नवलपरासी कांग्रेसमा क्रियाशील सदस्यता विवाद

हरि शर्मा, नवलपरासी  ५ बैशाख । क्रियाशील सदस्यता विवाद उत्पन्न भएपछि नेपाल महिला संघ नवलपरासीले नगर अधिवेशन रोक्न माग गरेको छ । 

पार्टीको केन्द्रीय महाधिवेशन मिति तय गरिएपछि भातृ संगठनहरुको अधिवेशन अन्तर्गत नवलपरासीमा भोलि बैशाख ५ गते जिल्लाका सबै गाउँ समिति र नगर समितिमा अधिवेशन हुने तयारी भएपछि रोक्न माग भएको हो । 

अधिवेशनको संघारमा केन्द्रले पठाएको रामग्राम नगर समितिका महिलाहरुको नामावलीलाई पार्टी सभापतिको दबाबमा हटाइएको भन्दै महिलाहरुले आज पार्टी कार्यालयमा तालाबन्दि गरिदिएका थिए तर पार्टी सभापति देबेन्द्रराज कण्डेलले भने कार्यालयको ताला फोडेर अधिवेशनको तयारी सुरु गर्नु भएको छ । महिला संघका असन्तुष्ट कार्यकर्ता भने सभापतिप्रति थप आक्रोशित बनेका छन् । 

,

0 comments

Post a Comment