जुम्लामा देखिएन स्वाइनफ्लुको प्रभाव

जुम्ला, ८ बैशाख । जाजरकोट जिल्लामा फैलिएको स्वाइनफ्लुको प्रभाव जुम्लामा अहिले सम्म नपरेको क्षेत्रिय स्वास्थय निर्देशक डाक्टर राजेन्द्र पन्तले बताएका छन् । 

प्रभाव नपरोस् भन्ने उदेश्यले जाजरकोटसँग सीमाना जोडिएका गाविसका नाकाहरुमा स्वास्थ्यकर्मी समेत परिचालन गरिएको उनले जानकारी दिए । 

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा आएका विरामीहरु मौसमी रुघाखोकीको भएको हुनाले यसबाट नआतिन पनि प्रतिष्ठानका डाक्टर निरेश थापाले आग्रह गरे । समस्या आईहालेमा औषधी परिक्षण किट पनि आई सकेको जानकारी दिदै डा थापाले समस्या नहुने दावी गरे । 

जिल्लाको ताम्ती, गोठिचौर, हाकु र मालिकाठाटा गाविसमा औषधीसहित स्वास्थ्यकर्मी परिचालन गरिएको जिल्ला जनस्वासथ्य कार्याले जनाएको छ । 

0 comments

Post a Comment