निजी विद्यालय बन्दको कार्यक्रम फिर्ता

काठमाडाैं ७ बैशाख ।  नयाँ शैक्षिक सत्रका लागि बढाएको शुल्क १५ दिनभित्र फिर्ता गर्ने सहमति बनेपछि विभिन्न विद्यार्थी संगठनले आब्हान गरेको निजि विद्यालय बन्द फिर्ता भएको छ । सरकार र विद्यार्थी संगठनबीच दश बुँदे सहमतिपछि सोमबार देखि गर्ने भनिएको निजि विद्यालय बन्द फिर्ता भएको हो । 

आइतबार राति शिक्षा मन्त्रालयमा दुईपक्षबीच छ घण्टा लामोे वार्तापछि विद्यालय बन्दको कार्यक्रम फिर्ता भएको हो । सहमति अनुसार तत्काल शुल्कवृद्धि स्थगन तथा फिर्ता गर्ने र त्यसको पुनरावलोकन एवम् अनुगमन गर्न एक प्राविधिक समिति गठन गरी एक महिनाभित्र प्रतिवेदन प्राप्त भएपछि थप कारबाही गर्ने सहमति बनेको छ । 

तर निजि विद्यालयहरुको छाता संगठन प्याब्सनले भने गत वर्षकै शुल्क कायम गर्नुपर्ने सर्त मान्न नसकिने जनाउँदै फरक मत राखेको छ । एक हप्ता अघि बसेको शुल्क निर्धारण समितिको बैठकले निजि विद्यालयलाई २२ प्रतिशत शुल्क बढाउने अनुमति दिएको थियो ।  सर्वोच्चको आदेशमा तीन वर्षसम्म शुल्क नबढाएका विद्यालयहरुले बढेको शुल्क अनुसार भर्ना लिन थालिसकेको भएपनि नयाँ सहमति पछि शुल्क बढाएर भर्ना गर्न नपाइने भएको छ ।  

0 comments

Post a Comment