कर्णालीमा कृषि विश्व विद्यालय स्थापना गर्नु पर्ने केन्द्रीय अध्यक्ष लबजुको भनाई

शान्तिमाया खत्री, जुम्ला ५ बैशाख । नेपाल क्रान्तिकारी विद्यार्थी संघका केन्द्रीय अध्यक्ष निरोज लबजुले कर्णालीको भौगोलिक अवस्थालाई मध्यजनर गरेर कर्णाली कृषि विश्व विद्यालय स्थापना गर्नु पर्ने बताउनु भएको छ । 

नेपाल क्रान्तिकारी विद्यार्थी संघ जुम्लाको १३ औं जिल्ला सम्मेलनमा सम्बोधन गर्दै उहाले यस्तो बताउनु भएको हो । ग्रामीण क्षेत्रका विद्यालयमा पनि गुणस्तरिय शिक्षा प्रदान गर्न तर्फ सरकारको ध्यान जान आवश्यक रहेकोमा जोड दिनुभयो ।  

सरकारले निजि  विद्यालय र सरकारी विद्यालयमा गरेर दुई थरीको नागरिक उत्पादन गरिरहेकोभन्दै उहाँले निजी विद्यालयले मनपरी ढङ्गबाट शुल्क अशुली  गरिरहेकाले त्यसकाविरुद्ध आन्दोलन गर्नुपरेको दावी गर्नुभयो । 

0 comments

Post a Comment