Your are browsing : Bizarre-World
यौन सम्र्पकका वेला धेरै पुरुषमा सिघ्र स्खलनको समस्य हुने गरेको छ । यसवाट यौन जीवन नै प्रभावित हुन सक्छ । यदि यस्तो समस्य भए पहिलो यौन सम्पर्क पछि फेरी दोस्रो पटक सम्पर्क गर्न सकिन्छ । दोस्रो पटकको सम्पर्क लामो समय रहन्छ र दुवैले यसवाट भरपुर आनन्द पनि लिन सक्छन् ।
यौन सम्पर्कका लागि शनिवारको रात रोज्नु उपयुक्त हुन्छ । यसवेला पत्नीले पतिको अंग मालिस गरिदिनुपर्छ । यसवाट मानसिक एवं शारिरिक रुपमै यौन सम्पर्कका लागि तयार गराउछ ।
यही नै हो भनेर भन्न सकिने अवस्था नभए पनि अहिले शीघ्र स्खलनको मूल कारण मानसिक नै भएको पाइन्छ।
कतिपय मानिसमा यौ नसम्पर्क वा क्रियाकलापमा ‘राम्रो’ गर्न नसक्नु गम्भीर चिन्ताको कारण हुनसक्छ।
शीघ्र स्खलन के हो ?
किन्सेले गरेका प्रसिद्ध अध्ययनमा योनिमा लिङ्ग प्रवेश गराएको दुई मिनेटभित्रै ७५ प्रतिशत पुरुषको चरमसुख पाएको देखिएको थियो। शीघ्र स्खलनलाई कसरी परिभाषित गर्ने भन्ने कुरामा वैज्ञानिकहरूबीच बहस पनि नभएको होइन। ३० सेकेन्डमै वा एक मिनेटभन्दा कम समयमा वा ५ देखि १० धक्कामै वीर्यस्खलन भए छिटो स्खलन भएको भनेर परिभाषित गर्ने प्रयास भए पनि अहिले आफू तथा आफ्नो यौनजोडीले चाहेको समयभन्दा निरन्तर रूपमा चाँडो वीर्यस्खलन भए त्यसलाई छिटो वीर्यस्खलन भएको स्थिति अर्थात् शीघ्रस्खलन मान्न थालिएको छ। यौनसम्पर्कलाई कति समय लम्ब्याउने भन्ने कुरा यौन जोडीमा भर पर्छ। महिलालाई चरमसुखको स्थितिसम्म पुग्न केही बढी समयलाग्न सक्छ, त्यसैले पुरुषले लिङ्ग प्रवेश गराएर यौनसम्पर्क सुरु गर्नुभन्दा पहिले पर्याप्त मात्रामा पाक्क्रीडामा संलग्न हुन सके सहयोग पुग्छ।
प्रायः सबैजसो पुरुषले आफ्नो जीवनको कुनै न कुनै समयमा शीघ्र वीर्य स्खलन भएको अनुभव गरेका हुन्छन्। घर्षण नै गर्न नपाई वीर्य स्खलन हुने समस्या पुरुषहरूमा देखिने यौनसम्बन्धी समस्यामध्ये सबैभन्दा बढी पाइने समस्या हो। यसको पक्का कारण यही नै हो भनेर भन्न सकिने अवस्था नभए पनि अहिले शीघ्र स्खलनको मूल कारण मानसिक नै भएको पाइन्छ। कतिपय मानिसमा यौनसम्पर्क वा क्रियाकलापमा ‘राम्रो’ गर्न नसक्नु गम्भीर चिन्ताको कारण हुनसक्छ। आफ्नी श्रीमती वा यौन जोडीलाई सन्तुष्ट पार्न सक्दिनँ कि भन्ने चिन्ताले यो समस्यालाई अझ बढाउँछ।
विरलै भए पनिकेहीउकथअजयतचयउष्अ मचगन कतै यस्तो समस्याको कारण त होइन भनेर केलाउन पनि बिर्सनु हुँदैन। आक्कलझुक्कल शीघ्र स्लखन हुँदा चिन्ता गर्नु आवश्यक छैन। शीघ्र स्खलनको समस्या नियमित रूपमा हुन थाल्यो भनेसमाधानको उपाय खोज्नुपर्ने हुन्छ। यो समस्यालाई कम गर्न आफैंले गर्न सकिने केही उपाय छन्,
त्यसका बारेमा छोटकरीमा चर्चा गरौं।यौनसम्पर्क रोक्ने, सुरु गर्नेः यौनसम्पर्क गरिरहँदा स्खलन होलाजस्तो भएपछि तुरुन्तै योनिबाट लिङ्ग बाहिर झिकेर केही बेर यौनक्रीडालाई रो क्ने र उत्तेजना केही कम भए पछि पुनः सुरु गर्ने।
आसन परिवर्तन गर्नेः लोग्नेमान्छे माथितिर र महिला तलको सट्टा महिला माथितिर बसेर सक्रिय भै यौनसम्पर्क गरे शीघ्रस्खलन कम गर्न मद्दत पुग्छ।
लिंग अँठयाउनेः स्खलन होलाजस्तो भएपछि तुरुन्तै लिंग बाहिर झिकेर लिङ्गको फेदलाई बेस्सरी अठ्याउने र वीर्य स्खलन हुन नदिने। केही बेरमा उत्तेजना केही कम भएपछि पुनः यौनक्रीडा सुरु गर्ने।
कन्डम प्रयोग गर्नेः कन्डमको प्रयोगबाट पनि कतिपयलाई शीघ्र स्खलनको समस्या कम गर्न मद्दत पुगेको छ। यस्तो बेलामा चिप्लो पदार्थ कम भएको तथा बाक्लो किसिमको कन्डमले बढी फाइदा पुर्याउँछ।
मांसपेशीको प्रयोग गर्नेः पिसाब आउँदा रोक्न प्रयोग गर्ने मांसपेशीको कसरत गरेर वीर्य स्खलनलाई रोक्ने अभ्यास गर्न सके पनि फाइदा पुग्छ।वीर्य स्खलन नियन्त्रणको अभ्यासः दीर्घकालीन उपचारका लागि यो सहयोगी हुनसक्छ। हस्तमैथुन गर्ने र वीर्य स्खलन होलाजस्तो भएपछि रो क्ने र उत्तेजना केही कम भएपछि पुनः हस्तमैथुन सुरु गर्ने, फेरि वीर्य स्खलन होलाजस्तो भएपछि रोक्ने र यो प्रक्रिया दोहोर्याउने। वीर्य स्खलनलाई राम्रोसँग नियन्त्रण गर्न सक्छु जस्तो लागेपछि आफ्नो यौन साथीसँग यौनसम्पर्करहित यौन क्रियाकलापमा संलग्न हुने तर यौ नसम्पर्क भने नगर्ने। वीर्य स्खलन होलाजस्तो भएपछि क्रियाकलाप रोक्ने र उत्तेजना केही कम भएपछि पुनः सुरु गर्ने। आफ्नो यौन साथीसँग पहिले कुनै चिप्लो पदार्थ प्रयोग नगरी र पछि चिप्लो पदार्थ प्रयोग गरेर यस्तो क्रियाकलापमा संलग्न हुने ।
अब वीर्य स्खलनमा पर्याप्त नियन्त्रण भयो जस्तो लागेपछि लिङ्गलाई बिस्तारै भगक्षेत्र -योनिक्षेत्र) मा स्पर्श वा हल्का घर्षण गर्ने तर यौन सम्पर्क भने नगर्ने। वीर्य स्खलन होलाजस्तो भए उक्त क्रियाकलाप गर्न रोक्ने र उत्तेजना केही कम भएपछि पुनः सुरु गर्ने। वीर्य स्खलनलाई पर्याप्त नियन्त्रण गर्न सक्छु जस्तो लागेपछि माथि भनिएजस्तै पहिले श्रीमती बढी सक्रिय हुने गरी यौनसम्पर्क सुरु गर्ने। अनि वीर्य स्खलनको नियन्त्रण गर्न सकिने स्थिति वा क्षमता हेर्दै विविध उपाय अवलम्बन गर्दै यौनसम्पर्कलाई अघि बढाउने।
समय र धैर्यता निकै लाग्ने भए पनि वीर्य स्खलन नियन्त्रणमा यी अभ्यास निकै लाभदायक हुन सक्छन् र यसमा पुरुषलाई यौन साथीको पर्याप्त सहयोग पनि चाहिन्छ।
हालैको एक सर्भेक्षणले विवाहित जोडीका सेक्स सम्बन्धी केही रोचक तथ्य फेला पारेको छ । आइ भिलेज भन्ने वेबसाइटले गरेको सर्भेक्षणमा केही त्यस्ता सेक्स सेक्रेट फेला परे जुन निम्न छन्:
-६८ प्रतिशत पुरुषले आफ्नो सबैभन्दा उत्तम सेक्स पार्टनर केटीसँग विवाह गर्छन् जबकी आफ्नो वेस्ट सेक्सुअल पार्टनरसँग विहे गर्ने केटीहरुको संख्या भने ४५ प्रतिशत मात्र हुन्छ ।
-पुरुषका औषतमा ६ देखि १० जनासम्म यौनसाथी हुन्छन् जबकी महिलाका बढिमा २ देखि ५ मात्र । १९ प्रतिशत पुरुष तथा महिलाका केवल १ जनामात्र सेक्स पार्टनर हुन्छन् ।
-४२ प्रतिशत महिलालाई आफ्नो श्रीमानले अनलाइनमा अश्लील चिजहरु हेरेको पत्तो नै हुँदैन । यस्तै ६३ प्रतिशत विवाहित महिला आफुले कहिल्यै पोर्न सामाग्री नहेरेको ढोँग गर्छन् ।
-७९ प्रतिशत पुरुषले आफ्नी श्रीमती सेक्सबाट सन्तुष्ट रहेकोमा ढुक्क हुन्छन् तर यसरी यौनसुख पाएँ भन्ने महिला केवल ६१ प्रतिशत मात्र हुन्छन् ।
-५५ प्रतिशत महिलालाई मात्र आफ्नो लोग्ने आफुसँगको सेक्सबाट सन्तुष्ट रहेको लाग्छ तर पत्नीसँगको सम्भोगबाट सन्तुष्ट छु भन्ने पुरुषहरु ७९ प्रतिशत छन् ।
-५२ प्रतिशत महिला तथा ४९ प्रतिशत पुरुषहरु बच्चा जन्मेपछि आफ्नो सेक्स लाइफ ध्वस्त भएको ठान्छन् ।
-४२ प्रतिशत पुरुष ओछ्यानमा महिलाले सेक्सको पहिलो प्रयास गरोस् भन्ने चाहन्छन् ।
४१ प्रतिशत पुरुषले मुखमैथुनको इच्छा राख्छन् भने ३० प्रतिशतले मलद्धार सेक्समा रुची राख्छन् ।
३५ प्रतिशत महिला लामो पाकक्रिडा चाहन्छन्, केवल २२ प्रतिशत महिलालाई मात्र मुख मैथुनमा इच्छा लाग्छ ।
-श्रीमतीको तुलनामा श्रीमान बढि शंकालु हुन्छन् । आफ्नी श्रीमती कसैसँग सल्केकी छे की ? भनेर ३४ प्रतिशत पुरुषले श्रीमतीको मोबाइल चेक गर्छन् भने यसरी लोगनेमाथि शंका लागेर मोबाइल चेक गर्ने महिला केवल २० प्रतिशत मात्र हुन्छन् ।
कल्पना गर्नुहोस् त, ७० दिनसम्म तपाइँलाई ओछ्यानमा आराम गरिरहन भनिन्छ र त्यसबापत झण्डै १८ लाख रुपैयाँ अर्थात् १८ हजार डलर भत्ता दिइन्छ । यो सायद कुनै दिवास्वप्न वा बेतुकको कल्पना जस्तो लाग्नसक्छ । तर यो कुनै दिवास्वप्न वा गफाडिको गफ होइन, साँचो कुरा हो ।
सुन्दैमा आश्चर्य लाग्छ । तर अमेरिकी अन्तरिक्ष संस्था नासाले यसलाई यथार्थमा परिणत गरिदिएको छ । नासाले आफ्नो एक अनुसन्धानका लागि यस्तो जागिरको अफर गरेको छ, जो सुन्दैमा पनि निकै आकर्षक, रमाइलो तथा अनौठो लाग्दछ ।
माइक्रोग्राभिटी अर्थात् सुक्ष्म गुरुत्वाकर्षणमा लामो समयसँा रहँदा त्यसले पार्ने प्रभावका विषयमा अनुसन्धान गर्नका लागि नासाले यो ‘बेड रेष्ट’ शीर्षकको अनुसन्धान डिजाइन गरेको हो ।
यो अध्ययनका क्रममा सहभागीहरुलाई ओछ्यानमा लगातार ७० दिनसम्म आराम गर्न लगाइन्छ । अर्थात् पूरै ७० दिनसम्म सहभागीहरु ओछ्यानमा पल्टिएर तेर्सो परेकै हुनुपर्छ, उठ्न पाइनेछैन ।
त्यस मार्फत अनुसन्धानकर्ताहरुले माइक्रोग्राभिटीको सरीरमा पर्ने असरका विषयमा अनुसन्धान गर्नेछन् । शुन्य गुरुत्वाकर्षणको स्थितिमा मांसेपेशी, मुटु तथा हड्डीमा पार्ने प्रभाव र नकारात्मक असर घटाउनका लागि अन्तरीक्षयात्रीले गर्नुपर्ने व्यायामको तरिका पत्ता लगाउन अनुसन्धानले सहयोग गर्नेछ ।
७० दिनसम्म सुतिरहँदा जिउ नकुँजियोस् भन्नका लागि यताउति पल्टिने सुविधा भने प्रदान गरिएको छ । तर टाउको भने उठाउन पाइनेछैन । टाउको अलिक तल लगेर पछिल्लो भागबाट केही पटकको लागि खुट्टा भने उठाउन पाइने छ । नुहाउनका लागि बाथरुममा जाने कुरै भएन । सुतेरै नुहाउनु पर्नेछ र त्यसका लागि ह्याण्ड सावरको व्यवस्था गरिनेछ ।
यद्यपि यो जागिर केवल अमेरिकाका बासिन्दाले मात्र खान पाउनेछन् । फिटनेस परीक्षण पास हुने तथा अन्तरीक्षयात्रीको जस्तै स्वस्थ शारीरिक अवस्था भएको मानिस मात्र छनोट गरिनेछ । एजेन्सीको सहयोगमा
एक टीभी अभिनेताकी श्रीमतीले शौचालय बसिरहेका बेला आफ्नो बच्चालाई स्तनपान गराईरहेको तस्वीर यतिबेला इन्टरनेटमा भाइरल भइरहेको छ ।
टीभी अभिनेता मिचेलकी पत्नीको इस्टाग्राममा पोष्ट भएको तस्वीर फेसबुकमा समेत शेयर गरिएको छ र जसलाई हजारौंले सेयर गरेका छन् भने २ लाख बढीले लाइक गरेका छन् ।
तस्वीरमा एलिशा विल्सन बीचले शौचालयमा बस्दा आफ्नो बच्चालाई स्तनपान गराइरहेकी छन् । तस्वीरको धेरैले आलोचना गरेका छन् भने केहीले समर्थन पनि गरेका छन् ।
समर्थकहरुले यो तस्वीरले मातृत्वको सही परिभाषा दिएको टिप्पणी गरेका छन् भने आलोचकहरुले फोहोरी र दिक्कलाग्दो भनेका छन् । यसरी बच्चालाई दूध चुसाउँदा स्वस्थ नहुने उनीहरुको ठहर छ ।
एजेन्सी को सहयोगमा । म्यागेजिनले संसारका ३० सुन्दर महिलाको सुचि जारी गरेको थियो। सो सुचिमा दोस्रो नम्वरमा थिइन् हलिउड मोडल केप अप्टन । उनलाई दुनियाँकै दोस्रो सुन्दर महिला भनिएको थियो । सुन्दरताको सुचिमा पहिलो स्थान मोनिका बेलुकी, तेस्रो स्थानमा एन्जेलिना जोलि र चौथो स्थानमा बलिउडकी एश्वर्या रायको नाम थियो । तीनै दोस्रो सुन्दर महिला केप अप्टनले चर्चित म्यागेजिनमा फरक किसिमका तस्विर खिचाएर तरंगित पारेकी छिन्। चर्चित म्यागेजिन स्पोर्ट्स इलुसट्रेटेडको पचासौं इडिसनमा केटले हावामा तैरिएर बिकिनीमा तस्विर खिचाएकी छन् ।
एजेन्सी । एक अध्ययनले महिलाको यौन जीवन बारे गहन तथ्य सार्वजनिक गरेको छ । उक्त अध्ययन अनुसार धेरै समय सुत्ने महिलाले धेरै सेक्स चाहन्छन् ।
अध्ययन अनुसार एक घण्टा अतिरिक्त नीदाउने महिलामा पछिल्लो दिन यौन इच्छा १४ प्रतिशत बृद्धि हुन जान्छ ।
उक्त कुरा सम्वन्धि तथ्य मिशिगन यूनिभर्सिटीले रिसर्चबाट पत्ता लगाएको हो ।
अध्ययन १७१ युवा महिलाबारे उनीहरुको सुताई तथा सेक्स पार्टनरबारे लगातार दुइहप्ता अध्ययन गरेर गरिएको हो । धेरे बेर सुत्नाले महिलालाई धेरै यौन इच्छा मात्र नभई यौन आनन्दमा समेत बृद्धिहुने अध्ययनले देखाएको छ ।
काठमाडौँ ८ बैशाख । फेसबुकका पोष्ट तथा फेसबुक पेजमा देखिने गरेका फेक लाइक्स केहि समयमै हटाइने फेसबुकले जनाएको छ । फेसबुकका अनुसार फेक लाइकको बिरुद्ध फेसबुक यस्तो लेवलमा पुगेको छ कि कुनै पनि खराब वेब ऐक्टर्सहरुले अब आफ्नो ब्यबसाय नै बन्द गर्नुपर्ने भएको छ ।
फेसबुक लाइक्सको स्पष्ट चिन्ने प्याट्रन टेक्नोलोजी प्रयोग गर्ने बताउंदै फेसबुकले फेसबुक लाइकमा हुने फेक ब्यबहार अब अन्त्य हुने जनाएको हो । यो प्रबिधि सोशल नेटवर्क अन्तर्गत मौलिसीयस सफ्टवेयर, फ्र्यांड अकाउन्ट्स र लो-पेड वर्कर्स आर्मीको काम गर्ने क्लिक फार्म अपरेशनद्वारा फेसबुकले फेसबुक फेक लाइकलाई लगाम लागाउन सजिलोभएको बताएको छ ।
फेसबुक साईटको सेक्युरिटि इन्जिनियर केरेम जेवाहिरले एक ब्लग पोस्टमा लेखेका छन्- "हामीले फेक लाइक्सलाई रोक्नको लागि विभिन्न तरीका अपनाईरहेका छौं र सुधार पनि गर्दैछौं किनकी फेसबुकमा स्कामरहरु लगातार बढ्दै छन् र हाम्रो स्पाम प्रिभेन्सन सिस्टमसम्म पुग्ने कोशिश गर्दैछन् ।
हामीले बिभिन्न कारण फेसबुकलाई पैसा दिएर लाइक बढाउने कस्टमर्सहरुलाई त्यति लाइक्स दिन सकिएका छैनौं जति हामीहरुले कस्टमर्सलाई दिने सम्झौता गर्दै आएका छौं ।" जवाहिरका अनुसार, पछिल्लो ६ महिनामा, फेसबुकले पेजमा हुने फेक लाइक सम्बन्धित पेजमा बढ्नु अगावै डिटेक्ट र ब्लक गर्ने गरेको संख्या तीन गुणा बढेर गएको छ । यो कार्यबाट फेक लाइक दिनानुदिन हट्दै गएको छ, तर पनि फेसबुकले पछिल्लो पटक फेसबुकमा हुने फेक लाइकलाई पूर्ण रुपमामा हटाउन आफुहरु तत्पर रहेको जनाएको छ ।
एजेन्सी । पछिल्लो समय आफैले आफ्नो अनुहार निकालेर खिचिने तस्विर सेल्फीको प्रचलन निक्कै चर्चामा छ । जो सुकैले पनि आफ्नो फोटो आँफैले खिच्नुलाई सेल्फी भनिन्छ । तर अहिले फोटो मात्रै खिच्नु ठुलो कुरा भएन । त्यसको चर्चा जब सामाजिक संजालमा फोटो पोष्ट हुन्छ तब सुरु हुन्छ ।
सेल्फी खिचेर सामाजिक सञ्जालमा हाल्नेहरुको तछाडमछाडमा सर्वसाधारणदेखि उच्च स्तरका व्यक्ति समेत गनिँदै आएका छन् । यसको बढी प्रयोग सेलीब्रेटीहरुले गर्ने गर्छन् ।
तर पछिल्लो समय सेल्फीको दुरुपयोग हुँदै गइरहेको पाइन्छ । जसका कारण सामाजिक संजाल उत्ताउला, भड्कीला र नग्न तस्बिरका कारण भरिन थालेका छन् । त्यसमा अझ हिजो आजको सेल्फी त युवतीहरुको वक्षस्थल प्रर्दशन केन्द्र जस्तै बनेको छ । जसका केही राम्रा र केही बिकृत उदाहरणहरुलाई समेटेर हामीले फिचर गरेका छौँ ।
वैशाख ५ अछाम । आछमको दुर्गम गाउँमा एक अनौठो शिशुको जन्म भएको छ । दुर्गम बलाता –४ बास्कोटकी बिन्द्रा साउदले जन्म दिएको बालकको रुप बाँदरको जस्तो र टाउकाको गिदी बाहिरी भागमा रहेको छ ।
बलाता स्वास्थ्य चौकीमा माता बिन्द्रा र पिता मानबहादुर साउदका पहिलो सन्तानका रुपमा शनिबार बिहान जन्मिएका ती बालकको आँखा साह्रै ठूलो र हातखुट्टा मोटो रहेको भए पनि औँला भने अन्य शिशुको जस्तै रहेको स्वास्थ्य चौकी बलाताका इन्चार्ज बलबहादुर बुढाले बताए ।
आमा र शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको छ । शिशुलाई हेर्न स्थानीयवासीको घुइँचो लागेको स्थानीयवासी राकेश विकले जानकारी दिए ।
अमेरिका, ४ बैशाख । अमेरिकाको टेक्सासमा एक महिलाले एकसाथ पाँच छोरीलार्इ जन्म दिएकी छन् । जन्मिएका पाँचैजना छोरी स्वस्थ र सकुशल रहेका छन् ।
जुम्ल्याहा, तिम्ल्याहा या चम्ल्याहाको जन्म त सजिलै भएका थिए तर पाँचजना एकै पटक जन्मेको यो नौलो रेकर्ड हो । बच्चा जन्मिएका टेक्सासको अस्पतालले सन् १९९९६ पछि यो दुनियाँको पहिलो घटना भएको दाबी गरेको छ ।
ह्युस्टन निवासी ड्यानियल बेस्बीले टेक्सासको महिला अस्पतालमा चार मिनेटभित्र यी पाँच छोरी जन्माएकी हुन् । यिनीहरुको जन्म २८ साता दुर्इ दिन लामो गर्भपछि भएको हो ।
पति एडम छोरीहरु जन्मेपछि धेरै खुसी भएका छन् । उनीहरुलार्इ पिताले खुसीसाथ स्वागत गरेका छन् । बेस्बी पनि धेरै खुसी रहेकी छन्, उनले पाँच छोरी दिएको भन्दै भगवानलार्इ समेत धन्यवाद दिएकी छन् ।
आफ्ना सबै शिशु बचाइदिएकोमा उनले अस्पताल परिवारप्रति आभार व्यक्त गरेकी छन् । छोरीहरुको जन्मको श्रेयसमेत उनले अस्पताललार्इ दिएकी छन् । बेस्बी र एडमको यसअघि तीन वर्षकी ब्ल्येक नामकी छोरी नै छिन् ।
एडमले युट्युबमा हालेको छोरीहरुको भिडियोमा उनीहरु सबै आफ्नो आफ्नो विशेषता रहेको बताएका छन् । उनीहरुको व्यक्तित्वले यो झलक दिइरहेको उनको भनाइ छ ।
ड्यानियल पेशाले ट्रुपर ९सैनिक० हुन् । अस्पतालकी डाक्टर अलेलेक्जेन्डर रेइटरले गर्भावस्था र प्रसुतीका क्रममा ड्यानियललले प्रयाप्त शारीरिक अभ्यास गरेकाले पाँच सन्तान एकै पटक जन्माउन सकेकी हुन् ।
डाक्टर रेइटरले यो प्रसुती सफल बनाउन लगभग १२ जना स्वास्थ्यकर्मीको सहयोग लिएकी थिइन् । त्यही कारण यी पाँचै शिशुको जन्म सहज भएको हो ।
यी शिशुहरुको स्याहारमा अहिले अस्पतालमा सातजना चिकित्सक खटिएका छन्। जसमा पाँचजना नवजात शिशु विशेषज्ञ रहेका छन् । चिकित्सकको निगरानीका कारण सबै नानीहरु स्वस्थ हुने क्रममा छन् ।
उनीहरुमा श्वास फेर्न थोरै समस्या भएको थियो । जसमा उनीहरुलार्इ मेसिन सहयोगमा श्वास फेर्न सजिलो बनाइएको छ । डा। रिवेराका अनुसार उनीहरु पाँचैजनाले जिन्दगीको बलियो शुरुवात गरेका छन् । उनले यी बालिका स्वस्थ भएर बढेको हेर्न आफूहरु आतुर रहेको प्रतिक्रिया दिएकी छन् ।
यसभन्दा अघि सन् १९८० मा अमेरिकामै एकैसाथ पाँच बच्चाको जन्म भएको थियो । जसमा एकजनाको मृत थिए भने चारवटा जीवित जन्मेका थिए । एजेन्सी