानै मृत्यु भएको हो ।
मृत्यु हुनेमा एक महिला र दुई पुरुष रहेका छन् । मृतकको सनाखत हुन सकेको छैन । दुर्घटनामा घाईते भएकाहरुको विरगंज स्थित नारायणी उपक्षेत्रीय अस्पातलमा उपचार भैरहेको छ । तिब्र गतिका कारण अनियन्त्रीत भई दुर्घटना भएको हुन सक्ने प्रहरीको भनाई छ ।
सम्राट सिंह , बझाङ ७ बैशाख । शनिबार बझाङ जिल्लाको विकट गाविस सुर्माका ३ बालिकाको शव एउटै रुखमा झुण्डिएको अवस्थामा फेला परेको छ ।
सुर्मा गाविसको बाघमारे भन्ने जंगलमा सुर्मा गाविस ५ थकुन्नाडा बस्ने बर्ष १४ की जुनतारा पुजारा, बर्ष १४ की रेखा पुजारा र बर्ष १५ की कविता बोहराको शव रुखमा झुण्डिएको अवस्थामा फेला परेको हो ।
जुनतारा पुजारा सुर्मा गाविसमा रहेको सुर्मा उच्च माध्यामिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत छात्रा हुन भने रेखा र कविता कक्षा ८ मा अध्ययनरत छात्रा हुन ।
घरवाट माटो ल्याउन भनि हिडेकी बालीका सामुहिक रुपमा झण्डीएर मरेको देखेपछि घटना कुन के कती कारणले भयो भन्ने एकिन हुन सकिरहेको छैन । तिनै जनाको यसरी रुखको एउटै हाँगामा शव देखीनु घटना आर्चायजनक छ निमित्त प्रहरी कार्यालय प्रमुख कमल विष्टले भने घटनाको थप अनुसन्धान भई रहेको वताए । बालिका हरुको आइतबार पोष्टमाटम भएको छ ।
Most of the capital daily newspaper published on Monday, as hap- taken Jajarkot plague, epidemic village by the piyanakai, Kailali and Kanchanpur union local leaders is regret, Finance sector reallocation of four million, penadekhi Pendrive up corruption, Congress and UML by mid-July the new constitution, a new The proposal brought other news are stamped with priority
Dhanusha. 20 April
(Holds bleeding man)
I refused to have sexual relations Dhanusha Ekrahi (4, 35-year-old usadevi Paswan (name changed) from the last night of April 25 katidiin own nephew's genitals by a sharp weapon. Dilip treatment is not possible in Janakpur. His treatment is being Dharan.
According to police inspector involved in the investigation usale 25-year-old nephew of the monumental Regmi Shankar (name changed) with forced sex, she was tinacarapataka.
Responding to the movement in recent ramasankarale giving in to anger when she accepted her sensitive organs cut usale police.
Janakpur Sub-17 lohanaki another woman Parvati Board (name changed) has also bhatijamathi on March 8, she had the same violence. Pārvati refused to have sex with nephew tried to force Bhagat (name changed) was katidieki to sensitive organs. When the incident was Parvati husband Gulf countries.
District Police Office, Dhanusha women and children 6 months to data cell 32 man's wife, mother and relatives of the woman is the victim have filed a complaint. Annapurna Post daily newspaper is.
बाजुरा, ५ बैशाख । साँफे-मार्तडी सडक खण्डमा शनिबार दिँउसो माल बहाक ट्याक्टर दुर्घटना भएको छ ।
तिपाडाबाट तरकारी र अन्य समान लिएर मार्तडी आउँदै गर्दा जिल्ला स्वास्थ्य कार्यालयको डिल नजिकै ट्याक्टर दुर्घटना भएको हो ।
अछाम घर भएका दिर्घ ठगुन्नाको से १ त ६६४३ नम्बरको उक्त ट्याक्टरको डाला सडकबाट केहि मिटर तल खसेको र मानवीय क्षति नभएको प्रहरीले बताएको छ । ट्याक्टर चालक संजय ठगुन्नाको सामान्य चोट बाहेक अन्य क्षति नभएको बताइएको छ ।
प्रकाश भाट , अमरगढी ५ वैशाख । झण्डै १३ सय वर्ष पुरानो ईतिहास वोकेको अजयमेरु कोटमा रहेका देवलको जीर्णोद्दारको नाममा सो क्षेत्रमा रहेका ढुंगाहरू मासिदै गईरहेका छन् ।
देवलको जीर्णोद्दारको जिम्मेवारी पाएको निर्माण कम्पनीले अजयमेरु कोट क्षेत्रमा रहेका ऐतिहासिक ढुंगा मासेर पुनर्निर्माण गरिरहेको छ । उक्त स्थानमा रहेका देवल र बुर्जाघरहरू समेत मास्ने काम भइरहेको छ ।
स्थानीय वासिन्दाका अनुसार उक्त क्षेत्रमा साना–ठूला गरी दर्जनौ देवल रहेका भए पनि केही देवलहरूको जीर्र्णोद्दार गर्ने भन्दै तिनका ढुंगा झिकेर अन्तै लग्ने काम भइरहेको छ । स–साना देवल जस्ता बुर्जाघरहरू भत्काएर जीर्ण देवलदेवल जस्ता बुर्जाघरहरूको जीर्र्णोद्दार गर्ने काम भईरहेको छ । अन्य कुनै पनि क्षेत्रमा नपाईने पुराना ढुंगाको स्वरूप परिर्वतन गरी ठेकेदार र केही स्थानीयको मिलेमतोमा टालटुल पार्ने काम भईरहेको समेत स्थानीय वासिन्दाले आरोप लगाएका छन् ।
अजयमेरु कोटलाई पुरातत्व विभागले राष्ट्रिय सम्पदामा राख्न सकिने वताईरहेको समयमा उक्त क्षेत्रका ऐतिहासिक ढुंगा जथाभावी प्रयोग गर्ने काम भईरहेको स्थानीय वासिन्दा लक्ष्मी पनेरुले वताए । एक स्थानवाट भत्काएर अर्को स्थानमा जीर्र्णोद्दार गर्न नपाईने भनेर आफूहरूले विरोध गरे पनि ठेकेदारले टेरपुच्छर नलगाएको समेत पनेरुले वताए । देवल जस्ता बुर्जाघर मात्र नभई राजाको कोट क्षेत्रमा रहेको तवेला मानिएकोे जीर्ण घरमा रहेका कलात्मक ढुंगा समेत अन्य स्थानमा प्रयोगमा ल्याउने काम गरेपछि आफूले रोकेको भए पनि अन्य संरचनाहरू निर्माणको काम भने नरोकिएको पनेरुले वताए ।
अजयमेरु कोटमा रहेका ऐतिहासिक संरचनाको स्वरूप नै परिर्वतन गर्ने काम भईरहेकाले तत्काल पुरातत्व विभाग वा जिल्लास्थित अन्य सरोकारवाला निकायले रोक्नु पर्ने पनेरुको राय छ ।
ऐतिहासिक क्षेत्रमा रहेका संरचनाहरू यथास्थितमा नै राख्नु पर्ने भए पनि देवलजस्ता बुर्जाघरहरूको निर्माणको जिम्मेवारी पाएको ठेकेदारले नाफा धेरै कमाउन सोही क्षेत्रमा रहेका ढुंगालाई फुटाएर अन्य संरचनाको जीर्र्णोद्दार गर्ने काम गरिरहेको छ ।
ऐतिहासिक क्षेत्रका कुनै पनि संरचना विग्रने गरी कुनै काम गर्न नपाईने भन्दै कसरी ठेकेदारले सो कार्य गरिरहेको हो आफूलाई जानकारी नभएको प्रमुख जिल्ला अधिकारी शिवराज जोशीले वताए । उनले र अव ठेकेदार संग सोका वारेमा जानकारी लिने बताए । प्रजिअ जोशीले पुरातत्व विभागसँग पनि सम्पर्क गरेर आवश्यक परेमा तत्काल सो कार्य रोक्ने बताए । पुलेसोबाट साभार
लोकेश धामी, धनगढी ५ बैशाख । कैलाली जिल्लाको भजनी त्रिशक्ति नगरपालीकाका क्षेत्रका बासीन्दाले भौतिक पूर्वाधार नहुँदा नगर क्षेत्रमा बसेको अनुभूति गर्न नपाएको गुनासो गरेका छन् ।
नगरपालीकाका कतिपय वडाका बासिन्दाले बिजुली, सडक, खानेपानी लगायतका आधारभूत सेवा, सुविधा पाउन सकेका छैनन् । गाविस का
र्यालयले दिने गरेको सेवा सुविधासरहकै सेवा सुविधा समेत नगरपालीका कार्यालयबाट प्राप्त नभएको स्थानीयबासीको भनाइ छ ।
जिल्लाको मध्य दक्षिणी क्षेत्रका खैलाड, भजनी र लालबोझी गाविसलाई समेटेर सरकारले झन्डै एक वर्षअघि भजनी त्रिशक्ति नगरपालीका स्थापना गरिएको थियो ।
घनश्याम पाण्डेय , पोखरा ५ बैशाख । लेखनाथ नगरापलिका वडा नम्बर २ ,३ र ६ ले आर्थिक अबस्था कमजोर रहेका जेष्ठ आमाहरुलाई दोसल्ला र नगदसहित सम्मान गरेको छ । आमा औशीको अवसर पारेर वडाले तीन वटा वडाका जेष्ठ महिलाहरु मध्य ६ जना लाई सम्मान गरेको हो ।
सम्मानित हुनेमा वडा नम्बर २ बाट पवित्रकुमारी कुमाल, तुलसी भण्डारी ,वडा नम्बर ३ का शिबकुमारी घर्ती क्षेत्री ,सन्तुमाया विक, वडा नम्बर ६ बाट उजेली विक र सोममाया विक रहनु भएको छ । सम्मानित आमाहरुलाई लेखनाथ नगरपालिकाका निमत्त प्रमुख रविचन्द्र घिमिरे ,सामुदायिक विकास शाखा प्रमुख मिना भट्टराई भण्डारीले र वडा सचिव लीलामणि भण्डारीले संयुक्तरुपमा दोसल्लाह ,नगद सहित सम्मान गर्नु भएको थियो ।
नारि दिवसको दिनमा गर्ने भनिएको सम्मानलाई आमा औशीको पूर्वसन्ध्यामा सम्मान गरिएको लेखानाथ अर्घो सेवा केन्द्रका सचिव लीलामणि भण्डारीले बताउनुभयो । भण्डारीले बजेट कम भएकोले धेरै आमाहरुलाई सम्मान गर्न नसकीएको बताउदै ६ जना जेष्ठ आमाहरुलाई दोसल्ला र पाँच पाँच सय नगदले सम्मान गरिएको जानकारी दिनुभयो ।
गणेश घिमिरे, इलाम ५ बैशाख । हत्या गरेर फालेको अवस्थामा उत्तरी इलामको चमैता गाबिसमा एक बालकको शव फेला परेको छ ।
चमैता गाविस वडा नम्बर ६ स्थित देउमाई खोपिखर्क भन्ने स्थानमा दस बर्षका बालक स्थानिय बिशाल राईलाई हत्या गरेर फालेको अवस्थामा भेटीएको हो ।
टाउको र शरीरका बिभिन्न अवस्थामा चोटपटक लागेको अवस्थामा अवस्थामा भेटिएका बालकलाई कसैले हत्या गरेर फालेको हुनसक्ने इलाका प्रहरी कार्यालय मंगलबारेका प्रहरी निरीक्षक भूपेन्द्र गिरीले बताउनुभयो । छोरा मृत भटिएपछि बालकका बाबुआमा अझै अचेत अवस्थामा छन् भने, गाउँले त्रसित भएका छन् ।
हरि शर्मा, नवलपरासी ५ बैशाख । शुल्क बढाएको विरोधमा नवलपरासीका ६ विद्यार्थी संगठनहरुले अनिश्चितकालिन निजी विद्यालय बन्दको घोषणा गरेका छन् ।
आईतवारदेखि गरेको अनिश्चितकालिन विद्यालय बन्द बृद्धि गरेको शुल्क फिर्ता नभएसम्म जारी रहने ती विद्यार्थी संगठनहरुले जनाएका छन् ।
नेविसंघ, अनेरास्ववियु, एमाओवादी, बैद्य र विप्लव माओवादी निकट अखिल क्रान्तिकारी र नेपाल विद्यार्थी मोर्चाद्धारा संयुक्तरुपमा जारी विज्ञप्तीमा जिल्ला शिक्षा कार्यालयको मिलमतोमा नेपालमै सबैभन्दा बढी नवलपरासीका निजी विद्यालयहरुले ५५ प्रतिशतसम्म शुल्क बृद्धि गरेकाले फिर्ता नलिए सरकारी शैक्षिक संस्थासहित अन्य क्षेत्रमा पनि कडा आन्दोलन गर्ने चेतावनी दिइएको छ ।
नेविसंघका अनिस यादवका अनुसार निजी विद्यालयहरुले शुल्क बृद्धि गरेर अभिभावकहरुको ढाड भाँच्ने कार्यमात्र नगरी प्रहरी लगाएर विद्यार्थीहरुलाई कुटिपिट गरेको जनाउँदै शुल्क बृद्धि फिर्ता नगरेसम्म विद्यार्थीहरुलाई भर्ना नगराउन पनि अभिभावहरुलाई आग्रह गरिएको छ ।
काठमाडाैं ५ बैशाख । राष्ट्रपति डा रामवरण यादवले पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाको निधनले संक्रमणकालबाट गुज्रिरहेको मुलुकलाई ठूलो क्षति पुगेको बताउनु भएको छ ।
शनिवार समवेदना सन्देश जारी गर्दै राष्ट्रपति यादवले आफू थापाको निधनले अत्यन्त दुःखी भएको उल्लेख गर्नु भएको छ । सम्पूर्ण जीवन मुलुकको राजनीतिमा समर्पण गरेका थापाको समन्वयकारी भूमिका, स्पष्ट राजनीतिक दृष्टिकोण, दृढ इच्छाशक्ति र सन्तुलित व्यवहार सँधै स्मरणीय रहने उहाँले उल्लेख गर्नु भएको छ ।
थापाप्रति श्रद्धाञ्जली अर्पणगर्दै यादवले शोक सन्तप्त परिवारप्रति हादिर्द समवेदना प्रकट गर्नु भएको छ ।





















.jpg)