रमेश रावत, अछाम ९ बैशाख । अछामका अधिकांश सरकारी विद्यालयले वार्षिक शुल्क लिने गरी विद्यार्थी भर्ना गरेका छन् ।
जिल्लाका सामुदायिक सरकारी विद्यालयले कक्षा १ देखि नै बार्षिक सेवा शुल्क लगाएर मात्र भर्ना गरेका हुन् ।
ग्रामिण भेगका समुदायमा स्थापना भएका प्राथामिक, निम्न माध्यामिक र माध्यामिक तहमा अध्यनरत विद्यार्थी भर्ना भएकै दिनमा एक चौमासिकमा हुन आउने रकम तिरेर मात्र भर्ना गरिएको छ ।
सरकारले १० कक्षा सम्मको शिक्षा निशुल्क गरेको भए पनि जिल्लाका ग्रामिण भेगमा निजि स्रोतबाट शिक्षक भर्ना गरी अध्यापन अध्यापन गराईने गरेकाले शुल्क लगाउनु परेको जिल्ला सदरमुकाम मंगलसेन स्रोत केन्द्रले जनाएको छ ।
पूर्णप्रसाद न्यौपाने, ओखलढुंगा ९ बैशाख । विद्यालय स्तरमा हुने हिँसा तथा यौन दुव्र्यवहार विरुद्धको राष्ट्रव्यापी अभियान ओखलढुंगामा सुरु भएको छ । विद्यार्थी भर्ना अभियानसँगै जिल्ला शिक्षा कार्यालयले यो अभियान पनि सुरु गरेको हो ।
अभियान अन्तर्गत जिल्लाभर चेतनामुलक ¥याली, भेटघाट, छलफल अन्तरक्र्रिया लगाएतका कार्यक्रमहरु भईरहेको ओखलढुंगा स्रोत केन्द्रका स्रोत व्यक्ती जिवन कुमार नेपालले जानकारी दिनुभयो । ‘हिँसा यौन दुव्र्यवहार र विभेद मुक्त विद्यालय बनाऔँ, सबै बालबालीकालाई विद्यालय पठाऔँ’ भन्ने मुल नाराका साथ सञ्चालीत विद्यार्थी भर्ना निरञ्तरता र उपलब्धी सुधार कार्यक्रम सफल पार्दै विभेद विरुद्धको अभियान चलाईएको उहाँको भनाई छ ।
अभियानलाई शिक्षक विद्यार्थी सहित शिक्षासँग सम्बद्ध सरोकारवालाहरुले ऐक्यवद्धता जनाएका छन् । अहिले जिल्लाभर विद्यार्थी भर्ना तथा स्वागत अभियान सञ्चालन भईरहेको छ ।
काठमाडाैं ७ बैशाख । नयाँ शैक्षिक सत्रका लागि बढाएको शुल्क १५ दिनभित्र फिर्ता गर्ने सहमति बनेपछि विभिन्न विद्यार्थी संगठनले आब्हान गरेको निजि विद्यालय बन्द फिर्ता भएको छ । सरकार र विद्यार्थी संगठनबीच दश बुँदे सहमतिपछि सोमबार देखि गर्ने भनिएको निजि विद्यालय बन्द फिर्ता भएको हो ।
आइतबार राति शिक्षा मन्त्रालयमा दुईपक्षबीच छ घण्टा लामोे वार्तापछि विद्यालय बन्दको कार्यक्रम फिर्ता भएको हो । सहमति अनुसार तत्काल शुल्कवृद्धि स्थगन तथा फिर्ता गर्ने र त्यसको पुनरावलोकन एवम् अनुगमन गर्न एक प्राविधिक समिति गठन गरी एक महिनाभित्र प्रतिवेदन प्राप्त भएपछि थप कारबाही गर्ने सहमति बनेको छ ।
तर निजि विद्यालयहरुको छाता संगठन प्याब्सनले भने गत वर्षकै शुल्क कायम गर्नुपर्ने सर्त मान्न नसकिने जनाउँदै फरक मत राखेको छ । एक हप्ता अघि बसेको शुल्क निर्धारण समितिको बैठकले निजि विद्यालयलाई २२ प्रतिशत शुल्क बढाउने अनुमति दिएको थियो । सर्वोच्चको आदेशमा तीन वर्षसम्म शुल्क नबढाएका विद्यालयहरुले बढेको शुल्क अनुसार भर्ना लिन थालिसकेको भएपनि नयाँ सहमति पछि शुल्क बढाएर भर्ना गर्न नपाइने भएको छ ।
उज्जवल बुढा, सुखड ६ बैशाख । निजि विद्यालयहरुले नया शैक्षिक सत्र देखि बढाएको शुल्क बृद्धि फिर्ता, अबैधानीक तरीकाले संचालन गरिएका निजि विद्यालयलाई कारवाही लागाएतका माग राख्दै आइतबार देखि अनिश्चित कालका लागि शैक्षिक हड्तालका आहवान गरीएको छ ।
तिन माओवादी निकट अखिल क्रान्तिmकारी विद्यार्थी संगठनहरुले आज देखि कैलालीमा अनिश्चित कालका लागि शैक्षिक आमहड्तालको अहवान गरेको हो । बारम्बार विभिन्न दवाब मुलक आन्दोलनका कार्यक्रम गरेपनि कुनै सुनुवाई नहुदा शैक्षिक हड्ताल गर्नुपरेको एमाओवादी निकट अखिल क्रान्तीकारी विद्यार्थी संघ कैलालीका अध्यक्ष्य ईश्वर सोडारीले बताउनुभयो ।
शैक्षिक हड्ताल गर्दा पनि सुनुवाई नभए अझै सशक्त रुपमा आन्दोलनका कार्यक्रम गर्ने उहाले बताउनुभयो । आन्दोलनलाई विथोल्न खोजे प्रतिकार गर्ने समेत चेतावनी दिईएको छ । कैलालीमा आइतबार देखि निजी विद्यालयहरु अनिश्चित कालका लागि बन्दको आहवान समेत गरिएको छ ।
मुगु ६ बैशाख । मुगुको दोल्फु ४ का पेमा ग्याल्बु लामा छोरा उर्गिल लामालाई बोकेर सदरमुका आएको दुई वर्ष भयो । लामा मात्रै होइनन् गाउँबाट जातक छोराछोरी बोकेर सदरमुकाम आउने अभिभावक धेरै भेटिन्छन् । यसरी उनीहरु सदरमुकाम गमगडी आउनुको एउटै कारण हो, छोराछोरी पढाउनु ।
कअजयय)ि तभबअजभचछ गाउँमा विद्यालय नभएर तथा विद्यालयमा शिक्षक नभएर अभिभावकले सदरमुकामसम्म छोराछोरी लगेका भने होइनन् । ४० वर्ष पहिले नै स्थापना भएको कान्जिरोवा प्राथमिक विद्यालयमा शिक्षक दरबन्दी अनुसार भएपनि १३ वर्षदेखि नियमित पढाइ भने हुनसकेको छैन् । एक वर्षमा ६ दिनमात्र विद्यालय खुलेको राजधानीमा खबर छ ।
विद्यालयमा रहेका शिक्षकलाई विद्यार्थी संख्या, हाजिरी पुस्तिका लगायतका सामान नै थाहा छैन् । गत भदौमा सरुवा भएका शिक्षक तुलबहादुर कार्की २२ मंसिरमा मात्र विद्यालय पुगेका थिए । तर, उनले विद्यालयमा आफूहरुले हाजिर गर्ने हाजिरीकपी भेट्टाएनन् । सरकारी नीतिअनुसार देशभरका विद्यालय एक शैक्षिक सत्रमा दुई सउय २० दिन अनिवार्य खुल्नुपर्छ र एक सय ९२ दिन अनिवार्य कक्षा सञ्चालन गर्नुपर्ने व्यवस्था छ । तर दोल्फु गाउँकासीका लागि यो एकादेशको कथा हो ।
हरि शर्मा, नवलपरासी ५ बैशाख । शुल्क बढाएको विरोधमा नवलपरासीका ६ विद्यार्थी संगठनहरुले अनिश्चितकालिन निजी विद्यालय बन्दको घोषणा गरेका छन् ।
आईतवारदेखि गरेको अनिश्चितकालिन विद्यालय बन्द बृद्धि गरेको शुल्क फिर्ता नभएसम्म जारी रहने ती विद्यार्थी संगठनहरुले जनाएका छन् ।
नेविसंघ, अनेरास्ववियु, एमाओवादी, बैद्य र विप्लव माओवादी निकट अखिल क्रान्तिकारी र नेपाल विद्यार्थी मोर्चाद्धारा संयुक्तरुपमा जारी विज्ञप्तीमा जिल्ला शिक्षा कार्यालयको मिलमतोमा नेपालमै सबैभन्दा बढी नवलपरासीका निजी विद्यालयहरुले ५५ प्रतिशतसम्म शुल्क बृद्धि गरेकाले फिर्ता नलिए सरकारी शैक्षिक संस्थासहित अन्य क्षेत्रमा पनि कडा आन्दोलन गर्ने चेतावनी दिइएको छ ।
नेविसंघका अनिस यादवका अनुसार निजी विद्यालयहरुले शुल्क बृद्धि गरेर अभिभावकहरुको ढाड भाँच्ने कार्यमात्र नगरी प्रहरी लगाएर विद्यार्थीहरुलाई कुटिपिट गरेको जनाउँदै शुल्क बृद्धि फिर्ता नगरेसम्म विद्यार्थीहरुलाई भर्ना नगराउन पनि अभिभावहरुलाई आग्रह गरिएको छ ।
दीपकअनुरागी आचार्य, कपिलवस्तु ५ बैशाख । कपिलवस्तुमा थप ३९ बिद्यालयले संचालन अनुमति पाएका छन् । जिल्ला शिक्षा समितिले प्राबि, निमाबि, माबि र गुठी संस्थान संचालन गर्न अनुमिति दिएको हो ।
शिक्षा समितिले बैठकले सामुदायिक र सस्थागत गरी २० प्राबि, १३ निमाबि, ६ माबि र एक गुठी संस्थालाई अनुमति दिएको सहायक जिल्ला शिक्षा अधिकारी लिल बहादर राउतले जानकारी दिनुभयो ।
सामुदायिक प्राबिमा ३, संस्थागत १६, सामुदायिक निमाबि ५, संस्थागत ८ तथा सामुदायिक माबि एक र संस्थागत ५ माबिले अनुमति पाएका छन् । माबिका लागि माग गरेको तौलिहवास्थित एचडि मेमेरियल बोडिङ स्कुललाई बिचाराधिन राखिएको राउतले बताउनुभयो ।
प्राबि र निमाबि संचालनका लागि समितिको निर्णय अनुसार शिक्षा कार्यालयले अनुमति दिने प्रावधान रहेको छ । माबि संचालनका लागि क्षेत्रीय कार्यालय पोखरामा सिफारिस गरी पठाईएको छ । शिक्षा ऐन २०२८ को दफा ३ र नियमावली अनुसार बिद्यालय संचालनका लागि अनुमिति दिईएको हो । बिद्यलय संचालनकालागि कुल १ सय ३ प्रस्ताव आएको थियो ।









.jpg)