दोस्रो दिनपनि बालबालिकालार्इ भिटामिन ए" खुअाइदै

काठमाडाैं , ७ बैशाख ।  देशभरका बालबालिकालाई दोस्रो दिन आजपनी  पनि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित कार्यक्रमअनुसार वैशाख ६ र ७ गते ६ महिनादेखि ५ वर्षसम्मका लागि भिटामिन ए खुवाउने गर्छ भने  एकदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि पनि खुवाइने गरिन्छ । 

स्वास्थ्य सेवा विभाग अन्तरर्गत बाल स्वास्थ्य माहाशाखा प्रमुख कृष्णप्रसाद पौडेलका अनुसार आज पनि आफ्नो गाविस र नगरपालिकाका तोकिएका केन्द्रहरूमा स्वास्थ्य स्वयंसेविकाले भिटामिन ए र जुकाको औषधी खुवाउदैछन् । 

माहाशाखाका अनुसार नेपालका ९० प्रतिशत भन्दा धेरै बालबालिकाले भिटामिन ए र जुकाको औषधी  प्रत्येक ६÷६ महिनामा खान्छन् । यसले हरेक वर्ष झण्डै १२ हजार बालबालिकाको  ज्यान  बचिरहेको छ । नेपालमा २१ वर्षदेखि भिटामिन ए खुवाउने कार्यक्रम चलेको छ  भने १२ वर्षदेखि जुकाको औषधी  पनि खुवाउन थालिएको छ । 

0 comments

Post a Comment