अनिश्चितकालिन निजी विद्यालयको बन्द घोषणा

हरि शर्मा, नवलपरासी ५ बैशाख ।  शुल्क बढाएको विरोधमा नवलपरासीका ६ विद्यार्थी संगठनहरुले अनिश्चितकालिन निजी विद्यालय बन्दको घोषणा गरेका छन् । 

आईतवारदेखि गरेको अनिश्चितकालिन विद्यालय बन्द बृद्धि गरेको शुल्क फिर्ता नभएसम्म जारी रहने ती विद्यार्थी संगठनहरुले जनाएका छन् ।

 नेविसंघ, अनेरास्ववियु,  एमाओवादी, बैद्य र विप्लव माओवादी निकट अखिल क्रान्तिकारी र नेपाल विद्यार्थी मोर्चाद्धारा संयुक्तरुपमा जारी विज्ञप्तीमा जिल्ला शिक्षा कार्यालयको मिलमतोमा नेपालमै सबैभन्दा बढी नवलपरासीका निजी विद्यालयहरुले ५५ प्रतिशतसम्म शुल्क बृद्धि गरेकाले फिर्ता नलिए सरकारी शैक्षिक संस्थासहित अन्य क्षेत्रमा पनि कडा आन्दोलन गर्ने चेतावनी दिइएको छ । 

नेविसंघका अनिस यादवका अनुसार निजी विद्यालयहरुले शुल्क बृद्धि गरेर अभिभावकहरुको ढाड भाँच्ने कार्यमात्र नगरी प्रहरी लगाएर विद्यार्थीहरुलाई कुटिपिट गरेको जनाउँदै शुल्क बृद्धि फिर्ता नगरेसम्म विद्यार्थीहरुलाई भर्ना नगराउन पनि अभिभावहरुलाई आग्रह गरिएको छ । 

,

0 comments

Post a Comment