आजदेखि राजधानीमा एएफसी यु १४ छात्रा च्याम्पियनसीप सुरु हुने

काठमाडाैं, ७ बशाख ।  राजधानीमा आजदेखि  १४ वर्ष मुनिका महिला खेलाडी सम्मिलित एएफसी यु १४ छात्रा च्याम्पियनसीप हुने भएको छ ।  

एसियाली फुटबल महासघले आयोजना गरेको प्रतियोगीताको  पहिलो खेलमा नेपालले इरानको सामना गर्ने भएको छ । 

आजको उद्घाटन खेलमा नेपाली महिला टोलीले दिउँसो १ बजे त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा इरानको सामना गर्ने भएको हो । प्रतियोगितामा नेपालसहित श्रीलंका इरान, माल्दिभ्स, भारत, भुटान र बङ्गलादेशको सहभागीता छ ।

0 comments

Post a Comment