अछाममा स्थायी बन्ध्याकरण शिविर, पहिलो दिन २३ जनाले सेवा लिए
केशव भुल, अछाम ६ बैशाख । जिल्ला अस्पताल अछाममा सञ्चालित ३ दिने स्थायी बन्ध्याकरण शिविरमा पहिलो दिन २३ जनाले स्थायी बन्ध्याकरण गराएका छन् ।
जसमा २१ जना महिलाले महिला स्थायी बन्ध्याकरण मिनील्याप गराएका छन् भने २ जना पुरुषले पुरुष स्थायी बन्ध्याकरण भ्याक्सटोमी गराएका छन् ।
महिला स्थायी बन्ध्याकरण गराउने २१ जना महिलाहरु सबै मंगलसेन नगरपालिकाको कुन्तीवण्डालीका रहेका छन् ।
शिविर ३ दिनसम्म चल्ने जिल्ला जिल्ला स्वास्थ्य कार्यालयमा सञ्चालन भइरहेको र सिबीर सकिए लगत्तै ३ दिनसम्म नै न्याय हेल्थ बयलपाटा अस्पतालमा यही शिविर सञ्चालन गरिने स्वास्थ्य कार्यालय अछामका प्रमुख डा शरद चन्द्र बरालले जानकारी दिनुभएको छ ।
0 comments