नृप रावल , धनगढी १० बैशाख । सिचाई मन्त्री एनपी साउदले कैलाली–कञ्चनपुका सबै क्षेत्रमा वर्षभरि सिचाई सुविधा पु¥याउनका लागी कार्ययोजना अघि बढिसकेको बताउनु भएको छ ।
नेपाल प्रेस युनियन कैलालीले बिहिवार धनगढीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री साउदले सर्वकालिन सिचाई सुविधा पु¥याउने दावी गर्नु भएको हो । महाकाली सिचाई आयोजनाका लागी भारत सरकारको सहकार्यमा सर्पकबाट १६ अर्ब बिनियोजन भई सर्वेको प्रक्रिया अगाढी बढिसकेको जानकारी गराउदै, मन्त्री साउदले तराईका सबै क्षेत्रलाई सिचाईको पहुचसम्म जोड्न प्रतिबद्ध रहेको समेत बताउनुभयो ।
उहाले राष्ट्रिय गौरवको रानीजमरा कुलरिया सिचाई आयोजना दुत्र गति अघिबढिरहेको भन्दै, ड्याम बनाएर ठुलीगाडको पानी कैलालीको खुटिया ल्याउनका लागी एसियाली विकास बैकसंग सम्झौताका भई अध्यननको काम अघि बढिरहेको समेत बताउनु भएको छ ।
काठमाडौं, ८ बैशाख । नेपाली कांग्रेस पार्टी भित्रको आन्तरिक किचलो, भागबण्डा र संविधान निर्माण प्रक्रियामा देखिएको अल्झन प्रति गाउँ स्तरका नेताहरु कतिसम्म चिन्तित रहेछन् भन्ने ज्वलन्त उदाहरण प्यूठानमा भएको एउटा दुःखत घटनाले स्पष्ट पारेको छ ।
नेवि संघको स्थापना दिवसका अवसरमा प्यूठानमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा पार्टी र देश प्रति चिन्तित भएर भाषण गर्दागर्दै स्थानीय नेता धनवहादुर साही वेहोस भएर ढले ।
अचेत भएका उनलाई जिल्ला अस्पताल लगियो । अस्पतालमा उपचार सम्भव नभएपछि उनलाई बुटबल पुर्याइयो । बुटबलमा पनि सम्भव नभएपछि काठमाडौंमा उपचारका क्रममा अन्ततः उनको निधन भयो ।
कार्यक्रमलाई सम्बोधन गर्न कांग्रेसका केन्द्रिय सदस्य महेन्द्र शर्मा, नेवि संघका केन्द्रिय सदस्य लाओस राई, किसान संघका केन्द्रिय सदस्य अम्बर भण्डारी साथै जिल्लाका पूर्व सभापति तथा अन्य नेताहरुको मन्तव्य पूर्व उनले पार्टीमा आफूले गरेको संघर्ष र हालका नेताहरुको व्यावहार प्रति गम्भिर मन्तव्य दिइरहँदा उनी व्यहोस भएर ढलेको प्रत्यक्षदर्शी नेवि संघका केन्द्रिय सदस्य लाओस राईले इमेजखबरलाई जानकारी दिए ।
साही धुवाङ गाविसका इकाइ सभापति थिए । पार्टीप्रति निष्ठावान र समाजसेवामा लागेका उनी देशको विग्रदो अवस्थाप्रति चिन्ता व्यक्त गर्दागर्दै अचेत भएको किसान संघका केन्द्रिय सदस्य अम्बर भण्डारीले दाहसंस्कार स्थलबाट जानकारी दिए । नेवि संघका प्यूठान सभापति एनपी मगरको सभापतित्वमा भएको कार्यक्रममा उनलाई पनि मन्तब्य राख्ने अवसर दिइएको थियो ।
५६ बर्षीय साहीका तीन छोरा, तीन छोरी र श्रीमती छन । उनको स्थानीय हर्नघाटमा दाहसंस्कार गरिएको छ । मन्तव्यका क्रममा उनको एक्कासी प्रेसर बढेर अचेत भएका थिए । समाइरहेको माइक्रोफोन विस्तारै हातबाट खसेको र उनी ढलेको प्रत्यक्षदर्शीले देखेका थिए । इमेजबाट
The major ruling party Congress and UML consensus within a few days earlier understanding sanghiyatabaheka prepare the first draft constitution by incorporating subject to the process are moving forward. Maximum initiative to the next CA baithakaagavai to agree that divorce process moving forward and in the meantime also reached the conclusion of the two parties. Kantipur Daily News.
The two parties continue to forge consensus decision at Baluwatar on Sunday with the CA process of advancing the rule of law. The opposition will continue to discuss the subject vivadamathiko draft federalism as long as those parties have decided to. The Constituent Assembly adjourned meeting next Thursday.
हरि शर्मा, नवलपरासी ५ बैशाख । क्रियाशील सदस्यता विवाद उत्पन्न भएपछि नेपाल महिला संघ नवलपरासीले नगर अधिवेशन रोक्न माग गरेको छ ।
पार्टीको केन्द्रीय महाधिवेशन मिति तय गरिएपछि भातृ संगठनहरुको अधिवेशन अन्तर्गत नवलपरासीमा भोलि बैशाख ५ गते जिल्लाका सबै गाउँ समिति र नगर समितिमा अधिवेशन हुने तयारी भएपछि रोक्न माग भएको हो ।
अधिवेशनको संघारमा केन्द्रले पठाएको रामग्राम नगर समितिका महिलाहरुको नामावलीलाई पार्टी सभापतिको दबाबमा हटाइएको भन्दै महिलाहरुले आज पार्टी कार्यालयमा तालाबन्दि गरिदिएका थिए तर पार्टी सभापति देबेन्द्रराज कण्डेलले भने कार्यालयको ताला फोडेर अधिवेशनको तयारी सुरु गर्नु भएको छ । महिला संघका असन्तुष्ट कार्यकर्ता भने सभापतिप्रति थप आक्रोशित बनेका छन् ।
शान्तिमाया खत्री, जुम्ला ५ बैशाख । नेपाल क्रान्तिकारी विद्यार्थी संघका केन्द्रीय अध्यक्ष निरोज लबजुले कर्णालीको भौगोलिक अवस्थालाई मध्यजनर गरेर कर्णाली कृषि विश्व विद्यालय स्थापना गर्नु पर्ने बताउनु भएको छ ।
नेपाल क्रान्तिकारी विद्यार्थी संघ जुम्लाको १३ औं जिल्ला सम्मेलनमा सम्बोधन गर्दै उहाले यस्तो बताउनु भएको हो । ग्रामीण क्षेत्रका विद्यालयमा पनि गुणस्तरिय शिक्षा प्रदान गर्न तर्फ सरकारको ध्यान जान आवश्यक रहेकोमा जोड दिनुभयो ।
सरकारले निजि विद्यालय र सरकारी विद्यालयमा गरेर दुई थरीको नागरिक उत्पादन गरिरहेकोभन्दै उहाँले निजी विद्यालयले मनपरी ढङ्गबाट शुल्क अशुली गरिरहेकाले त्यसकाविरुद्ध आन्दोलन गर्नुपरेको दावी गर्नुभयो ।
श्रीधर पौडेल, नवलपरासी ५ बैशाख । अझैं पनि नेपाली जनता रैती समान भएको नवलपरासी क्षेत्र नं. १ का सभासद तथा नेपाली काँग्रेसका नेता डा. शंशाक कोइरालाले बताउनुभएको छ ।
गैँडाकोटको जलुके खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको १४ औँ साधारण सभामा बोल्दै डा. कोइरालाले अधिकार केन्द्रमा बस्नेसंग मात्र भएको भन्दै राज्यले जबसम्म अधिकार विकेन्द्रित गर्दैन तबसम्म नेपालको विकास सम्भव नभएको बताउनुभयो ।
राजनीतिक प्रतिवद्धता विना स्थानिय स्रोत साधनको उपयुक्त प्रयोग हुन नसक्ने भन्दै कोइरालाले साझा प्रतिवद्धतामा जोड दिनुभएको छ ।







.jpg)