![]() |
| यिनै नै हुन पैसा लिई फरार हुने काजिमान भण्डारी |
प्रदिप राई, कोलालाम्पुर मलेसिया ९ बैशाख । मलेसियाको केलाङ कापर बातु १७ स्थित ग्लोब कम्पनि PGA-2 कम्पनी (KOSSN) कम्पनिमा कार्यरत काजिमान भण्डारीले सोही कम्पनिका साथीहरुको पैसा निकालेर ल्याउछु भनेर सबै जनाको बेङ्क काड लिई १६४५० आर एम पैसा निकाली त्यहा बाट फरार भएका छन।
धनकुटा जिल्ला लेगुवा गा बि स - ३ भण्डारी टोल खनिया निबासी नगेन्द्र भण्डारीको छोरा बताउने काजिमान भण्डारीेले सँगै कम्पनिमा काम गर्ने साथिहरुको पैसा लिई फरार रहेको सोही कम्पनिका पीडित चितवन जिल्ला बिरेन्द्रनगर गा बि स वडा नम्बर ४ घर भएका बलराम सुबेदीले बताए।
पिडितहरु उक्त कम्पनिमा कार्यरत चितवनका दिप घिमिरे १२५० आर एम, बलराम सुवेदी १५५० आर एम, अबिरल थापा मगर ११०० र नबलपरासिका एम चौधरिवाट १२०० आर एम त्यस्तैगरि मोरङका कबिनारायण खतिवडाको १२५० आर एम, चन्दन पन्डितका १३०० आर एम, र भोजपुरका किसान भुजेलको १४५० आर एम, दिपक खत्रिको २७०० आर एम, त्यस्तै गरि वर्दियाका देब बहादुर वलीको ५०० आर एम र दाङका बिनोद डागि ७०० आर एम, त्यस्तै गुल्मिका किरण थापाको १००० आर एम, र मुगुका रामबहादुर साहिको ५०० आर एम, योगराज बुढाको १००० आर एम, र होम बहादुर थापाबाट १००० आर एम लगाएतका जम्मा १६४५० आर एम लिई गायब भएको पिडित सुनेदीले बताए।
फरार ब्याक्ती काजिमान भण्डारी लाई भेट्नु हुने देख्नु हुने जो कोही नेपाली दाजु भाई तथा दिदी बहिनिहरुलाई यो मोबायल नम्बरमा संपर्क गरी दिनु हुन अनुरोध पनि गरेका छन ।
बलराम सुबेदी - ०१३२१५८७५५
प्रदिप राई, (क्वालाम्पुर) मलेसिया ८ बैशाख । मलेसियाको जोहर राज्यको फ्लेक्ट्रोनिक कम्पनीमा कार्यरत एक नेपालीको युवाको मृत्यु भएको छ। धादिङ जिल्ला कल्लेरी - ६ खरिढुङा घर भएका अन्दाजी २३ बर्षिय अर्जुन भुजेल गए गत शनिबार बिहान मृत्यु भएका छन।
शनिबार बिहान होस्टल बाट कम्पनी जाने क्रममा बस चाडह्नु साथ बेहोस भएर ढलेका थिए बेहोस भए लगतै साथी हरुको सहयोगमा अस्पातल पुर्याईका थियो भने अस्पातल भर्ना गरेको केही समयमै उनको मृत्यु भएको घोषणा गरिएको मृतकका साथी ईस्वार मगरले बताउनु भयो। भुजेलको मृत्यूको कारण भने खुल्न सकेको छैन । उनी मलेसिया जानु अघि जनमुक्ति सेनाको शक्तिखोर शिविरमा रहेका थिए ।
जनमुक्ति सेना छाडेर केही समय पोखरा बसेका उनले गत असारमा धादिङ साँखुमा विवाह गरेका थिए । विवाहको एक हप्तापछि रोजगारीका लागि विदेशिएका भुजेलको शनिबार बिहान निधन भएको हो । मृतक को सब पोस्ट मार्डमको लागि जोहर अस्पातलमा राखिएको र केही दिन मै नेपाल सब पठाउने मगरले बताउनु भयो।
काठमाडौँ ८ बैशाख । फेसबुकका पोष्ट तथा फेसबुक पेजमा देखिने गरेका फेक लाइक्स केहि समयमै हटाइने फेसबुकले जनाएको छ । फेसबुकका अनुसार फेक लाइकको बिरुद्ध फेसबुक यस्तो लेवलमा पुगेको छ कि कुनै पनि खराब वेब ऐक्टर्सहरुले अब आफ्नो ब्यबसाय नै बन्द गर्नुपर्ने भएको छ ।
फेसबुक लाइक्सको स्पष्ट चिन्ने प्याट्रन टेक्नोलोजी प्रयोग गर्ने बताउंदै फेसबुकले फेसबुक लाइकमा हुने फेक ब्यबहार अब अन्त्य हुने जनाएको हो । यो प्रबिधि सोशल नेटवर्क अन्तर्गत मौलिसीयस सफ्टवेयर, फ्र्यांड अकाउन्ट्स र लो-पेड वर्कर्स आर्मीको काम गर्ने क्लिक फार्म अपरेशनद्वारा फेसबुकले फेसबुक फेक लाइकलाई लगाम लागाउन सजिलोभएको बताएको छ ।
फेसबुक साईटको सेक्युरिटि इन्जिनियर केरेम जेवाहिरले एक ब्लग पोस्टमा लेखेका छन्- "हामीले फेक लाइक्सलाई रोक्नको लागि विभिन्न तरीका अपनाईरहेका छौं र सुधार पनि गर्दैछौं किनकी फेसबुकमा स्कामरहरु लगातार बढ्दै छन् र हाम्रो स्पाम प्रिभेन्सन सिस्टमसम्म पुग्ने कोशिश गर्दैछन् ।
हामीले बिभिन्न कारण फेसबुकलाई पैसा दिएर लाइक बढाउने कस्टमर्सहरुलाई त्यति लाइक्स दिन सकिएका छैनौं जति हामीहरुले कस्टमर्सलाई दिने सम्झौता गर्दै आएका छौं ।" जवाहिरका अनुसार, पछिल्लो ६ महिनामा, फेसबुकले पेजमा हुने फेक लाइक सम्बन्धित पेजमा बढ्नु अगावै डिटेक्ट र ब्लक गर्ने गरेको संख्या तीन गुणा बढेर गएको छ । यो कार्यबाट फेक लाइक दिनानुदिन हट्दै गएको छ, तर पनि फेसबुकले पछिल्लो पटक फेसबुकमा हुने फेक लाइकलाई पूर्ण रुपमामा हटाउन आफुहरु तत्पर रहेको जनाएको छ ।
दिलिप पराजुली, दोहा कतार ६ बैशाख । दाङदेउखुरी सेवासमाज कतारले दोहाको टपफम रेस्टुरेन्टको शभा हलमा सस्थाकी बरिस्ठ सल्लाहकार श्रीमती सोया दाहालको श्रदान्जली कार्यक्रम गरेको छ | "आयो टप्प टिप्यो लियो मिती पुग्यो टारेर टर्दैन त्यो" श्रीमती सोया दाहाल दाङ देउखुरी सेवासमाजको बरिस्ठ सल्लाकार मात्र नभएर गैरआबासिय नेपाली संघ रास्ट्रिय समन्वय परिषद कतारको बर्तमान कार्य समिती सदस्य तथा कतारमा स्थापित विभिन्न संघ सस्थाहरुमा आबद्दरही नेपाली समुदायकालागी निरन्तर सहयोग पुर्याउदै आउनुभएकी एक कर्ताब्यसिल नारीको दुखद निधन प्रति गहिरो दुख व्यक्त गर्दै दाङ देउखुरी सेवासमाज कतारको आयोजनामा सम्पूर्ण संघ सस्था प्रतिनिधि, बुद्दिजिबी, समाजसेवी, ब्यबसायी तथा विभिन्न व्यक्तित्वहरुको संयुक्त उपस्थित्वमा मृत आत्माको चिर शान्तिको कामना गर्दै श्रदान्जली कार्यक्रम सम्पन्न भएको छ |
दाङ देउखुरी सेवा समाज कतारले आयोजना गरेको उक्त शोक सभाको सभापतित्व सस्थाका अध्यक्ष श्री सुर्य सुबेदीले गरेका थिए भने गैर आवासीय नेपाली संघ अन्तरास्ट्रिय समन्वय समितिका उपाध्यक्ष टि बि कार्की, जानसम्पर्क समितिका का. बा.अधक्ष्य देबराज अबस्थि, मोरङसुनसरी सेवासमाजका सचिब चिरन्जिबी तिम्सिना, स्याङ्जा सेवासमाजका प्रमुख सल्लाहकार रामु बस्याल, बाग्लुंग सेवा समाजका अधक्ष्य रमेश भट्ट, गुल्मी सेवा समाजका अधक्ष्य शिब खड्का, जनप्रगतिशील मंचका संरक्षक शनि कुमार वली, सस्थाका बरिस्ठ सल्लाहकार कमलमणी गुरागाई, गैह्र आवासीय नेपाली संघ रास्ट्रिय समन्वय परिषद्का दितीय उपाध्यक्ष सुक बहादुर तामांग, बलदेव राना, द्रोण बस्नेत, आश बहादुर गुरुङ, चानक पोख्रेल, अमिना खान, रास्ट्रिय गायिका रमा अर्याल लगाएत विभिन्न व्यक्तित्वहरुको उपस्थिति रहेको थियो |
उक्त कार्यक्रममा सस्थाका बरिस्ठ सल्लाहकार कमलमणी गुरागाइले स्वर्गीय श्रीमती सोया दाहालको जिबनी सबै माझ सुनाउदै सोकनुकुल जनहरु प्रति धैर्य धारण गर्ने सक्ती मिलोस भन्दै मृत आत्माको चिर शान्तिको कामना गर्दै शुभकामना मन्तब्य राखेका थिए | त्यस्तै भिन्न व्यक्तिहरुले स्वर्गीय श्रीमती सोया दाहालको मृत आत्माको चिर शान्तिको कामना गर्दै दाङको समन्य परिवारमा जन्म भएकी सोया दाहाल काठमाडौँमा कामको सिलसिलामा बस्ती रहदा काभ्रे जिल्लाको पनौतीमा सामान्य परिवारका एक दाहाल परिवारमा उनको बिवाह भएको बताउदै उनी कतार रहदा उनले कतारमा रहने उनका मित्र हरुलाई सहयोगका लागि लगानी गरेको रकमलाई नेपालमा उनको परिवार समक्ष पुर्याउन सहयोग पुर्याउन तथा उनको नेपालमा रहेको छोरोलाई कतार सम्म लियाएर उपयुक्त पेसामा सम्लग्न गराउन सके उनको इच्छा पुराहुने र उनको मृत आत्माले शान्तिपाउने छ भन्दै आ-आफ्ना मन्तब्य हरु प्रस्तुत गरेका थिए | कार्यक्रमको अन्तमा सभापति सुर्य सुबेदीले सस्था प्रति उहाको योगदान कहिले नभुल्ने रहेको बताएका थिए ।
प्रदिप राई (क्वालालम्पुर) मलेसिया ५ बैशाख । रोजगारको शिलशिलामा मलेशिया आएका एक नेपाली युवतिले यही १७ तारिक शुक्रबार झुण्डेर आत्माहत्या गरेका छन। पाल्पा जिल्ला घर भएका सिमा कुमारी मगरले बाथरुममा झुन्डेर आत्महत्या गरेका थिए।
मलेसियाको राजधानि क्वलालाम्पूर नजिकै रहेको सेलेङगोर राज्यको साहआलममा रहेको सेक्सन बिष त्ब्त्ब्थ्ब्ःब् ऋइःएब्ल्थ् मा कार्यरत सिमा कुमारी मगरले हिजो अप्रिल १७ तारिक, बाथरुममा झुण्डेर आत्महत्या गरेको स्रोतले जनाएको छ। कम्पनिको नियमित काम सकेर बेलुका साढे नौ बजेको समयमा होस्टेलमा पुग्नु बितिकै सिमाले बाथरुममा गएर घाटिमा पासो लगाई झुण्डिएर आत्म हत्या गरेको सोहि कम्पनिमा कार्यरत दिवश पुन, आशा राईले बताउनु भएको छ ।
मलेसियमा रोजगारको शिलशिलामा एक बर्ष अगाडी मात्र मगर मलेसिया आएका थिए । अन्दाजी ३० बर्षिय सिमाले आत्म हत्या गर्नुको रहस्य खुल्न सकेको छैन भने मृतक मगरको सब पोष्टमारटमको लागी केलाङ् अस्पतालमा राखिएको राईले बताएकाछन्।
अमेरिका, ४ बैशाख । अमेरिकाको टेक्सासमा एक महिलाले एकसाथ पाँच छोरीलार्इ जन्म दिएकी छन् । जन्मिएका पाँचैजना छोरी स्वस्थ र सकुशल रहेका छन् ।
जुम्ल्याहा, तिम्ल्याहा या चम्ल्याहाको जन्म त सजिलै भएका थिए तर पाँचजना एकै पटक जन्मेको यो नौलो रेकर्ड हो । बच्चा जन्मिएका टेक्सासको अस्पतालले सन् १९९९६ पछि यो दुनियाँको पहिलो घटना भएको दाबी गरेको छ ।
ह्युस्टन निवासी ड्यानियल बेस्बीले टेक्सासको महिला अस्पतालमा चार मिनेटभित्र यी पाँच छोरी जन्माएकी हुन् । यिनीहरुको जन्म २८ साता दुर्इ दिन लामो गर्भपछि भएको हो ।
पति एडम छोरीहरु जन्मेपछि धेरै खुसी भएका छन् । उनीहरुलार्इ पिताले खुसीसाथ स्वागत गरेका छन् । बेस्बी पनि धेरै खुसी रहेकी छन्, उनले पाँच छोरी दिएको भन्दै भगवानलार्इ समेत धन्यवाद दिएकी छन् ।
आफ्ना सबै शिशु बचाइदिएकोमा उनले अस्पताल परिवारप्रति आभार व्यक्त गरेकी छन् । छोरीहरुको जन्मको श्रेयसमेत उनले अस्पताललार्इ दिएकी छन् । बेस्बी र एडमको यसअघि तीन वर्षकी ब्ल्येक नामकी छोरी नै छिन् ।
एडमले युट्युबमा हालेको छोरीहरुको भिडियोमा उनीहरु सबै आफ्नो आफ्नो विशेषता रहेको बताएका छन् । उनीहरुको व्यक्तित्वले यो झलक दिइरहेको उनको भनाइ छ ।
ड्यानियल पेशाले ट्रुपर ९सैनिक० हुन् । अस्पतालकी डाक्टर अलेलेक्जेन्डर रेइटरले गर्भावस्था र प्रसुतीका क्रममा ड्यानियललले प्रयाप्त शारीरिक अभ्यास गरेकाले पाँच सन्तान एकै पटक जन्माउन सकेकी हुन् ।
डाक्टर रेइटरले यो प्रसुती सफल बनाउन लगभग १२ जना स्वास्थ्यकर्मीको सहयोग लिएकी थिइन् । त्यही कारण यी पाँचै शिशुको जन्म सहज भएको हो ।
यी शिशुहरुको स्याहारमा अहिले अस्पतालमा सातजना चिकित्सक खटिएका छन्। जसमा पाँचजना नवजात शिशु विशेषज्ञ रहेका छन् । चिकित्सकको निगरानीका कारण सबै नानीहरु स्वस्थ हुने क्रममा छन् ।
उनीहरुमा श्वास फेर्न थोरै समस्या भएको थियो । जसमा उनीहरुलार्इ मेसिन सहयोगमा श्वास फेर्न सजिलो बनाइएको छ । डा। रिवेराका अनुसार उनीहरु पाँचैजनाले जिन्दगीको बलियो शुरुवात गरेका छन् । उनले यी बालिका स्वस्थ भएर बढेको हेर्न आफूहरु आतुर रहेको प्रतिक्रिया दिएकी छन् ।
यसभन्दा अघि सन् १९८० मा अमेरिकामै एकैसाथ पाँच बच्चाको जन्म भएको थियो । जसमा एकजनाको मृत थिए भने चारवटा जीवित जन्मेका थिए । एजेन्सी











.jpg)