नेपालको शिक्षा प्रणालीमा शिक्षक दोषी कि शैक्षिक संरचना ?
बसन्त श्रेष्ठ ‘छापेली- नेपालमा आधुनिक, वैज्ञानिक र व्यावहारिक शिक्षाका धेरै मन्त्र जपिए । विभिन्न आयोगको गठन गरिए । जसले शैक्षिक क्षेत्रको सुधार गर्ने छ, जसले शिक्षामा आमुल परिवर्तन गर्ने छ भनेर । शिक्षा मानव जीवनको ज्योती हो । यो त धुर्व सत्य कुरा हो । शिक्षा परिवर्तनशिल, व्यावसायीक र जीवनोपयोगी हुनु पर्दछ । यो त सर्व स्वीकार्य विषय हो । तर खोइत यो आर्दशको कार्यन्वयन ? खोइत यो व्यावहारीक र वैज्ञानिक शिक्षा जो पछिल्लो समयमा लिने गरेको ? हामीले धेरै उद्देश्यहरुका पोका तयार पारिरहेका हुन्छौ ।
हामी भन्छौ आज अमेरिका, जापान, चाइना, वा अन्य कुनै विकसित देश जसले प्राविधिक ज्ञानको कारण विश्वका नमुना देशको रुपमा आफलाई चिनाई सकेका छन । अझ जप्छौ हामी कि ति देशहरुको शैक्षणिक प्रणालीनै बेग्लै छ । उनीहरु शिक्षण गर्दा नै अभ्यास मार्फत गरिएका हुन्छन भनेर । उनीहरु एउटा घडी, कम्प्युटरको पाठ पढिरहदाँ नयाँ कम्प्युटर र नयाँ घडी तयार पारिसकेका हुन्छन् । उनीहरु आधुनिक जमना व्यावहारिक रुपमा प्रयोग गरेका छन । सोही अनुरुप उनीहरु एउटा विज्ञानको सुत्रको आधारमा सोही वस्तुको रचना गर्दछन ।
हामी २१औं शताब्दीका मान्छे, हामी धेरै कुरामा अनावश्यक गर्व गर्छौ, हामी चिन्ता गर्दर्छौ तर हामी विडम्वना चिन्तन गर्दैनौ । हामीले यत्र तत्र सुन्ने गरेका छौ । नेपाली शिक्षा प्रणाली कै कारण आज कैयौं नेपालीहरु विदेश पलायन भएका छन । सरकारकै पछिल्लो तथ्याङ्क अनुसार १५०० युवा दैनक रुपमा त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलहँुदै विदेश पलायन हुन बाध्य भएका छन । अब त्यो समय श्रृजना भएको नेपालमा युवा विदेश पलायन हुनु आवश्यकता अर्थात बाध्यता कि चाहना भन्ने सन्र्दभमा यति बेला अलिक आश्र्चय जनक कुरा पैदा हुन पुगेको छ । ता कि युवाहरु विदेशमा जाने कुनै चाहना हुदैन । आफ्नो जन्मभूमी छाडेर बिदेश जानु बाध्यता मात्रै हैन चाहाना पनि हो । जतिवेला कुनै पनि ब्याक्तीले आफुलाई राष्ट्रिय एवं अन्र्तराष्ट्रिय स्तरमा स्तर प्रतिष्पर्धा गर्न आफूलाई योग्य र दक्ष बनाएको हुन्छ त्यस्तो अवस्थामा त्यो कदापी बाध्यता होइन ।
त्यति बेलामा मात्र बाध्यता हो , जति बेलासम्म एउटा विद्यार्थीहरु आफ्नो पढाइका सर्टिफिकेटलाई बाकसमा राखेर आफुमा कुनै पनि कुरामा विशिष्टता हासिल गर्न सक्दैन । त्यति बेलासम्म उनीहरुले आफुलाई कुनै न कुनै क्षेत्र, कार्य, ज्ञान, सीप र व्यावहारमा सक्षमताको भिडमा दौडन सक्दैनन् र अनपेक्षित कार्यमा लिप्त हुन विवश हुन्छन । त्यति बेला मात्र बाध्यता हुन्छ । अर्थात उनीहरु खाडीमा आफ्नो रगत रुपी पसिना बगाउन विवश भएका हुन्छन । प्रसङ्गको यदिबाट विजारोपण हुन्छ । कि नेपालमा विषयगत विशिष्टताको कुरा उठ्यो तर त्यसले किन पूर्णताको पाएन ? हो शिक्षामा विषयगत विविधतालाई पाठ्यक्रम निर्माताहरुले समावेश गरेका छन । विदेशमा पढाउने शैली र नेपालमा पढाईने शैली पनि फरक भए होला ।
तर साधन भएन यहि निर चिन्ह खडा हुन्छ ? ताकी के उसो भए नेपालका नीजि बोडिङ्गहरुले पाठ्यक्रममा उल्लेख भएका साधन अनि संरचना पूर्ण त प्रयोग, पालना एवं बिभिन्न सामग्रीहरुको निर्माण गरेका छन ? यसको अर्थ यहिबाट व्यापक एवं विस्तार हुन पुग्दछ ता कि साधन र संरचना भनेको के स्पष्ट हुनु जरुरी छ । साधन र संरचना भनेको कुनै पनि शैक्षिक संस्थाको व्यावस्थापकीय पक्ष हो । जसले विद्यार्थी, शिक्षक, विद्यालय, समाज र सरोकारवालाहरुको तादम्य सम्बन्ध स्थापित हुनु पर्दछ । बास्तबमा भन्नु पर्दा हाम्रो जस्तो समाजममा हातले सहजै गन्न सक्ने मात्रामा हाम्रा विद्यालय केहि प्रसंसा योग्य छन, केहि आलोच्य छन । हाम्रा शिक्षकहरु केहि इमान्दारीताको अग्र पङतीमा छन ।
त केहि मध्य पङती वा अझ तल्लो पङतीमा पनि । स्मरण रहोस यो कसैको खेदो खन्न गरिएको आलोचना होइन । यो कुनै व्याक्ति विशेषलाई उचाल्न अनि पर्छान गरिएको बाहना वाजी पनि होइन । आखिर केका लागि त शिक्षा क्षेत्रको विकासका लागि विस्तारका लागि । कुनै दिन १०४ वर्षे राणाशासनको धङ्धङी थियो । मुलुकमा जहानिया राणाशाशनको विरोधीहरु टिक्न त के केबल मुख खोलेर उनीहरुका सामु बोल्ने पनि सक्दैनथे । कारण जहानिया राणाशासन नै हो । जति बेला देशको साक्षरता प्रतिशत जम्मा २ प्रतिशत मात्रै थियो । केवल दरबारियाहरुकै लागि भनेर बिद्यालयहरुको स्थापना गरिएका हुन्थे जहाँ दरबारियाहरुका आसेपासेहरुका लागि पढ्न पाउने ब्याबस्था पनि थियो ।
समय बढ्दै गयो देशभर शिक्षालयको विस्तार हुदै गयो । अन्तत नेपालमा राणाहरुको शासन कालबाटै सर्वसाधारणका लागि भनेर शिक्षालयहरुको स्थापना गर्न थािलए । हुँदा हुँदै नेपालको शिक्षा प्रणाली समेत दुई धारमा विभाजित हुन पुग्यो । अर्थात ति बिद्यालयहरु सामुदायीक र संस्थागत विद्यालयले आज मान्यता पाएका छन । यि मान्यतासँगसँगै शिक्षा क्षेत्रमा केही आधुनिकता आएको छ । केही प्रतिष्पर्धा आएको छ । सँगै शिक्षा क्षेत्रमा गहिरो खाडल पनि यहिबाट पैदा भएको छ । आज सरकारले लाखौं खर्चर निर्माण भएका सामुदायीक विद्यालयमा विद्यार्थीको खडरी परेको छ । विद्यार्थीहरु राज्यले उपलब्ध गराउने अधिकारहरु मध्येका आधारभुत आवश्यकताबाट वञ्चित भएका त हुदैनन तर गुणस्तरीय शिक्षा पाउनबाट भने पूर्ण त वञ्चित भएकै हुन ।
यो सँगै शिक्षकहरु आफ्नो अदक्षतालाई प्रमाणित गर्दै आफूले संस्थागत बिद्यालयमा अध्यायन अध्यापन गराएर आफ्ना सन्तानहरुलाई पढाउन पठाई आफूले सामुदायिक स्कुलहरुमा शिक्षण गराईरहेका छन । सरकारले पनि त्यस पक्षमा कुनै पहल कदम चाल्न सकेका छैनन केवल लाचारिता मात्रै निरन्तर रुपमा पर्दश्न गरिरहेका छन । आज सामुदायिक र संस्थागत रुपमा अध्यायन गर्ने विद्यार्थीहरु भविष्यमा आमाको गर्भबाटै निर्धारण हुने गरेको छ । अन्तत ः उनीहरुको भावना र क्षमतालाई तिलाञ्जली दिदै सरकारले दुर्दशा हेर्ने गरेको छ । विद्यार्थी भनेको काँचो माटो हुन । उनीहरुको स्वरुप आफूले चाहेकै अवस्थामा निर्धारण गर्न सकिन्छ । अर्थात उनीहरुलाई के बनाउने ? कस्तो बनाउने भन्ने कुरा शिक्षक र वातावरणमा निर्भर रहन्छ भन्ने शिक्षाविद पाठ्क्रम निर्माता, योजनाकारको किन त्यो पक्षमा ध्यान गएन ? वि.स.२०२८ सालबाट प्रारम्भ गरिएको व्यावस्थित पाठ्यक्रम निर्माणले किन ति पक्षहरुमा आफ्नो ध्यान लैजान सकेन ।
मन्टेस्वरी शिक्षण विधिसम्मका गुड्डी हाक्ने सरकारवाला शिक्षाविद ीभचलभच ऋभलतभचभम बलम त्भबअजभच ऋभलतबचम का कुरा गर्ने विश्लेषकहरुले किन चिन्न सकेनन । व्यक्तिगत विविधताको कदर गर्दै शिक्षा जीवनका लागि भन्ने मान्यतालाई आत्मसाथ गर्ने सम्मेलन अर्थात ९भमगअबतष्यल ायच बिि० सबैका लागि शिक्षा भन्ने मान्यताले किन कदर गर्न सकेन ? सम्पूर्ण विद्यार्थीहरुको भावना धेरै विधीहरुको पैदा भएको यस बीचमा धेरै प्रवृतिको प्रयोग भएको छ तर किन परिमाणात्मक पक्ष मात्र अगाडी आएको छ शिक्षामा ? त्रगबष्तिथ र त्रगबलतष्तथ मा हामीले वहस गरिरहँदा पनि त्यसको क्षेत्र किन व्यापक हुन सकेन ? किन विद्यार्थीको शैक्षणिक क्षमताको विकास गर्ने पक्ष पछाडी रह्यो ? के यो सबैको दोष शिक्षक हो ? के यी सबको जिम्मा शिक्षकले लिनु पर्दछ ? के शिक्षक कै कारण विद्यार्थीको गुणात्मक पक्ष कमजोर भएको हो ? के उसकै कारण शिक्षामा आमूल परिवर्तन ल्याउन नसकिएको हो ? कदापी यी सबका भागेदार एउटा शिक्षक हुन सक्दैन ? यसको मत्लब फेरी शिक्षक हुदै होईन भन्ने पनि होईन ।
विद्यार्थीहरुमा गुणात्मकता नहुनुमा शिक्षकको कुनै दोष नै रहन हुदैन भन्ने पनि हुदैन । सबै भन्दा पहिले नेपालको शिक्षा प्रणालीमा धेरै सुधारका प्रयास भए । बिभिन्न योजनाहरुको थालनी भयो । बि.सं २०११ केही सुझावहरु प्राप्त भएसँगै शिक्षामो बि.सं २०२८ मा पुग्दा राष्ट्रिय शिक्षा पद्धतिको योजनाको रुपधारण गर्न पुग्यो । जसको प्रभावस्वरुप नेपालको शिक्षा प्रणालीमा योजनाबद्ध पाठ्यक्रमको विकास गर्न र गर्न उत्प्रेरित गरियो तर कतिपय कुरालाई भने शिक्षाका राष्ट्रिय तथा तहगत उदेश्यमा मात्र सिमित गर्ने कार्य पनि यो अवधिमा भएको पाईन्छ । त्यसकारण नेपालको शिक्षा प्रणालीमा सुधार ल्याउन र सबैका लागि भन्ने मान्यतालाई आत्मसाथ गर्दै सुधारका अभ्यासहरुलाई सञ्चालन गर्नु पर्दछ । खास गरी नेपालको शिक्षा प्रणालीको सुधार गर्न हामीले नेपालको दुई धारिय शिक्षा नीतिमा समेत सुधार गर्नु आजको टड्कारो आवश्यकता छ ।
मुख्य त आजको समाजमा सरकारी बिद्यालय प्रतिको विश्वासलाई बढाउदै नीजि बोर्डिङ्ग सरह उभ्याउन सक्नु पर्दछ । सरकारी बिद्यालय प्रतिको विश्वासलाई बढाउन सरकारले शिक्षा प्रणालीमा कतिपय नीति तथा नियमको कडा रुपमा लागु समेत गर्नुपर्दछ । उद्धाहरणका लागि शिक्षा क्षेत्रमा लागेका शिक्षकहरुले शिक्षा क्षेत्रको सुधारका लागि पूर्ण त प्रतिबद्ध एवं बफादार रहनु पर्दछ त्यसको प्रतक्ष प्रभाव भनेको सरकारी बिद्यालयका शिक्षकहरुरुले सरकारी अर्थात सामुदायिक बिद्यालयमानै अध्यायन गर्नु पर्ने ब्याबस्थालाई अनिवार्य रुपमा कार्यन्वयन जरुरी र शिक्षकले पनि आफ्नो र आफ्ना पेशागत दक्षतालाई देखाउन आफुले अध्यापन गराउने बिद्यालयमनै अध्यायन गराउनु जरुरी छ जसले शिक्षाको गुणात्मक पक्षको सुधार गर्न कोशे ढुङ्गाको रुपमा भूमिका निर्बाह गर्ने छ । basantashresthachhapeli@gmail.com
0 comments