पर्यटकीय गन्तव्य पोरखे गढी ( फोटो कथा )

वषौँसम्म ओझेलमा परेको बाजुराको बडिमालीका नगरपालिका  स्थित पोरखे गढी पर्यटकीय गन्तव्य बन्ने सम्भावना रहेको छ । पोरखे गढीमा सडकको पहुँच पुग्न थाले पछी अहिले यस क्षेत्र आन्तरिक पर्यटकको आकर्षकको केन्द्र बन्न पुगेको छ । प्राकृतिक सुन्दरताले भरिएको, हरियो जंगल आसपास रहेको, बाजुराकै अग्लो त्रिशूल रहेको यस क्षेत्रलाई हाल पोरखे लेख नामले समेत चिनिने गर्दछ । ऐतिहासिक गढीका रुपमा रहेको यस क्षेत्रमा बाजुराकै अग्लो कालाजग्रासन्तोषी माता, चडिदह, मालिका मन्दिर, रहेका छन । कालाजग्रा मन्दिर लगायतका धार्मिक स्थलसमेत रहेकाले यो क्षेत्र धार्मिक तथा पर्यटकीय गन्तव्यस्थल समेत बन्दै गएको स्थानीय गोरख धामीले बताए ।
SAMSUNG CAMERA PICTURES
आन्तरिक र बाहृय पर्यटकीय गन्तव्य बनेपछि यस क्षेत्रका आसपास बडिमालीका को ढम्कने,  पाण्डुसैन गाबिसको काधं लगाएत विभिन्न ठाउँमा व्यवसाय फस्टाउने गरेको अनुमान गरीएको छ । सयौं बर्ष अघिसम्म सुनसान यस क्षेत्रमा पर्यटकको आगमन बढेपछि विभिन्न पसल, व्यवसाय सञ्चालन तथा होटल र लजपनि खुल्न सक्ने भएको स्थानिय बासी बताउछन । विशेषगरी शान्त एवम् मनोरम वातावरण, उपत्यकाजस्तो र घाँसे मैदान, बिभिन्न ताल तलैयाहरुको मनोरम दृश्यावलोकन गर्न सकिने डाँडा, धार्मिक तथा ऐतिहासिक सम्पदा र पैदल यात्रिका लागि पनी सहज र सजिलो भएको र सदरमुकाम हदै बाजुराको प्रमुख ब्यापारी केन्द्र तथा एयरपोट बजार कोल्टी र कणाली कालीकोट, मुगुको रारा, हुम्ला जुम्लाको ब्यापारीक बाटोको रुपमा चिनीने सो ठाउँ जाने पदमार्ग सेती कर्णाली राजमार्गसमेतले चिनिने भएकाले यस क्षेत्र पर्यटकका लागि आकर्षकको स्थल बन्दै गएको स्थानीय टेक बहादुर सिहंले बताए ।

यस क्षेत्रमा पिकनिक र चलचित्रको छायाङकनका लागिसमेत यो क्षेत्र गन्तव्य बन्ने बाजुराका नागरीक अगुवाहरुले बताउन थालेका छन । जिल्ला विकास समिति, गाविस तथा नगरपालिका कार्यालय र सरकारले विकासका लागि चासो दिनसके जिल्लाकै विकट मानिएको यस क्षेत्रको मुहार फेरिने स्थानीय बताउँछन् ।

विशाल फाँट (पाटन) को छेउछाउमा मिलाएर रोपिएका जस्ता देखिन रुखहरु । छिनछिन मौसम परिवर्तन भइरहने कहिले पानी पर्ने, कहिले बादल देखापर्ने कहिले घाम लाग्ने । अझ पुसदेखि फागुनसम्म सेताम्य भएर हिउँले ढाकिने फाँट, अनी फाँटको छेउमा मिलाएर रोपिएका जस्ता देखिने बुट्टाहरु देखिने हिउँको दृश्य हो पोरखे गडी आसपासका क्षेत्रहरु त्यस ठाउँलाई बाजुराको सबैभन्दा ठुलो बुढीगंगा नदिको उद्यगम स्थानले पनी चिनिन्छ ।
b
पोरखे क्षेत्र जति राम्रो छ, त्यहाँ पुग्नका लागि गाह्रो भने छैन । बझाङ, बाजुरा, डोटी र अछामको संगमस्थल पोरखे गढी क्षेत्रको प्रमुख स्थान बाजुराको धरोहर बुढिनन्दा मन्दिर हो ।

के–के देखिन्छन पोरखे गढीबाट ?
बुढिनन्दा ताल तथा मन्दिर,  सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक एवं पर्यटकीय स्थल बडि मालिका मन्दिर, कालाजग्रा गुफाताल लगायत यी धार्मिक स्थलले मात्र पोरखे गढी क्षेत्र प्रख्यात नभएर यस क्षेत्रमा ठूला साना गरी दर्जन भन्दा बढि फाँटहरु पनि यहाँको प्रमुख आकर्षण हुन् एैतिहासीक दरवार पोरखी गढी हालसम्म अबषेस रहेको देख्न पाईन्छ साथै ति पाटनका घासे मैदान नेपालको तराईका भन्दा बढी फाँट भएको सो क्षेत्रलाई देख्न सकिन्छ । यतिबेला पोरखे आसपासका फाँटको हिउँ पग्लिसकेका कारण विस्तारै पोरखेका फाँटहरु हरिया बन्ने प्रयासमा रहेका छन् भने फूलका मुना पलाउन थालेका छन् ।

पोरखेको फाँट
यस क्षेत्रमा ४ रैथाने सहित १ सय ३५ किसिमका फूल फुल्ने गर्दछन् । त्यसकारण पनि यो क्षेत्र प्राकृतिक इतिहासको संग्राहालय र जीवित बगैंचा भएको मार्तडी १ का स्थानियबासी दल बहादुर रोकाया बताउँछन् । नेपालमा पाइने ७ सय मुख्य जडिबुटीमध्ये २ सय २४ प्रजातिका जडिबुटी यसै क्षेत्रमा पाइन्छ । प्रकृतिको यो अनौंठो संग्राहालयमा ५ सय ६७ प्रजातिका वनस्पति र विभिन्न २ सय जातका चराचुरुंगी छन् ।

खस्रे भ्यागुता र बझांगे पाहा गरी दुई प्रजातिका रैथाने उभयचर एवं बाघबुट्टे निगालो पाइने यो नेपालको एक मात्र खप्तड राष्ट्रिय निकुञ्ज पछीको दोस्रो प्रकृतीक क्षेत्र हो । विश्वकै दुर्लभ जातिको हरियो छेपारो पाइने यहाँ एक दर्जन बढि फाँट र २२ पाखाहरु छन् । यस क्षेत्रमा समुद्र सतहबाट ३२ सयदेखि ३५सय मिटरसम्मको उचाईमा रहेको छ । यो क्षेत्र नेपालमैै अति दुर्लभ थलथले घासे मैदानयुक्त जमीन पनि हो ।

कसरी पुग्ने पोरखे ?
पोरखे क्षेत्र पुग्दा एउटै बाटो रहेको छ । यस क्षेत्र पुग्नका लागि काठमाण्डौबाट सीधै हवाइ मार्ग हुँदै बाजुराको धावनमार्ग अर्थात कोल्टी एयरपोट पुग्न सकिन्छ अथवा बसको २४ घण्टे लामो बसको यात्रा पश्चात पुगिन्छ बाजुरा सदरमुकाम मार्तडीमा । धनगढीदेखि बाजुरासम्म अथवा सो क्षेत्र पुग्न ११ घण्टाको बसयात्रा पश्चात सुरु हुन्छ पैदल यात्रा । अहिले पोरखेसम्म जीप / र ट्याक्टर चल्ने भएकाले केहि भए पनि यातायातको सुविधा पनि पुगेको ठानिन्छ ।

हवाई यात्र गरेमा एयरपोटदेखी २ घण्टाकोे पैदल यात्रापछी यात्रा समाप्त हुन्छ । दोस्रो दिनको यात्राको सुरुवात नै पोरखे गढीबाट बाया प्रवेशसँगै कालाजग्रा यात्रा सुरु हुने गर्दछ कालाजग्रा गुपाताल र सो चुचुरोबाट बाजुरा बझाङ, अछाम, डोटी र कर्णाली अञ्चलका हुम्ला,  मुगु,  कालिकोट, जुम्ला र छिमेकी विशाल देश चिनमा अवस्तीत मानासरोबर,  मुगुको रारा बझङको सैपाल हिमाल, बाजुराका उच्च स्थानमा रहेको बुढीनन्दा ताल,  र बडिमालिकाका दृश्यवलकन गर्न सकिन्छ । पोरखे गढी दाँया बाटोको यात्रा सुरु गर्ने हो भने प्रवेशसँगै यात्राको सबैभन्दा अप्ठ्यारो तथा निकै ठाडो उकालो पश्चात केही समयसम्म यात्रा पश्चात मनमहोक फाट, घासेमैदान र बिभिन्न तालहरुको अवलोकन गर्न सकिन्छ ।

बस यात्रामा हो भने मार्तडीको ढम्कने र हवाई यात्रा हो भने पाण्डुसैनको अँगाउपानी तथा पोरेखे काँधमा खाना खाएर यात्रा सुरुवात गरेपछि बाटो त्यति अप्ठ्यारो नभए पनि ठूला ठूला चट्टान र घना जंगल र बाटोमा फुलेका रंगीचंगी फूलहरुको आनन्दले बाटोको थकान मेटिदिन्छ र यात्रा पश्चात बिहानै खाना खाएको ठाउँमा साँझ फर्कन पनी सकिन्छ । यो क्षेत्र पर्यटकीय हिसावले मात्र होइन, अध्ययन र ध्यानका लागि पनि निकै उपयुक्तस्थल रहेछ ।’ यहाँका ल्याण्डस्केप आफैमा महत्वपूर्ण भए पनि यहाँको मौसमको बदलिने स्वरुप नै महत्वपूर्ण भएको केही अगुवाहरु बताउँछन ।

यहाँका स्थानिय बासी भन्छन पर्यटकीय विकासको सम्भावना भएर पनि यसको उचित सदुपयोग हुन नसक्दा जति स्थानीय समुदायले लाभ लिनुपर्ने हो, त्यति लिन सकेको देखिएन’ प्राकृतिक श्रोेतले धनी भएर पनि यहाू पर्यटक पुग्न नसक्दा जति बाजुराका पर्यटकिय क्षेत्र आसपासका बासिन्दाले लाभ लिनुपर्ने हो, त्यति लिन नसकेको अवस्थामा पर्यटन विकासमा समाजले केही पहल गरेको बताउँदै कालाजग्रा संरक्षण समितिका अध्यक्ष रामबहादुर धामी भन्छन्– ‘अझ यसलाई ब्यापक बनाउनका लागि सबैको सहयोग आवश्यक छ ।’

कालाजग्रा संरक्षण समितिका अध्यक्ष राम बहादुर धामी भन्छन पोरखे क्षेत्रमा पर्यटक लानका लागि राज्यले त्यहाँ पर्यटकका लागि आधारभूत आवश्यकताका लागि पहल गरेमा पर्यटकको आगमनमा बृद्धी हुने दाबीसमेत गर्दछन् । बाजुराका बिभिन्न धार्मीक तथा पर्यटकीय क्षेत्र मध्य एक आकर्षक बिन्दुको रुपमा पोरखे गढी चिनिन्छ । यस क्षेत्रको पर्यटन प्रबद्धनका लागी लाग्ने हो भने बाजुरा कहिलै पनी गरीबिको रेखामुनी नहरने प्रमुख जिल्ला अधिकारी धुर्बराज जोशी बताउनु हुन्छ जिल्लाकै एक मात्र सरल सजिलो यात्रा अनी मनमहोक आर्कषकको बिन्दु पोरखे लेख र अनी गढीले बाजुरालाई हालसम्म चिनाउन सकेको छ । 
सदरमुकाम मार्तडी बाजुराकै पाण्डुसैन गाबिसको सिमा क्षेत्र पनी हो । बाईसे र चौबिसे राज्य भएको बेला राजाले बनाएको दरवार पोरखे गढी हालसम्म त्यँहा देख्न पाईन्छ । गन्तब्य हेर्ने हो भने बाजुरा बाहेक पूर्ब मेची देखी पश्चिम महाकाली सम्मको राजमार्गको रुपा चिनिने गर्दछ हाल जिल्ला बन कार्यलय बाजुरा र सो क्षेत्र भित्रका सामुदायीक बन समुहहरुले संरक्षण क्षेत्रको रुपमा घोषण गरेको छ । त्यहा बिभिन्न प्रजातीका बन्यजन्तु पशु तथा चराचुरङी दिउँसोमा पनी देख्न पाईन्छ ।

e


f


h
i

,

0 comments

Post a Comment