स्याउको विरुवा बेचेरै यस वर्ष जुम्लालाई २७ लाख रुपैयाँ अम्दानी

सन्तोस उपाध्याय जुम्ला  ५  वैशाख  ।  स्याउको विरुवा बिक्र गरेर यस वर्ष जुम्लालाई २७ लाख रुपैयाँ अम्दानी भएको छ । १ सय १० वटा फलफूल नर्सरीबाट १ लाख ७ हजार विरुवा जिल्ला बाहिर बिक्री गरिएको हो ।

 स्याउको प्रति विरुवा २५ रुपैयाँका दरले बिक्री गरिएको जिल्ला कृषि विकास कार्यालय जुम्लाका वरिष्ठ कृषि विकास अधिकृत तेजनारायण गैरेले जानकारी दिए । नेपालका ५ ओटै विकास क्षेत्रमा जुम्लाको स्याउको विरुवा पुग्ने गरेको उनले वताए । यस वर्ष सबै भन्दा बढी अर्थात् २४ हजार विरुवा डोल्पा जिल्लामा निर्यात भएको उनले वताए ।

स्याउ आत्म निर्भर कार्यक्रम लागू भईसकेपछि कर्णालीका पाँच वटै जिल्लामा बगैंगा विस्तार भइरहेका छन् । यस वर्ष कर्णालीका ४ जिल्लामा ४० हजार विरुवा निर्यात भएका छन् । जिल्ला भित्रै उत्पादन हुने भएपनि जुम्लाबाट डोल्पामा २४ हजार, मुगुमा ७ हजार ५ सय, कालिकोटमा ४ हजार ५ सय र हुम्लामा ४ हजार निर्यात भएको जिल्ला कृषि विकास कार्यालय जुम्लाले जानएको छ ।

कलमी प्रविधिबाट उत्पादन गरिएका विरुवा सोलुखुम्बु र दार्चुला पुगेको वरिष्ठ कृषि विकास अधिकृत गैरेले जनकारी दिए । सोलुखुम्बुमा २ हजार र दार्चुलामा ५ हजार ५ सय विरुवा निर्यात भएको हो । जिल्ला कृषि विकास कार्यालयको सिफारिस लिएर मात्रै विरुवा बाहिर लिन पाउने व्यवस्था गरिएको छ । नर्सरी धनीले जिल्ला बाहिरबाट मात्रै २७ लाख रुपैया आम्दानी गरेका हुन् ।

0 comments

Post a Comment