चौखावाङमा विभिन्न रोगका लक्षण देखिएपछि स्थानीयबासी त्रसित

मनिष खड्का, रुकुम ५ बैशाख । रुकुमको चौखावाङ ५ हिलमा रुघाखोकी, टाउको दुख्ने, ज्वरो आउने  वाकवाकी तथा रिगाँटा लाग्ने जस्ता रोगका लक्षणहरु देखा परेपछि स्थानीयबासी त्रसित भएका छन् । केही दिनदेखि गाउँमा यस्ता लक्षणहरु देखापरेको स्थानीय कर्णवहादुर वुढाले जानकारी दिनुभयो । 

गाउँका करिब २२ जनामा यस्ता लक्षणहरु देखापरेको र स्वास्थ्यचौकी चौखावाङमा सिटामोल बाहेक अन्य औषधी उपलब्ध नभएपछि उपचारमा समस्या भएको उहाँको भनाइ छ । विगत ६ महिनादेखि हेल्थ पोष्टमा हेल्थ असिष्टेन्टको दरवन्दि रिक्त रहेको र हाल ग्रामीण स्वास्थ्य कार्यकर्ता र मासिका मात्र रहेको स्थानीयबासीले बताएका छन् । 

रोगका बारेमा जिल्ला स्वास्थ्य कार्यालयमा जानकारी गराएको भए पनि सबै स्वास्थ्यकर्मी तकसेरा महोत्सवमा गएकोले बिरामीलाई जिल्ला अस्पतालमै पु¥याउन सल्लाह दिने गरिएको छ । गाउँले सबै विरामी पर्न थालेपछि अस्पताल पु¥याउने मान्छेको समेत अभाव भएको छ । स्वाईनफ्लुको संक्रमण भएको हुनसक्ने भन्दै स्थानीय झनै त्रसित भएका छन् । 

0 comments

Post a Comment