पूर्वप्रधानमन्त्री थापाको निधनले मुलुकलाई ठूलो क्षति पुगेको राष्ट्रपतिको भनाइ

काठमाडाैं ५ बैशाख । राष्ट्रपति डा रामवरण यादवले पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाको निधनले संक्रमणकालबाट गुज्रिरहेको मुलुकलाई ठूलो क्षति पुगेको बताउनु भएको छ । 

शनिवार समवेदना सन्देश जारी गर्दै राष्ट्रपति यादवले आफू थापाको निधनले अत्यन्त दुःखी भएको उल्लेख गर्नु भएको छ । सम्पूर्ण जीवन मुलुकको राजनीतिमा समर्पण गरेका थापाको समन्वयकारी भूमिका, स्पष्ट राजनीतिक दृष्टिकोण, दृढ इच्छाशक्ति र सन्तुलित व्यवहार सँधै स्मरणीय रहने उहाँले उल्लेख गर्नु भएको छ । 

थापाप्रति श्रद्धाञ्जली अर्पणगर्दै यादवले शोक सन्तप्त परिवारप्रति हादिर्द समवेदना प्रकट गर्नु भएको छ । 

0 comments

Post a Comment