निजि विद्यालयहरुको शुल्क बृद्धिको विरुद्ध अखिलक्रन्तीकाद्धरा आमहडेतालको आह्वान

उज्जवल बुढा, सुखड ६ बैशाख ।  निजि विद्यालयहरुले नया शैक्षिक सत्र देखि बढाएको शुल्क बृद्धि फिर्ता, अबैधानीक तरीकाले संचालन गरिएका निजि विद्यालयलाई कारवाही लागाएतका माग राख्दै  आइतबार देखि अनिश्चित कालका लागि शैक्षिक हड्तालका आहवान गरीएको छ । 

तिन माओवादी निकट अखिल क्रान्तिmकारी विद्यार्थी संगठनहरुले आज देखि कैलालीमा अनिश्चित कालका लागि शैक्षिक आमहड्तालको अहवान गरेको हो । बारम्बार विभिन्न दवाब मुलक आन्दोलनका कार्यक्रम गरेपनि कुनै सुनुवाई नहुदा शैक्षिक हड्ताल गर्नुपरेको एमाओवादी निकट अखिल क्रान्तीकारी विद्यार्थी संघ कैलालीका अध्यक्ष्य ईश्वर सोडारीले बताउनुभयो । 

शैक्षिक हड्ताल गर्दा पनि सुनुवाई नभए अझै सशक्त रुपमा आन्दोलनका कार्यक्रम गर्ने उहाले बताउनुभयो । आन्दोलनलाई विथोल्न खोजे प्रतिकार गर्ने समेत चेतावनी दिईएको छ ।   कैलालीमा आइतबार देखि निजी विद्यालयहरु अनिश्चित कालका लागि  बन्दको आहवान समेत गरिएको छ ।

0 comments

Post a Comment