अछामका अधिकांश सरकारी विद्यालयले वार्षिक शुल्क लिने गरी विद्यार्थी भर्ना सुरु
रमेश रावत, अछाम ९ बैशाख । अछामका अधिकांश सरकारी विद्यालयले वार्षिक शुल्क लिने गरी विद्यार्थी भर्ना गरेका छन् ।
जिल्लाका सामुदायिक सरकारी विद्यालयले कक्षा १ देखि नै बार्षिक सेवा शुल्क लगाएर मात्र भर्ना गरेका हुन् ।
ग्रामिण भेगका समुदायमा स्थापना भएका प्राथामिक, निम्न माध्यामिक र माध्यामिक तहमा अध्यनरत विद्यार्थी भर्ना भएकै दिनमा एक चौमासिकमा हुन आउने रकम तिरेर मात्र भर्ना गरिएको छ ।
सरकारले १० कक्षा सम्मको शिक्षा निशुल्क गरेको भए पनि जिल्लाका ग्रामिण भेगमा निजि स्रोतबाट शिक्षक भर्ना गरी अध्यापन अध्यापन गराईने गरेकाले शुल्क लगाउनु परेको जिल्ला सदरमुकाम मंगलसेन स्रोत केन्द्रले जनाएको छ ।
0 comments